नाइमामा लन्च भयो फरथिङ फ्राइडे ईभी, मूल्य कति ?
काठमाडौं – आज देखि प्रारम्भ भएको नाइमा नेपाल मोबिलिटी एक्सपोमा नयाँ ईभी...
सवारी साधन उत्पादन र आयात गर्ने व्यवसायी मिलेर हालै गठन गरिएको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले साउन २१ देखि २६ गतेसम्म पहिलो नाइमा नेपाल मोबिलिटी एक्सपो आयोजना गर्दैछ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने यस एक्सपोलाई भव्य बनाउन नाइमाले आफ्नो तयारी समेत थालिसकेको छ ।
यसै सन्दर्भमा हामीले नेपाल मोबिलिटी एक्सपो २०२५ का संयोजक शिरिस कुमार मुरारकासँग विविध विषयमा कुरा गरेका छौ । प्रस्तुत छ मुरारकासँग गरिएको एक्सपो केन्द्रित कुराकानीको सारसंक्षेप :
पहिलोपटक आयोजना हुन लागेको नेपाल मोबिलिटी एक्सपोको तयारी कहाँ पुग्यो ?
हामीले एक्सपोमा सहभागी हुने ब्रान्डको टुंगो लगाएर स्टल बाँडफाँटसम्मको कार्य सम्पन्न गरिसकेका छौ । बाँकी तयारी रफ्तारमा अघि बढिरहेको छ । टु ह्विलर र फोर ह्विलर आयात तथा उत्पादन गर्ने कम्पनी आबद्ध संस्थाले आयोजना गर्ने यस एक्सपोमा पनि यी सेग्मेन्टकै सवारी साधन राखिनेछन् ।
मेलामा ४ पाङ्ग्रे, २ पाङ्ग्रे र कमर्सियल गरी कुल ५० ब्रान्ड सहभागी हुनेछन् । यी ब्रान्डका लागि ४८ वटा स्टल छुट्टाइएकोमा २१ वटा ४ पाङ्ग्रे, १८ वटा २ पाङ्ग्रे र ९ वटा कमर्सियल गाडीका ब्रान्ड हुनेछन् । नेपालको अटोमोबाइल उद्योगका प्रमुख ब्रान्डहरुको सहभागिता रहने यस एक्सपोमा व्यवसायीले आफ्नो सवारीसाधनको सोकेस आकर्षक तवरले गर्न सक्नेछन् ।
एक्सपोमा दर्शक र व्यवसायीले के नयाँपन अनुभव गर्न पाउनेछन् ?
नेपालमा यसअघि आयोजना भएका अटो एक्सपोको तुलनामा हामीले नेपाल मोबिलिटी एक्सपोलाई अलग्गै थिममा सम्पन्न गर्न लागेको छौ । पहिलो कुरा त हाम्रो यो एक्सपो टु ह्विलर र फोर ह्विलरको मात्रै इभेन्ट भएका कारण दर्शकले आफ्नो रुचि अनुसार अवलोकन गर्न पाउनेछन् । अर्कोतर्फ, हामीले हरेक ब्रान्डका लागि ठूलो र पर्याप्त स्पेस दिएका छौ । जसकारण, व्यवसायीले आफ्नो ब्रान्डलाई आनन्दले सोकेस गर्न सक्नेछन् ।
यसअघि भएका अटो शोबाट सिकेर हामीले मोबिलिटी एक्सपोलाई थप व्यवस्थित गर्न खोजेका छौ । दर्शकलाई इन्ट्री देखि एक्जिटसम्म सजिलो होस भनेर सक्दो व्यवस्था मिलाएका छौ ।
नेपाल मोबिलिटी एक्सपो पनि यसअघि हुने अटो शो जस्तै सवारीसाधनको बिक्रीमा केन्द्रित रहने सम्भावना कत्तिको छ ?
अटो एक्सपो भनेपछि सवारी साधनको खरिद बिक्री पनि जोडिएर आइहाल्छ नै । बिदेशमा हुने एक्सपोमा पनि यति सवारी साधन बुकिङ भयो भनेर हामीले सुन्ने गरेकै हो । यद्यपि हामी सवारी बिक्रीमा मात्र केन्द्रित नभई नयाँ प्रविधिको सोकेस र नीतिगत विषयमा छलफल समेत चलाउने तयारीमा छौ । ब्रान्ड अनुसार सबैले आ–आफ्नो तर्फबाट नयाँ प्रविधिलाई सोकेस गर्ने प्रयास गरिरहेका छन् । ट्राफिकसँग मिलेर रोड सेफ्टी र नीतिगत विषयमा विभिन्न छलफल कार्यक्रम समेत आयोजना गर्ने योजना छ ।
नेपाल मोबिलिटी एक्सपोमा नयाँ सवारीसाधन लन्च गर्ने धेरै ब्रान्डको तयारी छ । तर हालै आएको रसुवा बाढीका कारण ती गाडी समयमै आउन समस्या हुने देखिन्छ । यस विषयमा के भन्नुहुन्छ ?
रसुवा बाढीले समस्या बढाएको भएपनि नयाँ कार ल्याउन नपाएर एक्सपो नै खल्लो भने हुनेछैन । हामीले रसुवा भन्सारबाट आउने गाडीलाई तातोपानी भन्सारमा डाइभर्ट गरेर ल्याउन भन्सार कार्यालयसँग समन्वय गरिरहेका छौं । भन्सार नाकामा समस्या भएमा जहाजमार्फत भारत हुँदै भएपनि गाडी समयमै आइपुग्ने र एक्सपोमा सोकेस गरिनेछ । त्यसपछि भनेको डेलिभरीका लागि समय हुने भएका कारण त्यति बेलासम्म केही न केही व्यवस्था भैहाल्छ । गाह्रो छ तर असम्भव भने छैन ।
एक्सपोलाई कति दर्शकले अवलोकन गर्ने र कति सवारी बिक्री हुने अनुमान गर्नु भएको छ ?
हामीले त्यस्तो कुनै अनुमान लगाएका छैनौ । पहिलोपटक आयोजना गर्न लागेका कारण हाम्रा पनि केही कमी कमजोरी देखिएलान् । ती कमी कमजोरीलाई सुधार गर्दै आगामी एक्सपोलाई झनै भव्य बनाउने हाम्रो सोच छ । हामी एक्सपोमा धेरैभन्दा धेरै दर्शक आइदिउन् भन्ने चाहन्छौ । उहाँहरुको सुबिधाका लागि व्यवस्थित पार्किङ र फुड कोर्टको समेत व्यवस्था मिलाएका छौ ।
अर्को कुरा, मेला स्थलबाटै कम्पनीहरुले दर्शै÷तिहार लक्षित अफर सार्वजनिक समेत गर्ने भएका कारण यसले पनि दर्शकलाई एक्सपोमा आकर्षित गर्ने नै छ । एकै थलोमा आएर नयाँ गाडीको अनुभव गर्न पाइने, आफूलाई मन परेको गाडी किन्न पाइने र नयाँ प्रविधिका बारेमा जानकारी समेत लिन पाइने कारण धेरै दर्शक आउने हाम्रो बुझाई छ ।
राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिका विषयमा तपाइको प्रतिक्रिया के छ ?
मौद्रिक नीतिले सबै क्षेत्रलाई समेट्न खोजे पनि अटोमोबाइल क्षेत्रलाई भने पुरै वेवस्ता ग¥यो । बैंकसँग लगानी योग्य पुँजी पर्याप्त भएका कारण हामीले अटो कर्जामा केही लचिलो बन्न आग्रह गरेका थियौं । तर राष्ट्र बैंकले सुनेन । हायर पर्चेजमा ८० प्रतिशतसम्म कर्जा दिने व्यवस्था गरिदिएको भए यस क्षेत्रले अझै गति लिने थियो भन्ने हाम्रो बुझाई हो ।
काठमाडौं – आज देखि प्रारम्भ भएको नाइमा नेपाल मोबिलिटी एक्सपोमा नयाँ ईभी...
काठमाडौं– नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसाेसिएसन...
काठमाडौं–नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...