एउटै प्लेटफर्ममा बनेका फक्सवागन टाइगुन र स्कोडा कुशाक : प्रतिस्पर्धाका लागि तयार बन्दै

भारतीय प्लान्टमा उत्पादन गरिएको फक्सवागन टाइगुन र स्कोडा कुशाक एउटै प्लेटफर्ममा निर्माण गरिएका २ फरक ब्रान्डका मिड साइज एसयूभी हुन् । जसमध्ये कुशाक केही समयअघिमात्र नेपाल भित्रिएको छ भने टाइगुन औपचारिक लान्च हुने अन्तिम चरणमा छ ।

यी दुई एसयूभीमा उपलब्ध गराइएका फिचर्स प्रायः समान प्रकारका छन् । एउटै प्लेटफर्ममा बनेका कारण यी २ एसयूभीको पावरट्रेन, क्याबिन स्पेस र इक्विपमेन्ट लेभल समेत समान किसिमको छ । यसो हुँदाहुँदै पनि यी २ एसयूभीको मूल्यमा भने केही अन्तर रहने देखिएको छ । स्कोडा कुशाकको मूल्य नेपाली बजारमा ४९ लाख ९० हजारदेखि ६५ लाख ९० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ भने औपचारिक लन्च भैनसकेका कारण टाइगुनको मूल्य सार्वजनिक गरिएको छैन । टाइगुनको मूल्य भारतीय बजारमै कुशाकको तुलनामा केही महंगो भएका कारण नेपालमा समेत यो एसयूभीको मूल्य केही बढी पर्ने सहजै अनुमान लगाउन सकिन्छ ।

यी दुबै एसयूभीमा १.० लिटर टीएसआई टर्बो इन्जिन जडान गरिएको छ । जसले ८५ किलोवाट पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । भारतीय बजारमा १.५ लिटर क्षमतामा डिजेल इन्जिन समेत उपलब्ध भएपनि नेपाली बजारमा भने यी दुबै एसयूभी पेट्रोल इन्जिनमा मात्र उपलब्ध रहने बिक्रेता कम्पनीहरुले बताएका छन् ।

कुशाकको इन्ट्रि लेभल एक्टिभ मोडल र टाइगुनको सोही लेभलको कम्फर्टलाइन मोडलमा उपलब्ध गराइएको फिचर्स प्रायः एकै प्रकारको छ । यी दुबै एसयूभीमा ६ स्पिड म्यानुअल ट्रान्समिसन दिइएको छ भने सेफ्टी फिचर्स समेत एकै प्रकारको छ । दुबै एसयूभीमा इपिएस, इबिडी सहितको एबिएस, डुअल एयरब्याग, मल्टि कोलिजन ब्रेकिङ, इलेक्ट्रोनिक डिफ्रेन्सियल र सबै सिटमा ३ प्वाइन्ट सिट बेल्ट र सबै प्यासेन्जका लागि ५ हेड रेसिस्टेन्ट उपलब्ध गराइएको छ ।

साथमा डिआरएलएस सहतिको हेलोजन हेडल्याम्प, एलइडी टेलल्याम्प, रियर एसी भेन्ट, फ्रन्ट आर्मरेस्ट, रिमोट सेन्ट्रल लकिङ, ७ इन्च टचस्क्रिन, एन्ड्रोइड अटो एन्ड एप्पल कार प्ले, स्टेयरिङ कन्ट्रोल र इलेक्ट्रिक मिरर एड्जस्टमेन्ट जस्ता फिचर्स दुबै एसयूभीमा पाउन सकिन्छ । यद्यपि कुशाक एक्टिभमा दिइएको हाइट एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट भने टाइगुन कम्फर्टलाइनमा उपलब्ध गराइएको छैन । फक्सवागनले यो सुबिधा हाइलाइनमा दिएको छ । कुशाक एक्टिभको मूल्य नेपाली बजारमा ४९ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी टाइगुन हाइलाइन र कुशाक एम्विसनमा समेत समान प्रकारको फिचर्स उपलब्ध गराइएको भएपनि टाइगुन हाइलाइनमा दिइएको वायरलेस फोन चार्जिङ कुशाकको एम्विसनमा उपलब्ध गराइएको छैन । स्कोडाले यो सुबिधा टप स्पेकमा मात्र दिएको छ । त्यसैगरी कुशाक एम्विसनमा दिइएको डिआरएलएस सहितको एलइडी हेडल्याम्प, लेदर -याप्ड स्टेयरिङ र क्रुज कन्ट्रोल जस्ता फिचर्स फक्सवागन एम्विसनमा उपलब्ध गराइएको छैन । यो फिचर्सलाई फक्सवागनले टप स्पेक टाइगुनमा दिएको छ । यी दुबै भेरिएन्ट म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । जसमध्ये कुशाक एम्विसन म्यानुअलको मूल्य ५३ लाख ९० हजार र अटोमेटिकको ५८ लाख ९० हजार निर्धारण गरिएको छ ।

अर्को भेरिएन्ट टाइगुन टपलाइन र कुशाक स्टाइल समेत म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलबध छ । यी दुबै एसयूभीमा समेत अधिकांश फिचर्स समान प्रकारको उपलब्ध गराइएपनि केही फिचर्समा भने फरकपन पाउन सकिन्छ । जस्तो फक्सवागनले यो भेरिएन्टमा ८ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध गराएकोमा स्कोडाले भने सबउफर र एन्टि थेप्ट अलार्मसमेत दिएको छ । कुशाकको यो भेरिएन्टको म्यानुअललाई ६० लाख ९० हजार र अटोमेटिकलाई ६५ लाख ९० हजार रुपैयाँमा बिक्री गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

फक्सवागन मनसुन एक्सचेन्ज अफर प्रारम्भ : पुरानो कुनै पनि ब्रान्डसँग नयाँ गाडी साट्न सकिने

फक्सवागन मनसुन एक्सचेन्ज अफर प्रारम्भ : पुरानो कुनै पनि ब्रान्डसँग नयाँ गाडी साट्न सकिने

काठमाडौं – नेपालका लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल...

टाइगुनले पायो भारतमा ४ वटा प्रतिष्ठित अवार्ड, सुरुवाती मूल्य अब ५१ लाख ९० हजार

टाइगुनले पायो भारतमा ४ वटा प्रतिष्ठित अवार्ड, सुरुवाती मूल्य अब ५१ लाख ९० हजार

फक्सवागनको लोकप्रिय एसयुभी टाइगुनले भारतमा ४ वटा प्रतिष्ठित अवार्ड हात...

सेमी कन्डक्टर अभावले टाइगुनको उत्पादनमा असर नगर्ने, मासिक ५ हजार एसयूभी बिक्री गर्ने लक्ष्य

सेमी कन्डक्टर अभावले टाइगुनको उत्पादनमा असर नगर्ने, मासिक ५ हजार एसयूभी बिक्री गर्ने लक्ष्य

सवारीसाधन उत्पादनमा महत्वपूर्ण भुमिका खेल्ने कम्प्युटरमा आधारित सानो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...