स्कोडा काइलकद्वारा इन्ट्री–लेभल एसयूभीमा नयाँ सुरक्षा मापदण्ड स्थापित
स्कोडा इन्डियाले आफ्नो नयाँ इन्ट्री–लेभल एसयूभी स्कोडा काइलकमार्फत...
काठमाडौं – युरोपेली ब्रान्ड स्कोडाले भारतमा उत्पादन गरेको आकर्षक, आरामदायी र शक्तिशाली एसयूभी काइलक नेपाल आएको छ । स्कोडाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु एक्सपान्जले नेपाल ल्याएको यस एसयूभीले कम बजेटमै युरोपेली ब्रान्डको एसयूभी प्रयोग गर्न चाहने जोकोही ग्राहकलाई सजिलै आकर्षित गर्ने देखिन्छ ।
केहि दिनअघि मात्रै औपचारिक लन्च गरिएको यस एसयूभी म्यानुअल र अटोमेटिक गरी दुई भेरिएन्टमा उपलब्ध छ । जसअनुसार, अटोमेटिकको मूल्य ४५ लाख ९० हजार र अटोमेटिकको ५२ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । काइलक नेपाली बजारमा उपलब्ध यहि सेग्मेन्टका अन्य युरोपेली ब्रान्डको तुलनामा सबैभन्दा कम बजेटको एसयूभी हो ।
सब–फोर मिटर एसयूभीको रुपमा भारतमा समेत निकै राम्रो चर्चा कमाएको स्कोडा काइलकको समग्र डिजाइन कुशाकसँग मिल्दोजुल्दो छ । स्कोडाको ‘मोर्डन सोलिड डिजाइन ल्याङ्वेज’मा तयार भएको काइलकको अगाडि प्रयोग भएको लाइट र ग्रिलको कम्बिनेसन उत्कृष्ट छ । यसमा एलइडी डे टाइम रनिङ लाइट सहितको स्प्लीट हेडल्याम्प क्लस्टर छ । निकै स्लीम डिजाइनको ग्रिल प्रयोग भएको काइलकको बनेटमा पनि क्रिजहरू प्रयोग भएको छ ।

काइलकको इन्टेरियरमा धेरै एड्भान्स्ड फिचर रहेका छन् । यसमा डुअल डिजिटल स्क्रिन, पावर्ड ड्राइभर सिट, लेदरेट अपहोल्स्ट्री, कनेक्टेड कार टेक्नोलोजी, एम्बियन्ट लाइटिङ र ६–स्पिकर कान्टन साउन्ड सिस्टम लगायतका फिचर उपलब्ध गराइएको छ ।
सेफ्टीका लागि यसका सबै भेरिएन्टमा ६ एयरब्याग, एबीएस, ईबीडी, ट्रयाक्सन कन्ट्रेल र सबै यात्रीका लागि आइएसओफिक्स चाइल्ड सिट माउन्टिङ प्वाइन्ट, हेडरेस्ट र थ्री–प्वाइन्ट सिटबेल्ट जस्ता फिचर राखिएका छन् । यस कारले भारत एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ ।
३.९५ मिटर लम्बाई भएको यस एसयूभीको ह्विलबेस २.५६ मिटर र ग्राउन्ड क्लियरेन्स १८९ एमएम छ । यसमा ४४६ लिटरको बुटस्पेस छ र सिटलाई फोल्ड गरेर यसलाई १ हजार २६५ लिटरसम्म बढाउन सकिन्छ ।
नयाँ स्कोडा काइलकमा १.० लिटर टीएसआई पेट्रोल इन्जिन जडान गरिएको छ, जसले ११४ बीएचपी पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिन ६–स्पिड एमटी वा एटीका साथ उपलब्ध हुन्छ ।
स्कोडा काइलकले हुन्डाई भेन्यु, किया सोनेट, मारुती सुजुकी फ्रङ्क्स र ब्रेजा जस्ता बजारमा स्थापित भइसकेका एसयूभीसंग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

स्कोडा इन्डियाले आफ्नो नयाँ इन्ट्री–लेभल एसयूभी स्कोडा काइलकमार्फत...
पछिल्ला केही वर्षदेखि भारतीय ग्राहकहरूमाझ कम्प्याक्ट एसयूभीको माग...
स्कोडाले चाँडै नै नयाँ एसयूभी भारतीय बजारमा ल्याउने तयारी गरिरहेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...