स्कोडाको नयाँ इलेक्ट्रिक एसयुभी तीन ब्याट्री अप्सनमा आउने, रेन्ज ५६० किलोमिटर

स्कोडाले छिट्टै बजारमा ल्याउने तयारी गरेको नयाँ इलेक्ट्रिक एसयूभी एलरोक तीनवटा ब्याट्री अप्सनमा आउने भएको छ । एलरोक एसयूभी ५५, ६३ र ८२ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा आउने सार्बजनिक भएको हो ।

यो नयाँ एसयूभीलाई स्कोडाले एमईबी प्लेटफर्ममा तयार गर्ने जनाएको छ । जुन प्लेटफर्म प्रयोग गरेर कम्पनीले यसअघि नै इनायक ईभी ल्याइसकेको छ । सो नयाँ एसयूभी यसै वर्षको अन्त्य सम्ममा बजारमा आउने अनुमान गरिएको छ ।

स्कोडाको सो नयाँ एसयूभीमा ब्याट्री प्याक अनुसार मोटर पनि फरक क्षमताको हुनेछ । जसअनुसार यसको ५५ किलोवाट आवर ब्याट्री प्याक भेरिएन्टमा १६८ हर्ष पावर, ६३ किलोवाट आवरमा २०१ हर्ष पावर र ८२ किलोवाट आवर भेरिएन्टमा २८२ हर्ष पावर क्षमता भएको इलेक्टि मोटर जडान हुनेछ ।

११ किलोवाट क्षमताको एसी र १७५ किलोवाट क्षमतासम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्ने यो नयाँ एसयूभीले सिंगल चार्जमा ५६० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । साथै यो नयाँ एसयूभीलाई अधिकतम १६० किलोमिटर प्रतिघण्टाको गतिमा हाँक्न सकिने दावी छ ।

स्कोडाको पछिल्लो मोर्डन सोलिड डिजाइन ल्यांग्वेजमा तयार हुने एलरोकमा म्याट्रिकस एलइडी हेड लाइट जडान हुनेछ । साथै यसको इन्टेरियरमा ठूलो टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, डिजिटल इन्स्ट्रयूमेन्ट कन्सोल, हेड–अप डिस्प्ले, एम्वियन्ट लाइटिङ र प्रशस्तै कनेक्टिभिटी अप्सन उपलब्ध हुनेछन् ।

सम्बन्धित समाचारहरू

स्कोडा काइलक : कम बजेटमा प्रयोग गर्न सकिने युरोपेली ब्रान्डको एसयूभी

स्कोडा काइलक : कम बजेटमा प्रयोग गर्न सकिने युरोपेली ब्रान्डको एसयूभी

काठमाडौं – युरोपेली ब्रान्ड स्कोडाले भारतमा उत्पादन गरेको आकर्षक,...

स्कोडाले नयाँ कम्प्याक्ट एसयूभी ल्याउने, टिजर सार्वजनिक

स्कोडाले नयाँ कम्प्याक्ट एसयूभी ल्याउने, टिजर सार्वजनिक

पछिल्ला केही वर्षदेखि भारतीय ग्राहकहरूमाझ कम्प्याक्ट एसयूभीको माग...

तयार हुँदै कुशाक फेसलिफ्ट, पछाडिको सिटमा पनि मसाज फंक्सन हुने

तयार हुँदै कुशाक फेसलिफ्ट, पछाडिको सिटमा पनि मसाज फंक्सन हुने

काठमाडौं–स्कोडाले आफ्नो सर्बाधिक सफल मोडल कुशाकको फेसलिफ्ट भर्सन लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...