पेट्रोलमा इथानोल मिसाउन पाइने, के हो इथानोल ?
नेपाल आयल निगमले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन पाउने भएको छ । सोमबार...
कारलाई राम्रो कन्डिशनमा राख्नका लागि समय समयमा मर्मत गर्नुका साथै समयमै सर्भिस गर्नु पर्छ । कारमा इन्जिनसहित सबै मेसिनले राम्ररी काम गर्नका लागि कारमा आयलको प्रयोग गरिन्छ । कारमा विभिन्न ६ प्रकारका तरल पदार्थ भरिन्छन् । यी तरल पदार्थहरू पनि समय समयमा परिवर्तन गर्न आवश्यक छ ।
इन्जिन आयल
कारमा प्रयोग हुने सबैभन्दा महत्वपूर्ण तरल पदार्थ इन्जिन आयल हो । कारलाई १० हजार किलोमिटर वा ६ महिनापछि सर्भिसिङ गराउनु पर्छ । महिनामा एक पटक इन्जिन आयलको स्तर र चिपचिपापन पनि जाँच गर्नुपर्छ ।
कुलेन्ट
इन्जिनको ताप घटाउनका लागि कुलेन्ट इन्जिनको प्रयोग गरिन्छ । वर्षमा २ पटक कारको कुलेन्ट जाँच गर्नुपर्छ । एक पटक जाडोमा र एक पटक गर्मीमा । सामान्यतया यसलाई प्रत्येक २ देखि ३ वर्षमा परिवर्तन गर्नुपर्छ ।
ट्रान्समिशन आयल
ट्रान्समिशन आयलको प्रयोगले कारको गियरबक्सले राम्ररी काम गर्छ । ट्रान्समिसन आयल प्रत्येक ५० हजार देखि १ लाख किलोमिटर पछि जाँच गर्नुपर्छ ।
ब्रेक आयल
ब्रेक आयलको मुख्य काम कारको ब्रेकलाई ठीकसँग काम गरिराख्ने बनाउनु हो । कारमा ब्रेकले राम्ररी काम गरेन भने पहिले ब्रेक आयल जाँच गर्नुपर्छ । यसलाई प्रत्येक सर्भिसिङमा वा वर्षमा २ पटक परिवर्तन गर्नुपर्छ ।
पावर स्टेयरिङ आयल
पावर स्टेयरिङ आयल कारको स्टेयरिङ सहज र कुशल तरिकाले चलाउनका लागि प्रयोग गरिन्छ । यो सामान्यतया कम हुँदैन । यदि यो घटेमा ठूलो समस्या हुन सक्छ । पावर स्टेयरिङ जाँच गर्न धेरै महत्वपूर्ण छ ।
विन्डशिल्ड वाइपर आयल
यो धेरै महत्वपूर्ण तरल पदार्थ नभए पनि यसको जाँच गर्नुपर्छ । फोहोर विन्डशिल्ड सफा गर्नका लागि विन्डशिल्ड वाइपर आयलको प्रयोग गरिन्छ । तर पनि नियमित रुपमा यसको जाँच गरिरहनु पर्छ ।
नेपाल आयल निगमले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन पाउने भएको छ । सोमबार...
बागमती – बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन...
काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...