यस्ता छन् यामाहाको एफजेड–एस भी३ एक्स–कनेक्टमार्फत उपयोग गर्न सकिने ६ सुविधा

नेपाली बजारमा यामाहाले हालै लन्च गरेको नयाँ बीएस६ इन्जिनयुक्त मोटरसाइकल एफजेड–एस भी३ एक्स–कनेक्टमा विभिन्न आकर्षक फिचर उपलब्ध छन् । ३ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको भी३ मा रहेको सबैभन्दा ठूलो सुविधा यसमा जडित ब्लुटुथ रहेको छ । जसमार्फत गुगल प्लेस्टोर र आइओएसमा पाइने ‘यामाहा मोटरसाइकल कनेक्ट एक्स’ निःशुल्क डाउन्लोड गरी यो बाइकको स्मार्ट मोडको ६ जीवन सुलभ बनाउने सुविधा लिनु सकिनेछ ।

१. ब्लुटुथ प्रविधिको पहिलो सुविधा रहेको छ ‘एन्सर ब्याक’ । यो सुविधाद्वारा बाइकको इन्डिकेटर झिमिकझिमिक बल्नु थाल्नेछ र हर्न बज्न थाल्नेछ जसले गर्दा चालकले आफ्नो साधन कहाँ राखिएको छ भनेर बिना कुनै झन्झट थाहा पाउन सक्नेछन् ।

२. यस प्रविधिको दोस्रो सुविधा रहेको छ, ‘इ–लक’ व्यवस्था । यो प्रविधिको रोचक कुरा के छ भने यदि तपाईँले इ–लक प्याट्रन राख्नुभएको छ भने कसैले तपाईँको मोटरसाइकलको चाबीले मात्र तपाईँको बाइक चालु गर्न सक्नेछैन सो व्यक्तिलाई तपाईँको गोप्य अनलक प्याट्रन थाहा नभइन्जेलसम्म । ‘इ–लक’ प्याटर्न मूलतः आफ्नो मोटरसाइकल चोरी हुनबाट बचाउने उपयोगी सुविधा भएको बताउछन् यसका उपभोक्ताहरू ।

३. ‘लोकेट माई बाइक’ ब्लुटुथको अर्को सुविधा रहेको छ । यो फिचर मोबाइल एपमा क्लिक गरेमा बाइकको इन्डिकेटर १० सेकेण्डस्सम्म लगातार बल्ने छ । बिशेष गरी यो फिचर चालकले भिड पार्किङमा अवस्थित आफ्नो मोटरसाइकल सजिलै चिन्नुमा उपयोगी रहनेछ ।

४. त्यसैगरी ‘राइडिङ्ग हिस्ट्री’ यसको चौँथो ब्लुटुथ सुविधा हो । राइडिङ हिस्ट्रीद्वारा आफूले गरेको हरेक यात्राको विवरण अभिलेख गर्न र हेर्न सक्नेछन् ।

५. ‘पार्किङ रेकर्ड’ पाँचौ सुविधा रहेको छ जसद्वारा बाइक धनीले आफू रहेको स्थानबाट पार्किङ स्थानको नक्सा पाउन सक्नेछ ।

६. यसको छैटौँ सुविधा रहेको छ ‘हजार्ड’ । यो सुविधाले चालकलाई सडकको सम्भावित दुर्घटना र खतराको बारेमा सचेत पार्नेछ ।

सम्बन्धित समाचारहरू

२५ प्रतिशत डाउनपेमेन्ट अफर गर्दा पनि छैनन् मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहक

२५ प्रतिशत डाउनपेमेन्ट अफर गर्दा पनि छैनन् मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहक

वैंक तथा वित्तीय संस्थामा तरलता अभाव चर्किएसँगै ओरालो लागेको टु ह्विलर...

हिमालय रोडिज सिजन ७ का विजेतालाई यामाहा मोटरसाइकल हस्तान्तरण

हिमालय रोडिज सिजन ७ का विजेतालाई यामाहा मोटरसाइकल हस्तान्तरण

काठमाडौँ – नेपालकै लोकप्रिय एडभेन्चर रियालिटी शो हिमालय रोडिजको सातौँ...

बल्खुमा खुल्यो यामाहा शोरुम रिशिक अटोमोबाइल्स

बल्खुमा खुल्यो यामाहा शोरुम रिशिक अटोमोबाइल्स

काठमाडौं – बल्खुमा यामाहा मोटरसाइकल तथा स्कुटरको नयाँ शोरुम रिशिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...