स्कोडा कुसाक एक महिना पछि लन्च हुने, लगत्तै नेपाल भित्र्याउने तयारी


स्कोडाको बहुप्रतिक्षित कम्प्याक्ट एसयुभी कुुसाक मार्च १८ अर्थात अबको एक महिनापछि लन्च हुने निश्चित भएको छ । कम्प्याक्ट एसयुभी सेग्मेन्टको बजार दिनप्रतिदिन बढिरहेको अबस्थालाई मध्यनजर गर्दै कम्पनीले भारतमा यसको उत्पादन थालेको हो । प्रिमियम ब्रान्ड स्कोडाले यो सेग्मेन्टलाई लक्षित गरी नयाँ एसयुभी उतार्ने सार्बजनिक भए लगत्तै यो बहुप्रतिक्षित बनेको छ ।

भारतीय बजारमा लन्च भएको केही समयपछि यो एसयुभीलाई नेपाली बजारमा समेत भित्र्याउने आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजले बताएको छ । बढीमा साउन महिना भित्र यो एसयुभी नेपाल आईसक्ने कम्पनी स्रोतले जनाएको छ ।
यस्तो छ यो एसयभुी
कुुसाकलाई ‘भिजन इन एमक्युबी एओ इन प्लेटफर्म’मा आधारित भई निर्माण गरिएको छ । सो प्लेटफर्ममा विकसित गरेको यो एसयुभी पहिलो हुनेछ । जसको प्रयोग पछि फक्सवागन र स्कोडाका अन्य कारमा समेत प्रयोग गरिने कम्पनीले जनाएको छ । यही प्लेटफर्ममा फक्सवागनले भारतीय बजारमा टाइगुनको समेत उत्पादन गर्ने जनाइसकेको छ ।

यो एसयुभीको लम्बाई ४२५६ एमएम, ह्वीलबेस २६७१ एमएम हुनेछ । यो एसयुभीमा अन्तरष्ट्रिय बजारमा कारोबार हुँदै आइरहेका स्कोडा कोराक, कोडियाक र कमिकजस्ता एसयुभीमा आधारित डिजाइन तथा फिचर्स उपलव्ध गराइएको छ ।
यो एसयुभी २ फरक इन्जिन अप्सनमा उपलब्ध हुनेछ । जसमा पहिलो १.० लिटर तीन सिलिन्डर टीएसआई टर्बाे पेट्रोल इन्जिन हुनेछ । जसलाई सम्भवतः बेस ट्रिम्सको साथमा प्रस्तुत गरिने छ । जबकि अर्को १.५ लिटर चार सिलिन्डर टीएसआइ टर्बाे पेट्रोल इन्जिन हुने अनुमान गरिएको छ । यो १.० लिटर मोटर ¥यापिडमा पनि प्रयोग गरिनेछ ।

सो इन्जिनले ११० पीएस र १७५ एनएमको टर्क जेनेरेट गर्छ । जबकि १.५ लिटर टीएसआई युनिटले १५० पीएसको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । सो कार ६ स्पिड म्यानुअल गियरबक्स ट्रान्समिशनको साथमा वैकल्पिक डिएसजीको साथमा प्रस्तुत गरिने छ ।लन्च पश्चात यो एसयुभीले हुन्डाई क्रेटा, किया सेल्टोस, निसान किक्स, रेनो डस्टरको साथै एमजी हेक्टर र टाटा हेरियरसँग प्रतिस्पर्धा गर्नेछ ।

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...