एन्टी थेफ्ट अलार्म र लाइभ ट्रयाकिङ जस्ता फिचर भएको इलेक्ट्रिक स्कुटर राइडर सुपरम्याक्स
जिमोपाइले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर राइडर सुपरम्याक्स भारतमा लन्च...
सवारी साधन निर्माता कम्पनीहरूले आफ्ना कारमा ठूला परिवर्तनहरू ल्याइरहेका छन् । केही महिना अघि हुन्डाई र कियाले आफ्नो कारमा ६ वटा एयरब्याग समावेश गरेका थिए । अब सिट्रोन पनि यो सूचीमा सामेल भएको छ ।
फ्रान्सेली कार निर्माता कम्पनी सिट्रोनले आफ्नो सबै कारमा सुरक्षा मापदण्डमा विशेष ध्यान दिइरहेको छ । कम्पनीले आफ्ना सबै कारमा ६ वटा एयरब्याग प्रदान गर्ने भएको छ । साथै कम्पनीले आईसोफिक्स सिट एन्कोरेज र रियर सिट बेल्ट रिमाइन्डर जस्ता फिचर पनि उपलब्ध गराउनेछ । सिट्रोन कारमा यी परिवर्तन सन् २०२४ को दोस्रो त्रैमासिकबाट लागू हुनेछ ।
सिट्रोनको ६ एयरब्याग सिस्टममा फ्रन्ट एयरब्याग, साइड एयरब्याग र कर्टेन एयरब्याग समावेश छन् । यसले गम्भीर चोटपटक वा दुर्घटनामा मृत्यु हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
नेपाली बजारमा सांग्रिला मोटर्सले सिट्रोनका गाडी बिक्री–वितरण गरिरहेको छ । हाल नेपाली बजारमा सिट्रोन सी३ र सी५ एयरक्रस तथा ईसी३ इलेक्ट्रिक कार उपलब्ध छन् ।
जिमोपाइले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर राइडर सुपरम्याक्स भारतमा लन्च...
काठमाडौं–एलएस अटोको नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चरले नयाँ...
भीनफास्टले भारतमा इलेक्ट्रिक स्कुटर पनि उत्पादन गर्ने भएको छ । ‘क्लारा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...