साउन महिना पछिको नेपाली बजार : स्कोडा -यापिड बन्यो सबैभन्दा धेरै बिक्री हुने सेडान

काठमाडौं – नयाँ आर्थिक वर्ष शुरु भए पश्चात साउन देखि पुस सम्म ६ महिनाको अवधिमा नेपाली बजारमा भित्रिएका सेडान गाडीहरुमा स्कोडा -यापिड पहिलो नम्बरमा परेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार स्कोडा -यापिड यो अवधिमा ७६ युनिट भित्रिएका छन् । सोही अवधिमा हुन्डाई अउरा ५० युनिट र टाटा टिगोर ४२ युनिट भित्रिएर दोस्रो र तेस्रो नम्बरमा रहेका छन् । अन्य सेडानहरुको आयात संख्या भने यी तीन सेडानको तुलनामा निकै नै थोरै छ ।

नेपाली बजारमा गत साउन महिनामा टीएसआई इन्जिन सहितको स्कोडा -यापिड भित्रिएको थियो । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले थप ‘पावर, कम्फर्ट र भ्यालु–फर–मनी’सहितको नयाँ -यापिड टीएसआई सार्वजनिक गरेको बताएको थियो । यसको मूल्य पहिले भन्दा कम अर्थात ३४ लाख ९० हजार रुपैयाँ तोकिएको थियो ।

नयाँ स्कोडा -यापिडलाई नयाँ असाधारण टीएसआई इन्जिनले पावर दिन्छ जुन पहिला स्कोडा सुपर्ब र स्कोडा अक्टाभिया जस्तो प्रिमियम मोडेलमा प्रयोग गरिन्थ्यो । नयाँ पेट्रोल टीएसआईले ११० पीएस (८१ किलोवाट) पावर र १७५ एनएम टर्क उत्पन्न गर्छ र यी दुवै ‘वेस्ट–इन–क्लास’ हुन् ।

नयाँ -यापिड टीएसआई १.० को ‘फ्युल इफिसेन्सी’ पनि उदाहरणीय छ जुन १८.९७ किलोमिटर प्रति लिटर हो । अघिल्लो पुस्ताको -यापिड १.६ एमपीआईको तुलनामा नयाँ टीएसआई इन्जिनले ५ प्रतिशत बढी पावर र १४ प्रतिशत बढी टर्क उत्पन्न गर्छ । त्यसैगरी, नयाँ -यापिडको ‘फ्युल इफिसेन्सी’ पनि अघिल्लो -यापिडको तुलनामा २३ प्रतिशत बढी रहेको छ । नयाँ -यापिडको पावर, कम्फर्ट र भ्यालु फर मनी पहिलेको भन्दा धेरै परिष्कृत छ ।

स्कोडामा कम्फर्टलाई प्राथमिकतामा राखिन्छ जसकारण नयाँ स्कोडा -यापिडमा ४६० लिटर बराबरको ‘बेस्ट–इन–क्लास’ बुट स्पेस र ५५ लिटरको फ्युल ट्यांक रहेको छ । साथै, नयाँ -यापिडका सबै भेरिएन्टमा ‘रियर एसी भेन्ट’, ‘अटोमेटिक क्लाइमाट्रोनिक एसी’, ‘टिल्ट एन्ड टेलिस्कोपिक स्टेरिङ’ उपलब्ध छ ।

स्कोडाले पेसेन्जरको सुरक्षामा कुनै सम्झौता नगर्ने बताएको छ । त्यसैले, नयाँ -यापिडमा पनि ‘पार्कट्रोनिक रियर पार्किङ सेन्सर’, ‘एन्टी–ग्लेर इन्टेरियर रियर भ्यु मिरर’, ‘रफ रोड प्याकेज’, ‘फ्युल सप्लाई कट–अफ’ र ‘फ्लाटिङ कोड सिस्टम’सहितको ‘इन्जिन इमोबिलाइजर’ जस्ता सुरक्षा फिचर राखिएका छन् ।

स्कोडा -यापिड टीएसआई म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । विभिन्न ५ भेरिएन्टमा उपलब्ध स्कोडा –यापिड म्यानुअल ट्रान्समिसनको मूल्य ३५ लाख ९० हजार देखि ५१ लाख ९० हजार रुपैयाँ सम्म र अटोमेटिक ट्रान्समिसनको मूल्य ४४ लाख ९० हजार देखि ५८ लाख ९० हजार रुपैयाँ सम्म छ ।

 

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...