सिप्रदी ट्रेडिङले जित्यो ७ उत्कृष्ट अवार्ड, पायो ईभी विस्तारमा विशेष मान्यता

काठमाडौं – नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ७ उत्कृष्ट अवार्ड जितेको छ। टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने टाटा मोटर्स ‘वान वर्ल्ड २०२४’ मा कम्पनीले ७ उत्कृष्ट अवार्ड जितेको हो ।

टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने ‘टाटा मोटर्स वान वर्ल्ड २०२४’ कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिले ती अवार्ड जितेर नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा बलियो बनाएको छ ।

साथै, ‘पायोनियर ईभी एक्सपान्सन’ का लागि विशेष कदर पत्र प्राप्त गर्दै, नेपालले शून्य–उत्सर्जन सवारीसाधनको विस्तारमा अघि बढ्ने प्रतिबद्धता पुनः स्थापित गरेको छ ।

सिप्रदी ट्रेडिङ प्रालिले नेपाललाई सबै प्रमुख सेग्मेन्टहरूमा उच्च बजार हिस्सा दिलाउँदै निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेको जनाइएको छ । नेपाललाई कमर्सियल सवारीसाधन क्षेत्रमा अग्रणी स्थानमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

‘सिप्रदी ट्रेडिङ प्रालिको यो उपलब्धि ग्राहकहरूको विश्वास, टिमको निरन्तर मेहनत, र टाटा मोटर्सका विश्वसनीय उत्पादनहरूको प्रतिफल हो। सबै प्रमुख सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै, सिप्रदी ट्रेडिङ प्रालिले बजारमा आफ्नो बलियो उपस्थिति कायम राख्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘हामी हाम्रा ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवा र सुलभ सवारीसाधन प्रदान गर्न सधैं प्रतिबद्ध छौं । यी पुरस्कारहरूले हाम्रो टिमको मेहनतलाई सम्मान गर्दै, ग्राहकहरूलाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने प्रेरणा दिएको छ’ सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, ‘हामी यो सफलता हाम्रा सबै ग्राहकहरूलाई समर्पित गर्छौं, जसले हामीमाथि विश्वास गर्नुभयो र टाटा गाडीलाई पहिलो रोजाइ बनाउनुभयो । नेपालले हरेक वर्ष आफ्नो स्थान बलियो बनाउँदै गएको छ, र यो सफलता हाम्रो प्रतिबद्धताको प्रमाण हो ।’

सम्बन्धित समाचारहरू

सेल्स हेड आचार्य भन्छन् : युरोपियन युनियनले प्रमाणित गरेको पहिलो इलेक्ट्रिक भ्यान ल्याएका छौ

सेल्स हेड आचार्य भन्छन् : युरोपियन युनियनले प्रमाणित गरेको पहिलो इलेक्ट्रिक भ्यान ल्याएका छौ

यसअघि प्यासेन्जर कार र टु ह्विलरमा मात्र केन्द्रित नेपालको ईभी बजार अहिले...

क्विलिन देखि सोडियम आयोन ब्याट्री विकास गर्दै सीएटीएल : बढ्दै इलेक्ट्रिक कारको रेन्ज

क्विलिन देखि सोडियम आयोन ब्याट्री विकास गर्दै सीएटीएल : बढ्दै इलेक्ट्रिक कारको रेन्ज

अमेरिकाबाट प्रकाशित हुने प्रतिष्ठित पत्रिका ‘टाइम’ ले ‘सन् २०२२ का...

यसरी गर्न सकिन्छ हिरो स्प्लेन्डरलाई १५१ किमी रेन्ज दिने इलेक्ट्रिकमा रुपान्तरण

यसरी गर्न सकिन्छ हिरो स्प्लेन्डरलाई १५१ किमी रेन्ज दिने इलेक्ट्रिकमा रुपान्तरण

ईभी स्टार्टअप कम्पनी गोगोएवनले भारतमा दुई पाङ्ग्रे सवारीका लागि पहिलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...