बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
स्कोडा कम्पनी भारतीय बजारमा एक पुरा सिरिज प्रस्तुत गर्ने तयारीमा रहेको छ । यी सिरिजलाई कम्पनीले २०२१ सकिनु भन्दा अगाडि नै लन्च गर्नेछ । स्कोडाका डाइरेक्टर जाक होलिसले २०२० मा ४ नयाँ कार लन्च गर्ने घोषणा गरेका छन् । कम्पनीले यो महिना स्कोडा कुशाक लन्च गर्ने भएको छ ।
स्कोडा इन्डियाले आउने मोडल स्कोडा -यापिड सीएनजी एडिसन हुने जानकारी दिएको छ । कम्पनीले हाल सो कारको परीक्षण गरिरहेको छ । स्कोडा पहिला देखि युरोपियन बजारमा बिक्री भइरहेको छ । सो कारमा १.० लिटर टीएसआई इन्जिन समावेश गरिएको छ जसले ८९ बीएचपीको पावर जेनेरेट गर्छ । रिपोर्ट अनुसार भारतमा स्कोडा ¥यापिड सीएनजीमा पनि समान स्पेक्सको साथमा लन्च गरिनेछ ।
मिडिया रिपोर्टका अनुसार कम्पनीले भारतमा नयाँ सेडान कारका लागि पनि कार्य गरिरहेको छ । सो कार एमक्युबी एओ इन प्लेटफर्ममा आधारित हुनेछ । सो कार होन्डा सिटी, मारुती सुजुकी सियाज र हुन्डाई भर्नासँग प्रतिस्पर्धा गर्नेछ । सो कार सेडान कारमा सबैभन्दा ठूलो कार हुनेछ । नयाँ स्कोडा मिड साइज सेडान २०२१ को अन्तमा पेश गर्ने सम्भावना रहेको छ ।
रिपोर्टका अनुसार कम्पनीको कोडियाक फेसलिफ्ट बीएस६ २.० लिटर टीएसआई पेट्रोल इन्जिनको साथमा लन्च गरिनेछ । सो कारमा अपडेट इन्फोटेनमेन्ट सिस्टम, नयाँ अपहोस्ट्री फिनिश, कनेक्टेड कार टेक्नोलोजी, लोअर फ्रन्ट ग्रिल, नयाँ डिजाइन एलईडी सहित अन्य आकर्षक परिवर्तन गरिनेछ । यसको साथै कारमा अपडेट एलईडी डीआरएलएस, नयाँ अलोय ह्वील र टेलल्याम्पको साथमा हेडल्याम्प पनि समावेश गर्ने सम्भावना रहेको छ ।
नयाँ स्कोडा कुशाकमा ११० बीएचपीको पावरको साथमा १.० लिटर ३ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिन र १४७ बीएचपीको पावरको साथमा १.५ लिटर ४ सिलिन्डर टर्बाेचार्ज्ड पेट्रोल इन्जिन समावेश रहेको छ । ट्रान्समिशन विकल्पको रुपमा ६ स्पिड म्यानुअल, ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक र ७ स्पिड डीएसजी हुने सम्भावना रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...