सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरिय कार्यक्रम लेखनाथमा सम्पन्न, बन्यो १० सदस्यीय कार्यसमूह
पोखरा – भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ‘नेसनल रोड...
देश दशैं मुडमा छ । नेपालीहरुको महान चाड मानिने दशैंको समयमा सबै आफ्नो काम थाती राखेर परिवारसँग रमाइरहेका छन् । देश विदेशमा रहेका आफन्तहरु एकै स्थानमा भेटघाट गर्ने चलन अनुसार सके सम्म आफन्तसँग भेटघाट गर्ने, रमाउने र आशिर्वाद लिने गरिन्छ । दशैंको लहर जताततै चलेको छ ।
तर यही समयमा सबै कुरा थाती राखेर राइडर श्रीहरी पौडेल भने ताइवान पुगेका छन् । ताइवानमा आयोजना हुने एसिया कप अफ सर्किट रेसिङमा नेपालको तर्फबाट भाग लिन उनी त्यहाँ पुगेका छन् । अक्टोबर १२ र १३ अर्थात भोलि र पर्सी ताइचुङ सिटीको लिपाओ इन्टरनेसनल कार्टिङ सर्किटमा आयोजना हुने सो रेसिङ प्रतियोगितामा १० देशका १३ राइडरहरुले भाग लिने छन् । उनका साथमा म्यानेजरको रुपमा विनोद तण्डुकार समेत पुगेका छन् ।
मोटरसाइकलको अन्तर्राष्ट्रिय संगठन फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिजम (एफआईएम) एसिया द्वारा आयोजित राउन्ड टु अन्तर्गत आयोजना हुने सो रेसिङ प्रतियोगितामा राइडरहरुले सो सर्किटमा बाइक कुदाउने छन् । राउन्ड थ्री यसै वर्ष फिलिपिन्समा आयोजना हुनेछ । ताइवानमा हुने पर्फमेन्सको आधारमा राउन्ड थ्रीमा खेलाडी सहभागी हुनेछन् ।
२७ वर्षिय राइडर श्रीहरी पौडेलले यामाहा वाईजेडएफ आर१५ बाइक कुदाउन रुचाउछन् । यो भन्दा पहिले पनि उनले राष्ट्रिय अन्तर्राष्ट्रिय धेरै प्रतियोगितामा भाग लिएर विजयी समेत बनेका छन् ।
केही दिन पहिले पोखरामा सम्पन्न नेपाल रोड रेसिङ च्याम्पियनसिपको राउन्ड थ्री अन्तर्गत नेसनल क्याटागोरीमा उनले पहिलो स्थान हासिल गरेका थिए । यो भन्दा पहिले गत फागुन महिनामा ललितपुरको सातदोबाटोमा सम्पन्न प्रतियोगितामा पनि उनले पहिलो स्थान हासिल गरेका थिए ।
यी वाहेक उनले अन्य विभिन्न प्रतियोगितामा समेत विभिन्न स्थान हासिल गरेका छन् । उनले इन्डियन नेसनल मोटरसाइकल रेसिङ च्याम्पियनसिपमा समेत भाग लिएका थिए । उनी सन् २०२२ मा भारतको बैंग्लोरस्थित अर्वानी ग्रिडमा समेत ट्रेनिङ एन्ड ट्रयाक सेसनमा सहभागी भएका थिए ।
राइडर श्रीहरी पौडेल विभिन्न राइडिङ एकेडेमीमा ट्रेनर समेत रहेका छन् । उनलाई नेपालमा एइरो हेल्मेट, न्यु हाई टेक अटो सेन्टर, मोटो वर्ल्ड नेपाल, डीएनए फिल्टर्स नेपाल, म्याक्सिस टायर, निर्वाना लेजर सेन्टर आदिले प्रायोजन समेत गरेका छन् ।
रेसिङको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि एफआईएम जेनेभाले लाइसेन्स प्रदान गर्छ । यसका लागि वार्षिक रुपमा करिव २५ हजार देखि दुई लाख रुपैयाँ सम्म लाइसेन्स शुल्क तिर्नुपर्छ । नेपालमा हुने नेसनल र नोभिस क्याटागोरीको लाइसेन्स भने नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले प्रदान गर्छ ।
नेपालमा नेसनल लेभलका करिव एक सय र अन्तर्राष्ट्रिय लेभलका करिव एक दर्जन लाइसेन्स होल्डर राइडर भएको अनुमान छ ।
नासा टु ह्विलर कमिसनको निर्णय अनुसार पौडेललाई प्रतियोगितामा भाग लिन पठाइएको संयोजक अनिल बरालले बताए । उनले प्रतियोगितामा सफलतापूर्वक भाग लिन र विजयी भएर नेपालको शान राख्नका लागि शुभकामना समेत प्रदान गरे ।
राइडर श्रीहरी पौडेल र म्यानेजर विनोद तण्डुकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नासा नेपालको तर्फबाट विदाई समेत गरिएको थियो ।
पोखरा – भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ‘नेसनल रोड...
काठमाडौं – ट्रान्स हिमालय एडभेन्चरको पहिलो संस्करण आगामी चैत १९ गतेदेखि...
काठमाडौं – कोभिड–१९ संक्रमणमा बिरामी ओसारपसारमा संलग्न एम्बुलेन्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...