नेपाली बजारमा सार्वजनिक भयो जिपको नयाँ कम्पास
काठमाडौं – नेपालका लागि जिप एसयूभीको आधिकारिक विक्रेता एमएडब्लु लाइफले...
स्कोडाले कुसाकको लाइनअपमा अर्को सस्तो भेरियन्ट एक्टिभ पिसलाई थप गरेको छ । यो यसअघिको वेस भेरियन्ट एक्टिभन्दा १ लाख भारु सस्तो पर्ने जनाइएको छ । ९ लाख ९९ हजार भारु निर्धारण गरिएको यो इन्ट्रि लेवल भेरियन्टको मूल्य १० लाख ९९ हजार भारु निर्धारण गरिएको एक्टिभको तुलनामा १ लाख रुपैयाँले सस्तो हो ।
एक्टिभ भेरियन्टमा उपलब्ध अधिकांश फिचर्सलाई निरन्तरता दिइएको यो एसयूभीमा टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र स्पिकर भने उपलब्ध गराइएको छैन । यो एसयुभीमा स्टेरिङ माउन्टेड अडियो कन्ट्रोललाई भने निरन्तरता दिइएको छ ।
कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सफल वनिरहेको कुसाकको यो भेरियन्टमा १.० लिटर टर्वो पेट्रोल इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ११४ एचपी रहेको छ । यो एसयुभीलाई म्यानुअल गियरवक्समा मात्र उपलब्ध गराइएको छ ।
स्कोडाले केही दिन पहिलेमात्र एक्टिभ र एम्विसन विचको भेरियन्ट एम्विसन क्लासिक समेत लन्च गरेको थियो । म्यानुअल र अटोमेटिक दुबै अप्सनमा उपलब्ध यसको मूल्य म्यानुअललाई १२ लाख ६९ हजार र अटोमेटिकलाई १४ लाख ९ हजार भारु निर्धारण गरिएको थियो ।
नेपाली बजारमा यो एसयुभी एक्टिभ, एम्विसन र स्टाइल गरी कुल ३ भेरियन्टमा उपलब्ध रहँदै आएको छ । जसमध्ये एक्टिभ म्यानुअलको मूल्य ४९ लाख ९० हजार, एम्विसिन म्यानुअलको ५५ लाख ४० हजार, एम्विसन अटोमेटिकको ६१ लाख ९० हजार र स्टाइल म्यानुअलको ६४ लाख ९० हजार, स्टाइल अटोमेटिकको ६९ लाख ९० हजार तथा स्टाइल अटोमेटिक प्लसको ७१ लाख ४० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाडौं – नेपालका लागि जिप एसयूभीको आधिकारिक विक्रेता एमएडब्लु लाइफले...
काठमाडौं – नेपाली बजारमा जेएसीको टी८ २.० लिटर पिकअप ट्रकको बुकिङ खुला...
काठमाडौं – नेपालका लागि चांगन अटोको आधिकारिक वितरक एमएडब्लु वृद्धि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...