नाइमा मोबिलिटी एक्सपोको स्टल बुकिङ खुला, जेठ १९ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं–नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स...
काठमाडौँ–नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म (अगस्ट ११ देखि १६ सम्म) राजधानीको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना हुने भएको छ ।
नेपालको अटोमोबाइल क्षेत्रकै सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको यस प्रदर्शनीबारे जानकारी दिन आज आयोजित विशेष पत्रकार सम्मेलन मा सो कुराको जानकारी गराइएको हो ।
यस वर्षको एक्स्पोमा ४० भन्दा बढी नयाँ सवारीसाधन र आधुनिक प्रविधिहरू सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले उद्योग क्षेत्रबाट प्राप्त भएको उत्साहजनक सहभागिताले नाइमा नेपाल मोबिलिटी एक्स्पोको महत्त्वलाई प्रस्ट पारेको बताइन । ‘हाम्रो दृष्टिकोण यस एक्स्पोलाई केवल गाडीहरूको प्रदर्शनी मात्र नबनाई, नेपालमा आधुनिक, दिगो र सर्वसुलभ मोबिलिटी प्रवद्र्धन गर्ने एउटा साझा मञ्चका रूपमा विकास गर्नु हो’ उनले भनिन् ।
त्यस्तै, नाइमा नेपाल मोबिलिटी एक्स्पो प्लानिङ कमिटीका संयोजक गौरव शारडाले उद्योगीहरूको बलियो आत्मविश्वास र सहभागिताले यस एक्स्पोलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको भव्य र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
नेपाली अटोमोबाइल बजारलाई थप चलायमान र गतिशील बनाउने अपेक्षा गरिएको यस एक्स्पोले उपभोक्ताहरूलाई एउटै छानामुनि भविष्यको प्रविधि र नयाँ गाडीहरू नजिकबाट नियाल्ने उत्कृष्ट अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।
प्रदर्शनीका मुख्य आकर्षणहरू
एक्स्पोमा नेपालका प्रमुख चारपाङ्ग्रे, दुईपाङ्ग्रे र कमर्सियल गाडी उत्पादक तथा वितरक गरी कुल ५५ वटा ब्रान्डहरूको सहभागिता रहनेछ । गोलाप्रथामार्फत स्टलहरूको बाँडफाँड समेत सम्पन्न भइसकेको छ ।
प्रदर्शनीमा २६ वटा स्टल चारपाङ्ग्रे ब्रान्डका लागि र २३ वटा स्टल दुईपाङ्ग्रे तथा कमर्सियल सवारी साधनका लागि सुरक्षित गरिएको छ । वातावरणमैत्री, आधुनिक र दिगो यातायातका साधनहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस पटक पनि विभिन्न ब्रान्डका अत्याधुनिक विद्युतीय सवारी साधनहरू मुख्य आकर्षणका रूपमा रहनेछन् ।
उपभोक्ता, व्यवसायी र सरोकारवालाहरूलाई नेपालको मोबिलिटी क्षेत्रको भविष्य बुझ्न सहज होस् भन्ने उद्देश्यले एक्स्पोसँगै विभिन्न ज्ञानमूलक सत्रहरू समेत सञ्चालन गरिनेछ ।
यी ब्रान्ड हूँदैछन् सहभागी
एक्स्पोमा बीवाईडी, हुन्डाई, टाटा, ओमोडा÷जेको, सिट्रोन, डेन्जा, फरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स र एमजी (पारामाउन्ट मोटर्स) सहभागि हुँदैछन् ।
त्यस्तै, निसान, महिन्द्रा, आइकार, प्रोटोन, केई, किया, लीपमोटर, मेक्सस्, एमजी (जीओ अटोमोबाइल), आरफक्स, बीएआइसी, हेनरी बोमा, प्यूजो, टोयोटा, विलिङ, जिकर सहभागी हुनेछन् । साथै, लाइट कमर्शियलतर्फ चेरी वान्डा, क्यारी, किटोन र स्काइवर्थ ब्राण्डको सहभागिता रहने छ ।
दुईपाङ्ग्रे ब्राण्डमा होन्डा, बजाज, हिरो, टीभीएस, रोयल इनफिल्ड, केटीएम, सुजुकी, ट्रायम्फ, एथर, सीएफ मोटो, जिहो, ग्यारो, क्यारन, मोर्बिडेली, एनआइयु, प्यूजो एण्ड बेगुस, याडिया, जेडएक्स मोटो र अल्ट्राभोइलेट सहभागि हुँदैछन् ।
काठमाडौं–नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स...
काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स...
काठमाडौं–चेतक ईभीले नाइमा मोबिलिटी एक्सपाे’ २०२५ मा आफ्नो आधिकारिक एन्थम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...