फ्युचरिस्टिक लुक र टप क्लास फिचरमा आयो हुन्डाई आयोनिक ५ ईभी
हुन्डाईले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी आयोनिक ५ को नयाँ फेसलिफ्ट...
काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा चर्चामा रहेका गायक प्रकाश सपुतले हुन्डाई क्रेटा किनेका छन् । आफुले नयाँ कार किनेको बारे गायक सपुतले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका गायक सपुतले मंगलबार सेतो रङको कारको भ्लगसँगै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पनि लेखेका छन् । उनले कलाकार मात्रै भएर पनि कार चढ्न सकिने बताएका छन् ।
उनले नयाँ कार किनेकोमा खुशी ब्यक्त गर्दै लेखेका छन्, ‘सपना, संघर्ष, सिर्जना, सफलता मेरो ! साथ, सहयोग, शुभेच्छा तपाईहरुको । सपना देख्नेहरुलाई प्रेरणा हुनसक्छ – कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ है । जीवनको पहिलो गाड़ी – हुन्डाई क्रेटा २०१९ ।
प्रकाशका अनुसार झन्डै ९ वर्ष पहिले २०६९ साल जेठ २२ गतेका दिन उनी काठमाडौं आएका थिए । प्रकाशको काठमाडौं आएदेखि गाडी किन्ने इच्छा थियो । त्यसबेला २१ वर्षे अल्लारे उनले मनमनै भविष्यमा गाडी चढ्ने सपना देख्न थाले । जुन सपना अहिले पूरा भएको छ । प्रकाशको यो पहिलो गाडी हो ।
यसभन्दा अघि उनी पल्सर २२० मोटरसाइकल चढ्थे । उनले झन्डै डेढ वर्ष सेकेन्ड ह्यान्ड बाइक चढे । त्योभन्दा अघि प्लेजर स्कुटर चढे । उनले काठमाडौं आएको झन्डै ५ वर्षपछि सेकेन्ड ह्यान्ड मोटरसाइकल किनेका थिए ।
आधा दर्जन बढी गीतबाट चर्चा कमाएका प्रकाशले कार मात्र नभई करिब दुई वर्ष पहिले काठमाडौंमा घर पनि किनिसकेका छन् । कलाकारिताबाटै पनि नेपालमा केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् प्रकाश ।

प्रकाशले हुन्डाई क्रेटा कार सोरुमबाट लिएदेखिको दृश्यलाई भ्लगमार्फत सार्वजनिक समेत गरेका छन् । उनले परिवारका साथ मनाएको खुसीलाई भ्लगमार्फत सार्वजनिक गरेका छन् ।
यद्यपि प्रकाश सपुतले यो गाडी केही महिना पहिले नै किनेका थिए । अहिले उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे पछि उनी र उनको गाडीको चर्चा चुलिएको छ ।
उनले किनेको २०१९ मोडलको सो गाडीको मूल्य तत्कालीन समयमा करिब ४९ लाख रुपैयाँ थियो ।
हुन्डाईले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी आयोनिक ५ को नयाँ फेसलिफ्ट...
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी...
काठमाडौं – हुन्डाई फेस्टिभ डिलाइट २०८० अफरका विजेतालाई पुरस्कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...