जिडब्लुएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ प्रारम्भ
काठमाडौं – ग्रेटवाल मोटर्स (जिडब्लुएम) गाडीहरुको नेपालको लागि आधिकारिक...
एसयूभी सेग्मेन्टमा मार्केट लिडर हुन्डाई क्रेटालाई पछिल्लो समय भित्रिएका नयाँ एसयूभीले चुनौती थप्दै गएका छन् । युरोपियन ब्रान्ड स्कोडाले समेत क्रेटालाई टक्कर दिने अनुमान लगाउन सकिन्छ ।
यी दुई ब्रान्डबीच बेस भेरिएन्टमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । मूल्य, फिचर्स र पावर तथा पर्फमेन्सलाई आधार मान्दा यो भेरिएन्टमा यी दुई ब्रान्डबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।
बेस भेरिएन्टमा क्रेटा डिजेल र पेट्रोल दुबै इन्जिनमा उपलब्ध छ भने स्कोडा कुशाक भने पेट्रोल इन्जिनमा मात्र उपलव्ध छ । यो भेरिएन्टमा क्रेटाको ई लोडेड र एस मोडल डिजेल इन्जिन र एस पेट्रोल इन्जिनमा उपलब्ध रहदै आएको छ । त्यसैगरी कुशाकको भने सुरुवाती भेरिएन्ट एक्टिभ मोडल उपलब्ध हुनेछ ।
मूल्य र फिचर्स
बेस भेरिएन्टमा यी दुबै ब्रान्डका एसयूभीमा उपलब्ध प्रायः फिचर्स समान प्रकारको छ । क्रेटामा प्रोजेक्टर हेडल्याम्प, एलईडी पोजिसन ल्याम्प, रियर स्पोइलर, एसी, फलो–मि हेडल्याम्प, फ्रन्ट आर्मरेस्ट, रियर एसी भेन्ट, पावर विन्डो र हाइट एड्जस्टेवल ड्राइभर सिटजस्ता बेसिक फिचर्स उपलब्ध गराइएको छ । त्यसैगरी कुशाक एक्टिभमा एलईडी डीआरएल, हेलोजल हेडल्याम्प, एलइडी टेललाइट, फ्रन्ट सेन्टर आर्मरेस्ट, सात इन्चको इन्फोटेन्मेन्ट सिस्टम, एसी र पावरविन्डो उपलब्ध छ ।

हुन्डाई क्रेटामा १.५ लिटरको पेट्रोल र डिजेल इन्जिन दिइएको छ भने कुशाक एक्टिभमा १.० लिटरको टर्बोचार्ज्ड इन्जिन जडान गरिएको छ । जसमध्ये पेट्रोल इन्जिनको क्रेटाले ११३ बीएचपी पावर र १४४ एनएम टर्क जेनेरेट गर्छ भने सोही भेरिएन्टको डिजेल इन्जिनले ११३ एचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । उता कुशाक एक्टिभले ११५ बीएचपी पावरको साथै १७८ एनएम टर्क जेनेरेट गर्छ । यी दुबै गाडी ६ स्पिड म्यानुअल गियर बक्समा उपलब्ध छन् ।
माइलेजको कुरा गर्दा कुशाक एक्टिभले प्रलिलिटर इन्धन खपतमा १७.८८ किलोमिटर र क्रेटाको डिजेल इन्जिनले २१.४ किलोमिटर र पेट्रोल इन्जिनले १६.८ किलोमिटर माइलेज दिने दाबी गरिएको छ ।
पेट्रोल इन्जिनको क्रेटाको सबैभन्दा तल्लो भेरिएन्ट एसको मूल्य नेपाली बजारमा ५३ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ भने डिजेल इन्जिनमा उपलब्ध क्रेटा ई लोडेडको मूल्य ४५ लाख ५६ हजार र एसको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । स्कोडा कुशाकको सुरुवाती भेरिएन्ट एक्टिभ म्यानुअल ट्रान्समिसनको मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
पावर, फिचर्स र सुबिधाका हिसावले एकै स्तरका एसयूभी भएपनि स्कोडा कुशाकको लागि कम्पनीले कस्तो सुविधा उपलब्ध गराउछ, त्यसले नै यी दुई एसयूभी बीचको बजार प्रतिस्पर्धालाई निर्धारण गर्नेछ ।
स्कोडा कुशाक ९५ प्रतिशत स्थानीयकरण गरेर बनाइएको एसयूभी हो जसका कारण यसको मूल्य नेपालमा प्रतिस्पर्धात्मक भएको र यसले नेपाली अटोमोबाइल क्षेत्रमा एउटा नयाँ प्रतिस्पर्धा भित्र्याउने अनुमान गरिएको छ ।
काठमाडौं – ग्रेटवाल मोटर्स (जिडब्लुएम) गाडीहरुको नेपालको लागि आधिकारिक...
हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक लास्ट–माइल मोबिलिटी खण्डमा...
काठमाडौं –हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...