सिप्रद्धी ट्रेडिङका अध्यक्ष राणा बने सबैभन्दा बढी कर तिर्ने ब्यावसायी

आर्थिक बर्ष २०७७/७८ मा ब्याक्तिगत आयबाट सबैभन्दा बढी कर तिर्ने ब्यावसयीका रुपमा सिप्रद्धी ट्रेडिङका अध्यक्ष सिद्धार्थ राणा सम्मानित भएका छन् । राष्ट्रिय कर दिवस २०७८ को अबसर पारेर राणलाई सरकारले सम्मान गरेको छ । बिगतका बर्षहरुमा समेत सबैभन्दा बढी कर तिर्ने ब्याक्तिका रुपमा सम्मानित हुँदै आएका राणलाई अघिल्लो बर्ष भने जावलाखेल डिस्टिलरीका बिजय साहले उछिनेका थिए ।

राणा अध्यक्ष रहेको सिप्रद्धि ट्रेडिङले नेपालमा टाटा गाडीको आधिकारिक बितरकका रुपमा कार्य गर्दै आइरहेको छ । साथै सिप्रद्धी अन्तर्गत सिप्रद्धी अटो पार्टस्, सिप्रद्धी इनर्जी र सिप्रद्धी एस्योर्डले समेत अटोमोबाइल सम्बद्ध ब्यावसाय गर्दै आइरहेको छ । यस बाहेक उनी हिमालयन इन्टरनेशनल इनर्र्जी प्रालि, भोटेकोशी पावर कम्पनी, तारा म्यानेजमेन्ट प्रालि, सूर्य फण्ड, सोल्टी ग्रुप, अमरावती ट्राभल, एम ट्रिप, सूर्य नेपाल लगायतका कम्पनीमा संलग्न छन् ।

राणा पारदर्शी व्यवसाय गर्नुपर्छ भन्ने मान्यता राख्ने ब्यावसायीका रुपमा समेत परिचित छन् । उनी संलग्न कम्पनीहरु अहिलेसम्म कर बिबादमा समेत पर्ने गरेको पाइदैन। त्यही भएर लगातार उनी व्यक्तिगत रुपमा बढी कर तिर्ने व्यक्तिका रुपमा सम्मानित हुँदै आएका हुन् ।

सम्बन्धित समाचारहरू

टाटा बसहरुका लागि गोगंबु बसपार्कमा निःशुल्क चेकअप सुविधा

टाटा बसहरुका लागि गोगंबु बसपार्कमा निःशुल्क चेकअप सुविधा

काठमाडौं – सुरक्षित यात्राको कामना सहित चाडबाडको बेला ढुक्कसँग यातायात...

जेनजी आन्दोलनमा जलेको थापाथलीस्थित टाटा शोरुम सञ्चालनमा

जेनजी आन्दोलनमा जलेको थापाथलीस्थित टाटा शोरुम सञ्चालनमा

काठमाडौं– गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेको टाटा...

टाटा कार किन्दा २ लाख सम्म छुट र अन्य धेरै अफर पाइने

टाटा कार किन्दा २ लाख सम्म छुट र अन्य धेरै अफर पाइने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...