गायक कालीप्रसाद बास्कोटाको रोजाइमा एक्सपेङ जी६

काठमाडौं– प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन कालीप्रसाद बास्कोटाले आफ्नो आधुनिक जीवनशैलीको महत्वपूर्ण हिस्साका रूपमा एक्सपेङ जी६ एइलेक्ट्रिक एसयुभी रोजेका छन् । बास्कोटा एक्सपेङ जी६को आधिकारिक ब्रान्ड एन्डोर्सरसमेत बनेका छन् ।

उनको यो छनोट नवप्रवर्तन, बौद्धिकता र भविष्यकेन्द्रित मोबिलिटी प्रतिको साझा दृष्टिकोणको प्रतीकका रूपमा हेरिएको छ । परम्परागत नेपाली संगीतलाई आधुनिक अभिव्यक्तिसँग सफलतापूर्वक जोड्दै आएका बास्कोटा परिवर्तनलाई आत्मसात् गर्दै मौलिक पहिचान जोगाइराख्ने नयाँ पुस्ताका सर्जकको प्रतिनिधि मानिन्छन् । एक्सपेङ जी६ को छनोट पनि यही दर्शनसँग मेल खाने बताइएको छ ।

एक्सपेङको अत्याधुनिक एसईपिए २.० प्लेटफर्म मा निर्माण गरिएको जी६ ले स्लिक कुपे–एसयुभी डिजाइन, इन्टेलिजेन्ट ककपिट र नेक्स्ट–जेनेरेसन प्रविधिमार्फत प्रिमियम इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा फरक पहिचान स्थापित गरेको छ । यो सवारीले व्यावसायिक दैनिकीदेखि व्यक्तिगत यात्रासम्म आत्मविश्वासपूर्ण, परिष्कृत र भविष्य तयार ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

उच्च क्षमताको ब्याट्री र अत्याधुनिक ८०० भोल्ट चार्जिङ आर्किटेक्चर बाट सञ्चालित जी६ ले डब्लुएलटिपी मापदण्डअनुसार एक पटकको पूर्ण चार्जमा ४३५ किलोमिटरसम्मको ड्राइभिङ रेञ्ज प्रदान गर्छ । १९०
किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ४४० एनएम टर्कसहितको यो प्रिमियम इलेक्ट्रिक एसुभीले उत्कृष्ट शक्ति र प्रदर्शन सुनिश्चित गर्ने बताइएको छ ।

डिजिटल ककपिट, ठूलो सेन्ट्रल टचस्क्रिन, भ्वाइस इनेबल्ड कन्ट्रोल तथा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टमले जी६ लाई प्रदर्शन, आराम र प्रविधिको सन्तुलित संयोजन बनाएको छ । साथै, फास्ट चार्जिङ क्षमता र फराकिलो तथा आरामदायी इन्टेरियरले यसलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा नयाँ मापदण्ड स्थापित गर्ने सवारीका रूपमा प्रस्तुत गरेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक कार बिक्रीमा तीव्र प्रतिस्पर्धा, भारतमा कुन कम्पनी कति अगाडि ?

इलेक्ट्रिक कार बिक्रीमा तीव्र प्रतिस्पर्धा, भारतमा कुन कम्पनी कति अगाडि ?

भारतमा इलेक्ट्रिक कारको बिक्री निकै प्रतिस्पर्धात्मक बनिरहेको छ । टाटा...

फक्सवागनले ल्यायो आधुनिक प्रबिधी र रेट्रो लुक्सको इलेक्ट्रिक भ्यान

फक्सवागनले ल्यायो आधुनिक प्रबिधी र रेट्रो लुक्सको इलेक्ट्रिक भ्यान

जर्मन अटो निर्माता फक्सवागनले नयाँ इलेक्ट्रिक भ्यान आइडी बज सार्बजनिक...

विश्वका टप १० फ्युचर रेडी कारको सूची सार्वजनिक : ३ चाइनिज ब्रान्ड, बीवाईडी दोस्रो नम्बरमा

विश्वका टप १० फ्युचर रेडी कारको सूची सार्वजनिक : ३ चाइनिज ब्रान्ड, बीवाईडी दोस्रो नम्बरमा

विश्वका टप १० सबैभन्दा बढी ‘फ्युचर रेडी’ अर्थात भविष्यका लागि तयार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...