२०३० सम्ममा २६ नयाँ मोडल ल्याउने हुन्डाईको तयारी, कुन–कुन आउँदै ?
काठमाडौं–हुन्डाईले २०३० सम्ममा भारतिय बजारका लागि २६ नयाँ मोडेलहरू...
काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा चर्चामा रहेका गायक प्रकाश सपुतले हुन्डाई क्रेटा किनेका छन् । आफुले नयाँ कार किनेको बारे गायक सपुतले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका गायक सपुतले मंगलबार सेतो रङको कारको भ्लगसँगै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पनि लेखेका छन् । उनले कलाकार मात्रै भएर पनि कार चढ्न सकिने बताएका छन् ।
उनले नयाँ कार किनेकोमा खुशी ब्यक्त गर्दै लेखेका छन्, ‘सपना, संघर्ष, सिर्जना, सफलता मेरो ! साथ, सहयोग, शुभेच्छा तपाईहरुको । सपना देख्नेहरुलाई प्रेरणा हुनसक्छ – कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ है । जीवनको पहिलो गाड़ी – हुन्डाई क्रेटा २०१९ ।
प्रकाशका अनुसार झन्डै ९ वर्ष पहिले २०६९ साल जेठ २२ गतेका दिन उनी काठमाडौं आएका थिए । प्रकाशको काठमाडौं आएदेखि गाडी किन्ने इच्छा थियो । त्यसबेला २१ वर्षे अल्लारे उनले मनमनै भविष्यमा गाडी चढ्ने सपना देख्न थाले । जुन सपना अहिले पूरा भएको छ । प्रकाशको यो पहिलो गाडी हो ।
यसभन्दा अघि उनी पल्सर २२० मोटरसाइकल चढ्थे । उनले झन्डै डेढ वर्ष सेकेन्ड ह्यान्ड बाइक चढे । त्योभन्दा अघि प्लेजर स्कुटर चढे । उनले काठमाडौं आएको झन्डै ५ वर्षपछि सेकेन्ड ह्यान्ड मोटरसाइकल किनेका थिए ।
आधा दर्जन बढी गीतबाट चर्चा कमाएका प्रकाशले कार मात्र नभई करिब दुई वर्ष पहिले काठमाडौंमा घर पनि किनिसकेका छन् । कलाकारिताबाटै पनि नेपालमा केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् प्रकाश ।
प्रकाशले हुन्डाई क्रेटा कार सोरुमबाट लिएदेखिको दृश्यलाई भ्लगमार्फत सार्वजनिक समेत गरेका छन् । उनले परिवारका साथ मनाएको खुसीलाई भ्लगमार्फत सार्वजनिक गरेका छन् ।
यद्यपि प्रकाश सपुतले यो गाडी केही महिना पहिले नै किनेका थिए । अहिले उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे पछि उनी र उनको गाडीको चर्चा चुलिएको छ ।
उनले किनेको २०१९ मोडलको सो गाडीको मूल्य तत्कालीन समयमा करिब ४९ लाख रुपैयाँ थियो ।
काठमाडौं–हुन्डाईले २०३० सम्ममा भारतिय बजारका लागि २६ नयाँ मोडेलहरू...
हुन्डाई मोटर्स इन्डियाले यसै बर्षको अन्त्यसम्ममा लन्च गर्ने भनिएको...
एसयूभी सेग्मेन्टमा मार्केट लिडर हुन्डाई क्रेटालाई पछिल्लो समय भित्रिएका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...