टाटा नेक्सन, अल्ट्रोज, पन्च, टियागो र टिगोरको बढ्यो माइलेज
टाटा मोटर्सले आफ्ना कारहरु अपडेट गरेको छ र यसको कारण मूल्य पनि बढ्नेछ ।...
टाटा जेन्युइन पार्टसको आधिकारिक बितरक सिप्रद्धी अटो पार्टसले टाटा एस र योद्धा पिकअपलाई लक्षित गरी जेन्युइन पार्टस् उपलब्ध गराउन नयाँ अभियानको थालनी गरेको छ । टाटा एस र टाटा योद्धा जोनका नामले संचालनमा आएको यी आउटलेटको सुरुवात पहिलोपटक चीतवनबाट गरिएको छ । यसअघि टाटा कर्मसियल भेहिकलका लागी आबश्यक जेन्युइन पार्टसको बिक्री बितरणलाई ब्यावस्थित बनाउन टाटा च्याम्पियन जोनको अभियान चलाएको कम्पनीले अहिले भने पिकअपलाई लक्षित गरी छुट्टै जोन संचालनमा ल्याएको हो ।
यो अभियान अन्तर्गत पहिलो जोनका रुपमा चीतवनको नारायणघाटस्थित नारायणघाट अटो सेन्टरले टाटा योद्धा जोन र अर्को एसबी अटो वर्कशपले टाटा एस जोनका रुपमा सेवा प्रारम्भ गरेका छन् । दुबै जोनको उद्घाटन टाटा मोटर्सबाट आएका नेपाल र भुटान हेर्ने प्रतिनिधी मनिस कुमारले गरेका हुन् । यी जोनबाट सम्वन्धित पिकअपको जेन्युइन पार्टस मात्र कारोबार हुने हुँदा ग्राहकलाई सेवा लिन सहज हुने बिश्वास लिइएको छ ।
आगामी दिनमा देशका अन्य स्थानमा समेत यस प्रकारको जोन संचालन गर्दै जाने कम्पनी स्रोतले बताएको छ । जेन्युइन स्पेयर पार्टसको प्रबद्र्धनमा रचनात्मक अभियान संचालन गर्दै आएको सिप्रद्धी अटो पार्टसले बिगत लामो समयदेखी च्याम्पियन जोन र टाटा गुरु अभियान समेत चलाउँदै आइरहेको छ । यो अभियानबाट ग्राहक, मेकानिक्स, बिक्रेता र कम्पनी सबै पक्षलाई फाइदा पुग्ने गरेको उसको भनाई छ ।
टाटा मोटर्सले आफ्ना कारहरु अपडेट गरेको छ र यसको कारण मूल्य पनि बढ्नेछ ।...
काठमाडाैं – ग्राहकहरूलाई टाटा जेन्युइन पार्ट्सको प्रत्येक खरिदमा विशेष...
भारत एनक्यापद्वारा गरिएको क्र्यास टेष्टमा टाटा सिएराले ५ स्टार रेटिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...