टियागो ईभी किन्नेलाई नबिल बैंकले ९.९९ प्रतिशत ब्याजदरमा ऋण दिने

काठमाडौं – नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र नबिल बैंक बिच ऋण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार अब टाटा टियागो ईभी खरिद गर्न चाहनेले नबिल बैंकको नेपाल भरका शाखाहरूमार्फत ८० प्रतिशतसम्म सहज कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकले ५ लाख २९ हजार रुपैयाँ डाउन पेमेन्ट गरेर टियागो ईभी किन्न सक्नेछन् ।

बैंकले टियागो ईभी किन्ने ग्राहकलाई ९.९९ प्रतिशत ब्याजदरमा सहज र सुलभ कर्जा उपलब्ध गराउने छ ।

टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरूलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधि भित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

टियागो ईभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने ह्याचब्याक कार भएको बताइएको छ ।

सम्बन्धित समाचारहरू

एक्सपेङ जी६ अव चितवनमा पनि, यूरो मोटर्स वन्यो डिलर

एक्सपेङ जी६ अव चितवनमा पनि, यूरो मोटर्स वन्यो डिलर

काठमाडौं– एक्सपेङको शोरुम चितवनमा विस्तार भएको छ । नेपालका लागि आधिकारिक...

कारमा प्रयोग हुने इमोबिलाइजर के हो ? यसको प्रयोग किन गरिन्छ ?

कारमा प्रयोग हुने इमोबिलाइजर के हो ? यसको प्रयोग किन गरिन्छ ?

आधुनिक युगमा इमोबिलाइजर अधिकांश सवारी साधनमा प्रयोग गरिन्छ । इमोबिलाइजर...

अल्टो भन्दा सानो सबैभन्दा सस्तो इलेक्ट्रिक कार आउँदै, टाटा टियागोसँग प्रतिस्पर्धा हुने

अल्टो भन्दा सानो सबैभन्दा सस्तो इलेक्ट्रिक कार आउँदै, टाटा टियागोसँग प्रतिस्पर्धा हुने

इलेक्ट्रिक सवारी निर्माता कम्पनी पीएमभीले आफ्नो पहिलो र सबैभन्दा सस्तो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...