काठमाडौं–पोखरा र काठमाडौं-सुनौली रुटमा सोफासहितको पर्यटक बस सेवा सुरू
काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौं–पोखरा र...
सिद्धार्थ राजमार्ग अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गबाट दसैंसम्म गाडी गुड्ने भएको छ । हाल परियोजनाको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ५१ प्रतिशत पुरा भएको जनाइएको छ ।
अहिले सुरुङको भित्री भागका भुइँ ढलान, भित्तो लेपनको लगायत काम सम्पन्न भइसकेको छ भने तीन वटै बाइपासको काम एकसाथ भइरहेको छ ।
उक्त सुरुङ मार्गको लाइनिङ सम्बन्धी काम कुल १५२० मिटर सम्पन्न भएको छ । यहाँ इन्भर्ट (भुइँको ढलान कार्य)पनि सकिएको छ भने दुवै किनारमा नालीको बेस पनि निर्माण गरिएको छ ।
सुरुङभित्र सडक निर्माणको काम आगामी साउन अन्तिममा सकिनेगरी काम भइरहेको छ । बाहिरका अन्य काम पूरा गरेर आगामी दसैँसम्म गाडी गुडाउन मिल्ने बनाउने लक्ष्य लिइएको छ ।
यो आयोजना निर्माणका लागि चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीइसी)सँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा २०८३ चैत सम्म काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।
दुई लेनको मुख्य सुरुङ मार्ग १ हजार १२६ मिटर लम्बाइको हुनेछ भने चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहनेछ । सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा क्षेत्र सवारी साधनमा यात्रा गर्नका लागि सधैँ जोखिमपूर्ण मानिन्छ ।
काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौं–पोखरा र...
काठमाडौं–भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधवप्रसाद चौलागाईंले...
म्याग्दी – भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...