टियागो ईभी किन्नेलाई नबिल बैंकले ९.९९ प्रतिशत ब्याजदरमा ऋण दिने

काठमाडौं – नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र नबिल बैंक बिच ऋण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार अब टाटा टियागो ईभी खरिद गर्न चाहनेले नबिल बैंकको नेपाल भरका शाखाहरूमार्फत ८० प्रतिशतसम्म सहज कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकले ५ लाख २९ हजार रुपैयाँ डाउन पेमेन्ट गरेर टियागो ईभी किन्न सक्नेछन् ।

बैंकले टियागो ईभी किन्ने ग्राहकलाई ९.९९ प्रतिशत ब्याजदरमा सहज र सुलभ कर्जा उपलब्ध गराउने छ ।

टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरूलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधि भित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

टियागो ईभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने ह्याचब्याक कार भएको बताइएको छ ।

सम्बन्धित समाचारहरू

पेरिसमा अब भाडाका विद्युतीय स्कुटर चलाउन नपाइने

पेरिसमा अब भाडाका विद्युतीय स्कुटर चलाउन नपाइने

काठमाडौँ – फ्रान्सको पेरिसमा सार्वजनिक भाडामा चल्ने विद्युतीय...

समग्रमा १० प्रतिशत बढ्यो विद्युतीय गाडीमा कर

समग्रमा १० प्रतिशत बढ्यो विद्युतीय गाडीमा कर

काठमाडौं – सरकारले विद्युतीय गाडीमा लाग्ने भन्सार शुल्क र अन्तःशुल्क...

चेरीको सब–ब्रान्ड काई अटोमोबाइल्सको एक्स३ प्रो ईभी नेपाल भित्रिदै

चेरीको सब–ब्रान्ड काई अटोमोबाइल्सको एक्स३ प्रो ईभी नेपाल भित्रिदै

काठमाडौं – नेपाली बजारमा चिनियाँ अटोमोबाइल कम्पनी चेरीको सब–ब्रान्ड काई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...