नेपालमा स्कोडाको शाखलाई एक कदम माथि उठाउला कुशाकले ?

नेपाली बजारमा केही महिना पछि स्कोडाको नयाँ एसयूभी कुशाक प्रवेश गर्दैछ । त्यसैको तयारी स्वरुप नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले विभिन्न पदका लागि दरखास्त आह्वान समेत गरेको छ ।

स्कोडा कुशाकका लागि च्यानल सेल्स म्यानेजर, च्यानल सेल्स एक्जिक्युटिभ, ट्रेनर म्यानेजर, बीटीएल कोअर्डिनेटर, सर्भिस इन्जिनियर, भेइकल रजिस्ट्रेसन एक्जिक्युटिभ र कस्टमर रिलेसनसिप म्यानेजमेन्ट एक्जिक्युटिभ पदमा दरखास्त आह्वान गरिएको हो ।

यो भन्दा पहिले एमएडब्ल्युले आगामी साउन महिनामा नेपाली बजारमा स्कोडा कुशाक उपलब्ध हुने जानकारीका साथ यसका लागि विभिन्न स्थानमा डिलरको आह्वान गरेको थियो ।

स्कोडाको सो एसयूभी आगामी मार्च महिनामा भारतमा लन्च हुने बताइएको छ । हाल यो एसयूभीको विशेषताको वारेमा निकै नै चर्चा भएको छ । नेपाली बजारमा समेत यसले राम्रो पकड कायम गर्ने उद्देश्यका साथ एमएडब्ल्युले विशेष तयारी गरिरहेको अनुमान गर्न सकिन्छ ।

२०२० अटो एक्सपोमा स्कोडा अटो इन्डियाले भिजन इन नामको एक कम्प्याक्ट एसयूभीको कन्सेप्ट सार्वजनिक गरेको थियो । सो कार लेटेस्ट फिचर सहित लन्च हुनेछ ।

सो कार भिजन इन एमक्युबी एओ इन प्लेटफर्ममा आधारित हुनेछ । सो प्लेटफर्ममा विकसित गरेको यो कार पहिलो हुनेछ । जसको प्रयोग पछि फक्सवागन र स्कोडा कारको लागि पनि प्रयोग गरिने छ । यही प्लेटफर्ममा फक्सवागन टाइगुन पनि विकसित गरिने छ । सो कारको लम्बाई ४२५६ एमएम, ह्वीलबेस २६७१ एमएम हुनेछ ।

लन्च पश्चात सो कारले हुन्डाई क्रेटा, किया सेल्टोस, निसान किक्स, रेनो डस्टरको साथै एमजी हेक्टर र टाटा हेरियरसँग प्रतिस्पर्धा गर्नेछ ।

भारतमा समेत स्कोडा कुशाकको बिक्री–वितरणका लागि राम्रो तयारी भइरहेको समयमा नेपालमा पनि यसलाई निकै उत्साहका साथ लिइएको छ । यसले स्कोडाको नेपाली बजारलाई एक कदम माथि उठाउने कम्पनीको अपेक्षा भएको बताइएको छ ।

नेपालका लागि स्कोडाले यो वर्ष केही राम्रो गर्ने अपेक्षा गरेको कम्पनी स्रोतले बताएको छ । विगत ६ महिनामा सबैभन्दा बढी बिक्री भएको सेडानको रुपमा स्कोडा ¥यापिड बनेको छ । यसबाट हौसिएको एमएडब्ल्युले कुशाक नेपाली बजारमा भित्रिए पछि त झन् विशेष हुने अनुमान गरेको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...