सिंगल चार्जमा ८५७ किमी रेन्ज दिने मर्सिडिज बेन्जको इलेक्ट्रिक कार

मर्सिडीज बेन्ज ईक्युएस ५८० शानदार रेन्जको लागि निकै लोकप्रिय एसयूभी हो । यो भारतमा सबैभन्दा उच्च रेन्ज भएको इलेक्ट्रिक कार हो । यद्यपि नेपाली बजारमा भने तत्काल यो गाडी आउने सम्भावना छैन ।

कम्पनीले मर्सिडिज बेन्ज ईक्युएस ५८० मा १०७.८ किलोवाटको लिथियम आयोन ब्याट्री प्याक जडान गरेको छ । सो एसयूभीले फुल चार्जमा ६७७ किलोमिटरको दूरी सजिलै पार गर्न सक्छ । तर कम्पनीले दावी गरे अनुसार सो एसयूभीको रेन्ज ८५७ किलोमिटर रहेको छ । यसलाई युरो एनसीएपी क्रयास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ दिइएको छ । सो इलेक्ट्रिक कार ९ एयरब्यागले सुसज्जित छ ।

मर्सिडिज बेन्ज ईक्युएस ५८० सन् २०२० मा भारतमा लन्च गरिएको थियो । यो ५ सिटर लक्जरी इलेक्ट्रिक कार हो । भारतमा एसेम्बल गरिएको यो मर्सिडिज बेन्जको १४औं मोडल हो ।

सो इलेक्ट्रिक कारमा मल्टी फङसन स्टेयरिङ ह्विल, पावर एडजस्टेबल एक्सटेरियर रियर भ्यू मिरर, फग लाइट, ९ एयरब्याग, ३६० डिग्री क्यामेरा, ट्रयाक्सन कन्ट्रोल सिस्टम जस्ता फिचर समावेश गरिएको छ ।

कम्पनीले यसको अगाडि र पछाडि दुबै एक्सलमा इलेक्ट्रिक मोटर जडान गरेको छ, जसले ७५०.९७ बीएचपीको पावर जेनेरेट गर्छ । यसको टप स्पिड २१० किलोमिटर प्रति घण्टा छ । मर्सिडिज बेन्ज ईक्युएस ५८० को एक्स शोरुम मूल्य १ करोड ६२ लाख भारु छ ।

सम्बन्धित समाचारहरू

पोखरामा खुल्यो सेगवेको नयाँ शोरुम

पोखरामा खुल्यो सेगवेको नयाँ शोरुम

सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले पोखराको...

होन्डाले सार्वजनिक ग-यो इलेक्ट्रिक स्कुटर

होन्डाले सार्वजनिक ग-यो इलेक्ट्रिक स्कुटर

होन्डाले मिलानमा चलिरहेको ईआईसीएमए २०२२ मा आफ्नो पहिलो ई–स्कुटर ईएम१ई...

लीपमोटर सी–१० अब भैरहवा र बुटवलमा पनि, पाँचवटा गाडी ग्राहकलाई हस्तान्तरण

लीपमोटर सी–१० अब भैरहवा र बुटवलमा पनि, पाँचवटा गाडी ग्राहकलाई हस्तान्तरण

लिप मोटरले हालै नेपाल ल्याएको नयाँ बिद्युतिय कार सी–१० को बिक्री भैरहवा र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...