भारतमा १० हजार करोड लगानी थप्दै स्कोडा अटो र फक्सवागन, ईभी उत्पादनमा जोड दिने

स्कोडा अटो र फक्सवागन इन्डियाले भारतमा ठूलो लगानी थप्ने भएका छन् । फक्सवागन समुहको ३.० योजनाको एक भागको रूपमा १० हजार करोड भारु लगानी गर्न लागिएको हो । यस लगानीले भारतमा आफ्नो सञ्चालन विस्तार गर्ने योजना समुहले बनाएको छ ।

रिपोर्ट अनुसार फक्सवागन समूहको भारतिय सहायक कम्पनीले थप लगानीको लागि सैद्धान्तिक स्वीकृति प्राप्त गरिसकेको छ । जसले नयाँ मोडेलको विकासमा मद्धत पुग्ने जनाइएको छ ।

भारत ३.० परियोजना भारतमा प्रिमियम युटिलिटी भेइकल सेग्मेन्टमा केन्द्रित छ । भारत २.० अन्तर्गत सुरु गरिएका मोडेलहरू भन्दा फरक, कम्पनीले अब विद्युतीय, हाइब्रिड र आइसिई सेग्मेन्टमा प्रिमियम एसयुभी र एमपिभी हरूलाई लक्षित गर्नेछ ।

फक्सवागन समुहले ४.३ देखि ४.८ मिटर श्रेणीमा मध्यम आकारको विद्युतीय एसयुभी तयार पार्नेे योजना बनाएको छ । यी ईभी भारतकै लागि भनेर डिजाइन गरिएको सिएमपी २१ प्लेटफर्ममा आधारित हुने वताइएको छ । जुन मूल्यका हिसावले किफायती समेत हुनेछ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा फोटोनका स्कुल भ्यान, यस्ता छन् आकर्षक फिचर

नेपाली बजारमा फोटोनका स्कुल भ्यान, यस्ता छन् आकर्षक फिचर

काठमाडौं – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...

यस्तो छ स्पोर्टी लुक र अपडेट फिचरसहितको स्कोडा कुशाक मोन्टे कार्लो

यस्तो छ स्पोर्टी लुक र अपडेट फिचरसहितको स्कोडा कुशाक मोन्टे कार्लो

स्कोडा अटो इन्डियाले कुशाकको मोन्टे कार्लो भर्सन थप स्पोर्टी लुक र अपडेट...

शोरुममा देखियो फक्सवागनको नयाँ सेडान कार, नाइमा मोबिलिटी एक्सपोमा लन्च हुने

शोरुममा देखियो फक्सवागनको नयाँ सेडान कार, नाइमा मोबिलिटी एक्सपोमा लन्च हुने

काठमाडौं– फक्सवागनको नयाँ सेडान कार नेपाल भित्रिएको छ । साउन २१ गतेदेखी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...