स्कोडा काइलकद्वारा इन्ट्री–लेभल एसयूभीमा नयाँ सुरक्षा मापदण्ड स्थापित

स्कोडा इन्डियाले आफ्नो नयाँ इन्ट्री–लेभल एसयूभी स्कोडा काइलकमार्फत सुरक्षाप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको छ। भारत एनक्याप क्र्यास परीक्षणमा काइलकले प्रतिष्ठित फाइभ–स्टार रेटिङ प्राप्त गर्दै उच्च स्तरको सुरक्षा प्रमाणित गरेको हो। भारत एनक्याप परीक्षणमा सहभागी हुने स्कोडाको यो पहिलो मोडल भए पनि प्राप्त नतिजाले ब्रान्डको दीर्घकालीन सुरक्षा दर्शनलाई स्पष्ट रूपमा प्रस्तुत गरेको बताइएको छ।

काइलकले एडल्ट अक्युपेन्ट प्रोटेक्शनमा ३०.८८ अंक र चाइल्ड अक्युपेन्ट प्रोटेक्शनमा ४५.०० अंक प्राप्त गर्दै आफ्नो सेगमेन्टकै सबैभन्दा सुरक्षित एसयूभीमध्ये एकको पहिचान बनाएको छ। यी अंकहरूले गाडीभित्र रहेका वयस्क र बालबालिका दुवैका लागि उच्च स्तरको सुरक्षा सुनिश्चित भएको देखाउँछ । यसले इन्ट्री–लेभल एसयूभी सेग्मेन्टका अन्य सवारीसाधनहरूका लागि पनि नयाँ मापदण्ड स्थापना गरेको छ। बेस भेरिएन्टदेखि नै उपलब्ध ६ वटा एयरब्याग र २५ भन्दा बढी एक्टिभ तथा प्यासिभ सेफ्टी फिचरले हरेक यात्रुको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिएको स्पष्ट हुन्छ।

बाल यात्रु सुरक्षामा काइलकले विशेष रूपमा उत्कृष्ट प्रदर्शन गरेको छ। अगाडिबाट ठोक्किने परीक्षणमा यसले पूर्ण १६ अंक हासिल गरेको छ भने १.५ वर्ष र ३ वर्षका बालबालिकाका लागि गरिएको साइड–मुभिङ डिफर्मेबल बारियर परीक्षणमा पनि पूर्ण ८ अंक प्राप्त गर्न सफल भएको छ। रिकमेन्डेड चाइल्ड सिटको मूल्यांकनमा यसले पूरा अंक ल्याएको छ भने सवारीसाधन–आधारित मूल्यांकनमा १३ मध्ये ९ अंक हासिल गरेको छ। यी नतिजाले परिवार र विशेष गरी बालबालिकाको सुरक्षालाई स्कोडाले कति गम्भीरताका साथ लिएको छ भन्ने देखाउँछ ।

काइलकको यो उपलब्धिले स्कोडा कुशाक र स्कोडा स्लाभिया जस्ता मोडलहरूले ग्लोबल एनक्यापमा फाइभ–स्टार रेटिङ प्राप्त गरेर बनाएको सुरक्षा विरासतलाई निरन्तरता दिएको छ। स्कोडाले सुरक्षालाई सधैं आफ्नो प्रमुख प्राथमिकतामा राख्दै आएको छ, र काइलकको क्र्यास परीक्षण नतिजाले वास्तविक सडक यात्रामा सबै यात्रुको सुरक्षा सुनिश्चित गर्ने ब्रान्डको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।

सुरक्षासँगै स्कोडा काइलकले आराम, आकर्षक डिजाइन र आधुनिक प्रविधिको सन्तुलित संयोजन पनि प्रस्तुत गर्छ। दैनिक प्रयोगका लागि आवश्यक व्यावहारिक सुविधासहित विश्वस्तरीय सुरक्षा मापदण्ड पूरा गर्ने सो एसयूभी भारतीय ग्राहकका लागि भरपर्दो विकल्प बनेको छ। फाइभ–स्टार भारत एनक्याप रेटिङले गाडीको विश्वसनीयता मात्र बढाएको छैन, यात्रु र परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिने ग्राहकलाई मानसिक सन्तोष पनि प्रदान गरेको छ।

नेपालमा पनि स्कोडा काइलकप्रति चासो बढ्दै गएको छ। अटोमोबाइल प्रेमी र आम उपभोक्ताहरू यसको आधिकारिक लन्चको प्रतीक्षामा छन्। उच्चस्तरीय सुरक्षा, अत्याधुनिक डिजाइन र उन्नत सुविधाको संयोजनका कारण काइलकले नेपाली बजारमा इन्ट्री–लेभल एसयूभी सेग्मेन्टका लागि नयाँ सुरक्षा बेन्चमार्क कायम गर्ने अपेक्षा गरिएको छ।

काइलकमार्फत स्कोडा इन्डियाले इन्ट्री–लेभल एसयूभी सेग्मेन्टमा सुरक्षा अब विकल्प नभई अनिवार्य प्राथमिकता हो भन्ने सन्देश दिएको छ। बलियो क्र्यास परीक्षण नतिजा, व्यापक सुरक्षा सुविधा र यात्रुको सुरक्षाप्रतिको निरन्तर प्रतिबद्धताले स्कोडाको उत्कृष्टता अझ मजबुत बनाएको छ। भारत एनक्याप परीक्षण पास गर्ने पहिलो स्कोडा मोडलका रूपमा काइलकले सुरक्षालाई ब्रान्डको मूल पहिचानका रूपमा स्थापित गरेको बताएको छ।

सम्बन्धित समाचारहरू

स्कोडा र फक्सवागन इन्डियाको ५० प्रतिशत सेयर खरिद गर्दै महिन्द्रा

स्कोडा र फक्सवागन इन्डियाको ५० प्रतिशत सेयर खरिद गर्दै महिन्द्रा

भारतिय अटो निर्माता महिन्द्राले स्कोडा अटो र फक्सवागन इन्डियाको ५०...

स्कोडाको १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ लिगेसी, नेपालको यात्रा अर्थपूर्ण रूपमा स्थापित

स्कोडाको १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ लिगेसी, नेपालको यात्रा अर्थपूर्ण रूपमा स्थापित

१३० वर्षभन्दा लामो इतिहास बोकेको स्कोडा अटोले नेपालमा सटीकता, सुरक्षा र...

स्कोडाको नयाँ ७ सिटर ईभी अर्को वर्ष लन्च हुने

स्कोडाको नयाँ ७ सिटर ईभी अर्को वर्ष लन्च हुने

स्कोडाले अर्को वर्ष लन्च हुने नयाँ फ्ल्यागशिप इलेक्ट्रिक एसयूभीको टिजर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...