‘मेड इन नेपाल’ यात्री मोटरसाइकल उत्पादन गर्न यात्री र सिप्रदी बिच सहकार्यको घोषणा
यात्रीका उत्पादन विकास, निर्माण र प्रवर्धन गर्नका लागि यात्री र सिप्रदी...
काठमाडौं – नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ७ उत्कृष्ट अवार्ड जितेको छ। टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने टाटा मोटर्स ‘वान वर्ल्ड २०२४’ मा कम्पनीले ७ उत्कृष्ट अवार्ड जितेको हो ।
टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने ‘टाटा मोटर्स वान वर्ल्ड २०२४’ कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिले ती अवार्ड जितेर नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा बलियो बनाएको छ ।
साथै, ‘पायोनियर ईभी एक्सपान्सन’ का लागि विशेष कदर पत्र प्राप्त गर्दै, नेपालले शून्य–उत्सर्जन सवारीसाधनको विस्तारमा अघि बढ्ने प्रतिबद्धता पुनः स्थापित गरेको छ ।
सिप्रदी ट्रेडिङ प्रालिले नेपाललाई सबै प्रमुख सेग्मेन्टहरूमा उच्च बजार हिस्सा दिलाउँदै निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेको जनाइएको छ । नेपाललाई कमर्सियल सवारीसाधन क्षेत्रमा अग्रणी स्थानमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
‘सिप्रदी ट्रेडिङ प्रालिको यो उपलब्धि ग्राहकहरूको विश्वास, टिमको निरन्तर मेहनत, र टाटा मोटर्सका विश्वसनीय उत्पादनहरूको प्रतिफल हो। सबै प्रमुख सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै, सिप्रदी ट्रेडिङ प्रालिले बजारमा आफ्नो बलियो उपस्थिति कायम राख्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘हामी हाम्रा ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवा र सुलभ सवारीसाधन प्रदान गर्न सधैं प्रतिबद्ध छौं । यी पुरस्कारहरूले हाम्रो टिमको मेहनतलाई सम्मान गर्दै, ग्राहकहरूलाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने प्रेरणा दिएको छ’ सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, ‘हामी यो सफलता हाम्रा सबै ग्राहकहरूलाई समर्पित गर्छौं, जसले हामीमाथि विश्वास गर्नुभयो र टाटा गाडीलाई पहिलो रोजाइ बनाउनुभयो । नेपालले हरेक वर्ष आफ्नो स्थान बलियो बनाउँदै गएको छ, र यो सफलता हाम्रो प्रतिबद्धताको प्रमाण हो ।’
यात्रीका उत्पादन विकास, निर्माण र प्रवर्धन गर्नका लागि यात्री र सिप्रदी...
सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले काभ्रेपलान्चोक...
काठमाडौँ – ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसपीजी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...