आइक्यूब र चेतकसँग प्रतिस्पर्धा गर्न सिम्पल इनर्जीले ल्याउँदै नयाँ इलेक्ट्रिक स्कुटर

सिम्पल इनर्जीले भारतीय बजारमा आफ्नो पोर्टफोलियो विस्तार गर्ने  उद्देश्यका साथ नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले आगामी सेप्टेम्बर २ मा सिम्पल अराइभ नामको नयाँ स्कुटर लन्च गर्ने घोषणा गरेको छ । यद्यपि कम्पनीले अहिलेसम्म यसको प्राविधिक जानकारी सार्वजनिक गरेको छैन ।

सिम्पल अराइभ कम्पनीको सिम्पल वानभन्दा केही फरक देखिने अपेक्षा गरिएको छ। सिम्पल वानको डिजाइन शार्प र स्पोर्टी शैलीमा आधारित छ, नयाँ अराइभमा भने सरल, आकर्षक र दैनिक प्रयोगलाई प्राथमिकता दिइएको छ। यसको बाहिरी बनावट पनि निकै आकर्षक रहेको छ ।

यसमा डिजिटल टीएफटी डिस्प्ले, सानो स्टोरेज क्युबी, अगाडिको भागमा एलईडी हेडलाइट, पछाडि पातलो एलईडी टेललाइट, युएसबी चार्जिङ पोर्ट, स्मार्टफोनबाट टाढैबाट नियन्त्रण गर्ने सुविधा, मोबाइल एपमार्फत सवारीको विवरण हेर्ने व्यवस्था, रिमोट अलर्ट र ओभर द एयर सफ्टवेयर अपडेट जस्ता फिचर समावेश हुन सक्ने अनुमान गरिएको छ । साथै यसको टप भेरिएन्टमा अझ ठुलो डिजिटल स्क्रिन पनि उपलब्ध गराइने सम्भावना छ।

यसको पछाडि दुईवटा शक अब्जर्बर, अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक हुने अपेक्षा गरिएको छ। साथै, लामो र फराकिलो एकल सिट, पातलो ग्र्याब रेल र समतल फ्लोरबोर्डले यात्रुलाई थप आरामदायी अनुभव दिने विश्वास गरिएको छ।

नयाँ स्कुटरमा ४.५ किलोवाट आवर र ५ किलोवाट आवर क्षमताका ब्याट्री विकल्प उपलब्ध हुने अनुमान छ। साथै कम्पनीले यसमा सिम्पल वान एसमा प्रयोग गरिएको ३.७ किलोवाट आवर ब्याट्री विकल्प पनि समावेश गर्न सक्ने अनुमान गरिएको छ। यसको प्रोटोटाइपमा अगाडि र पछाडि १२ इन्चका कालो अलोय ह्विल प्रयोग गरिएको देखिएको छ ।

कम्पनीले सो स्कुटर सन् २०२६ को दोस्रो त्रैमासिकमा बिक्रीका लागि उपलब्ध गराउने तयारी गरेको छ। यसको अनुमानित मूल्य करिब १ लाख भारु हुने अपेक्षा गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...