फ्युचरिकम ट्रकले बनायो वर्ल्ड रेकर्ड, सिंगल चार्जमा १०९९ किमीको रेन्ज प्रदान

जर्मन डेलिभरी कम्पनी ‘डीपीडी’ को इलेक्ट्रिक ट्रक फ्युचरिकमले फुल चार्जमा सबैभन्दा लामो दूरी रेन्ज प्रदानको लागि विश्व कीर्तिमान बनाएको छ । दुई ड्राइभरले यसलाई सिंगल चार्जमा १०९९ किमीसम्म चलाएका थिए ।

अटोमोटिभ दिग्गज कन्टिनेन्टलको मदतले जर्मन डेलिभरी कम्पनी डीपीडीले सो ट्रक निर्माण गरेको हो । उक्त ट्रकलाई एउटा बन्द परीक्षण ट्रयाकमा १०९९ किलोमिटर चलाइएको थियो । यसको लागि २३ घन्टा समय लागेको थियो । जसमा दुई ड्राइभरलाई ४.५ घन्टाको सिफ्ट स्विच गरेको थियो । जसको औसत गति ५० किमी प्रतिघन्टा थियो ।

उक्त ट्रक निर्माता कम्पनी स्विट्जरल्याण्डको हो, जसलाई फ्युचरिकम भनिन्छ । यो भल्वो ट्रक च्यासिसको साथै ईभी चार्जर तथा ब्याट्री प्याकमा आधारित इलेक्ट्रिक ट्रक निर्माणमा माहिर छ । कम्पनीको आधिकारिक वेबसाइटमा सो ट्रक सिंगल चार्जमा ७६० किमीको अधिकतम ड्राइभिङ रेन्ज दिने जानकारी साझा गरेको थियो । तर, रेकर्ड तोड्ने फ्युचरिकम लाजिस्टिक्स १८ ई ट्रकले अनुमान भन्दा बढी नै रेन्ज प्रदान गरेको थियो ।

यद्यपि यो परीक्षण प्रोफेसनल ड्राइभरको लागि मात्र सम्भव थियो, जसले ट्रकको आवश्यक दायरा प्रदान ग¥यो र १०९९ किलोमिटरसम्म चलाउन सक्षम रह्यो । ट्रकमा प्रसिद्ध कम्पनी कन्टिनेन्टलको विशेष टायरको उपयोग गरिएको थियो र ट्रक पुरै अनलोड गरिएको थियो । यसैले यसको तौल १५.५ टन र अधिकतम रेटेड पेलोड ६.६ टन थियो । परीक्षण पछि ट्रकको बिजुली खपत ५२ केडब्ल्यु÷१०० किमी थियो र ट्रक कन्टिड्रोम राउन्ड ट्रयाकको कुल ३९२ राउन्ड पूरा गरेको थियो ।

सो ट्रक परीक्षणको समयमा निकै तीव्र हावा चलिरहेको थियो र बाहिरको तापमान १४ डिग्री सेल्सियस थियो । ट्रक यस बर्षको मेमा सक्रिय सेवामा प्रवेश गरेको थियो र हालसम्म १२०३३ किलोमिटरसम्मको दुरी कभर गरिसकेको छ । यसको औसत पावर कन्जम्सन १०६.८ केडब्ल्यु÷१०० किमी थियो ।

सम्बन्धित समाचारहरू

महिन्द्रा एक्सयूभी४०० अब प्रो रेन्जमा, यस्ता छन् नयाँ फिचर

महिन्द्रा एक्सयूभी४०० अब प्रो रेन्जमा, यस्ता छन् नयाँ फिचर

महिन्द्रा एन्ड महिन्द्राले इलेक्ट्रिक अल न्यू एक्सयूभी४०० प्रो रेन्ज...

देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा, बीवाईडी ईभीमा अपग्रेड हुन सकिने

देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा, बीवाईडी ईभीमा अपग्रेड हुन सकिने

काठमाडौं – बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक...

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी नाडा अटो शो २०२५ मा : प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी नाडा अटो शो २०२५ मा : प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै

काठमाडौं – भोलि मंगलबारबाट सुरु हुने नाडा अटो शो २०२५ मा नेपालकै पहिलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...