यस्ता छन् यामाहाको एफजेड–एस भी३ एक्स–कनेक्टमार्फत उपयोग गर्न सकिने ६ सुविधा

नेपाली बजारमा यामाहाले हालै लन्च गरेको नयाँ बीएस६ इन्जिनयुक्त मोटरसाइकल एफजेड–एस भी३ एक्स–कनेक्टमा विभिन्न आकर्षक फिचर उपलब्ध छन् । ३ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको भी३ मा रहेको सबैभन्दा ठूलो सुविधा यसमा जडित ब्लुटुथ रहेको छ । जसमार्फत गुगल प्लेस्टोर र आइओएसमा पाइने ‘यामाहा मोटरसाइकल कनेक्ट एक्स’ निःशुल्क डाउन्लोड गरी यो बाइकको स्मार्ट मोडको ६ जीवन सुलभ बनाउने सुविधा लिनु सकिनेछ ।

१. ब्लुटुथ प्रविधिको पहिलो सुविधा रहेको छ ‘एन्सर ब्याक’ । यो सुविधाद्वारा बाइकको इन्डिकेटर झिमिकझिमिक बल्नु थाल्नेछ र हर्न बज्न थाल्नेछ जसले गर्दा चालकले आफ्नो साधन कहाँ राखिएको छ भनेर बिना कुनै झन्झट थाहा पाउन सक्नेछन् ।

२. यस प्रविधिको दोस्रो सुविधा रहेको छ, ‘इ–लक’ व्यवस्था । यो प्रविधिको रोचक कुरा के छ भने यदि तपाईँले इ–लक प्याट्रन राख्नुभएको छ भने कसैले तपाईँको मोटरसाइकलको चाबीले मात्र तपाईँको बाइक चालु गर्न सक्नेछैन सो व्यक्तिलाई तपाईँको गोप्य अनलक प्याट्रन थाहा नभइन्जेलसम्म । ‘इ–लक’ प्याटर्न मूलतः आफ्नो मोटरसाइकल चोरी हुनबाट बचाउने उपयोगी सुविधा भएको बताउछन् यसका उपभोक्ताहरू ।

३. ‘लोकेट माई बाइक’ ब्लुटुथको अर्को सुविधा रहेको छ । यो फिचर मोबाइल एपमा क्लिक गरेमा बाइकको इन्डिकेटर १० सेकेण्डस्सम्म लगातार बल्ने छ । बिशेष गरी यो फिचर चालकले भिड पार्किङमा अवस्थित आफ्नो मोटरसाइकल सजिलै चिन्नुमा उपयोगी रहनेछ ।

४. त्यसैगरी ‘राइडिङ्ग हिस्ट्री’ यसको चौँथो ब्लुटुथ सुविधा हो । राइडिङ हिस्ट्रीद्वारा आफूले गरेको हरेक यात्राको विवरण अभिलेख गर्न र हेर्न सक्नेछन् ।

५. ‘पार्किङ रेकर्ड’ पाँचौ सुविधा रहेको छ जसद्वारा बाइक धनीले आफू रहेको स्थानबाट पार्किङ स्थानको नक्सा पाउन सक्नेछ ।

६. यसको छैटौँ सुविधा रहेको छ ‘हजार्ड’ । यो सुविधाले चालकलाई सडकको सम्भावित दुर्घटना र खतराको बारेमा सचेत पार्नेछ ।

सम्बन्धित समाचारहरू

यामाहाले यही वर्ष २ पावरफुल बाइक लन्च गर्दै, केटीएमसँग प्रतिस्पर्धा हुने

यामाहाले यही वर्ष २ पावरफुल बाइक लन्च गर्दै, केटीएमसँग प्रतिस्पर्धा हुने

अटोमोबाइल बजारमा नेकेड र फेयर्ड बाइकको मिड सेगमेन्टमा केटीएम बाइकको...

यामाहाले ल्याउने भयो नयाँ बाइक आर१५ एम, लन्च नहुँदै लिक भयो पहिलो तस्बिर

यामाहाले ल्याउने भयो नयाँ बाइक आर१५ एम, लन्च नहुँदै लिक भयो पहिलो तस्बिर

केही दिन पहिले यामाहाले नयाँ बाइकको नाम आर१५ एम राख्ने गरी दर्ता भएको...

यामाहा र हेल्मेट्स नेपाल बिच व्यापारिक सम्झौता, यामाहा शोरुममा हेल्मेट्स नेपालको आउटलेट रहने

यामाहा र हेल्मेट्स नेपाल बिच व्यापारिक सम्झौता, यामाहा शोरुममा हेल्मेट्स नेपालको आउटलेट रहने

काठमाडौं – विगत ९ वर्ष देखि हेल्मेटको मार्केटमा आफ्नो छुट्टै पहिचान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...