दशैंमा रेसिङ मुड : ताइवानको सर्किटमा बाइक कुदाउने तयारीमा श्रीहरी

देश दशैं मुडमा छ । नेपालीहरुको महान चाड मानिने दशैंको समयमा सबै आफ्नो काम थाती राखेर परिवारसँग रमाइरहेका छन् । देश विदेशमा रहेका आफन्तहरु एकै स्थानमा भेटघाट गर्ने चलन अनुसार सके सम्म आफन्तसँग भेटघाट गर्ने, रमाउने र आशिर्वाद लिने गरिन्छ । दशैंको लहर जताततै चलेको छ ।

तर यही समयमा सबै कुरा थाती राखेर राइडर श्रीहरी पौडेल भने ताइवान पुगेका छन् । ताइवानमा आयोजना हुने एसिया कप अफ सर्किट रेसिङमा नेपालको तर्फबाट भाग लिन उनी त्यहाँ पुगेका छन् । अक्टोबर १२ र १३ अर्थात भोलि र पर्सी ताइचुङ सिटीको लिपाओ इन्टरनेसनल कार्टिङ सर्किटमा आयोजना हुने सो रेसिङ प्रतियोगितामा १० देशका १३ राइडरहरुले भाग लिने छन् । उनका साथमा म्यानेजरको रुपमा विनोद तण्डुकार समेत पुगेका छन् ।

मोटरसाइकलको अन्तर्राष्ट्रिय संगठन फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिजम (एफआईएम) एसिया द्वारा आयोजित राउन्ड टु अन्तर्गत आयोजना हुने सो रेसिङ प्रतियोगितामा राइडरहरुले सो सर्किटमा बाइक कुदाउने छन् । राउन्ड थ्री यसै वर्ष फिलिपिन्समा आयोजना हुनेछ । ताइवानमा हुने पर्फमेन्सको आधारमा राउन्ड थ्रीमा खेलाडी सहभागी हुनेछन् ।

२७ वर्षिय राइडर श्रीहरी पौडेलले यामाहा वाईजेडएफ आर१५ बाइक कुदाउन रुचाउछन् । यो भन्दा पहिले पनि उनले राष्ट्रिय अन्तर्राष्ट्रिय धेरै प्रतियोगितामा भाग लिएर विजयी समेत बनेका छन् ।

केही दिन पहिले पोखरामा सम्पन्न नेपाल रोड रेसिङ च्याम्पियनसिपको राउन्ड थ्री अन्तर्गत नेसनल क्याटागोरीमा उनले पहिलो स्थान हासिल गरेका थिए । यो भन्दा पहिले गत फागुन महिनामा ललितपुरको सातदोबाटोमा सम्पन्न प्रतियोगितामा पनि उनले पहिलो स्थान हासिल गरेका थिए ।

यी वाहेक उनले अन्य विभिन्न प्रतियोगितामा समेत विभिन्न स्थान हासिल गरेका छन् । उनले इन्डियन नेसनल मोटरसाइकल रेसिङ च्याम्पियनसिपमा समेत भाग लिएका थिए । उनी सन् २०२२ मा भारतको बैंग्लोरस्थित अर्वानी ग्रिडमा समेत ट्रेनिङ एन्ड ट्रयाक सेसनमा सहभागी भएका थिए ।

राइडर श्रीहरी पौडेल विभिन्न राइडिङ एकेडेमीमा ट्रेनर समेत रहेका छन् । उनलाई नेपालमा एइरो हेल्मेट, न्यु हाई टेक अटो सेन्टर, मोटो वर्ल्ड नेपाल, डीएनए फिल्टर्स नेपाल, म्याक्सिस टायर, निर्वाना लेजर सेन्टर आदिले प्रायोजन समेत गरेका छन् ।

रेसिङको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि एफआईएम जेनेभाले लाइसेन्स प्रदान गर्छ । यसका लागि वार्षिक रुपमा करिव २५ हजार देखि दुई लाख रुपैयाँ सम्म लाइसेन्स शुल्क तिर्नुपर्छ । नेपालमा हुने नेसनल र नोभिस क्याटागोरीको लाइसेन्स भने नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले प्रदान गर्छ ।

नेपालमा नेसनल लेभलका करिव एक सय र अन्तर्राष्ट्रिय लेभलका करिव एक दर्जन लाइसेन्स होल्डर राइडर भएको अनुमान छ ।

नासा टु ह्विलर कमिसनको निर्णय अनुसार पौडेललाई प्रतियोगितामा भाग लिन पठाइएको संयोजक अनिल बरालले बताए । उनले प्रतियोगितामा सफलतापूर्वक भाग लिन र विजयी भएर नेपालको शान राख्नका लागि शुभकामना समेत प्रदान गरे ।

राइडर श्रीहरी पौडेल र म्यानेजर विनोद तण्डुकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नासा नेपालको तर्फबाट विदाई समेत गरिएको थियो ।

सम्बन्धित समाचारहरू

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५, टोलदेखि ट्रयाकसम्मको हाईवे

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५, टोलदेखि ट्रयाकसम्मको हाईवे

बागमती प्रदेश खेलकुद विकास परिषदमा दर्ता भई नेपाल अटोमोबाइल्स एसोसिएसन...

एफआईए अध्यक्षमा सुलेयाम निर्वाचित : वर्ल्ड काउन्सिलमा नेपालको तर्फबाट पनि प्रतिनिधित्व

एफआईए अध्यक्षमा सुलेयाम निर्वाचित : वर्ल्ड काउन्सिलमा नेपालको तर्फबाट पनि प्रतिनिधित्व

विश्वकै एकमात्र अटोमोवाइल संगठन फेडेरेसन इन्टरनेसनल डेल अटोमोवाइल (FIA) को...

आइतबार नेपालमा समेत दुर्घटना पीडितहरुको सम्झनामा विश्व स्मरण दिवस मनाइने

आइतबार नेपालमा समेत दुर्घटना पीडितहरुको सम्झनामा विश्व स्मरण दिवस मनाइने

काठमाडौं – आगामी आइतबार कात्तिक ३० अर्थात नोभेम्बर महिनाको तेस्रो आइतबार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...