नाइमाद्वारा मासिक मोबिलिटी संवादको नवौँ श्रृङ्खला सम्पन्न
काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...
काठमाडौं - नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्सपोे २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ।
नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्सपोे आगामी २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। एक्सपोेमा सहभागी चारपांग्रे, दुईपांग्रे तथा कमर्सियल सवारी साधन क्षेत्रका ४९ ब्रान्डका लागि पूर्वनिर्धारित तथा पारदर्शी चिठ्ठा प्रक्रियामार्फत कुल ४९ वटा स्टल बाँडफाँड गरिएको नाइमाको भनाइ छ, जसमध्ये २६ वटा स्टल चारपांग्रे सवारी साधन ब्रान्डहरूलाई तथा २३ वटा स्टल दुईपांग्रे र व्यावसायिक सवारी साधन ब्रान्डहरूलाई प्रदान गरिएको हो।
स्टल बाँडफाँड कार्यक्रममा बोल्दै नाइमा अध्यक्ष रितु सिंह वैद्यले देशकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा स्थापित हुँदै गएको नाइमा नेपाल मोबिलिटी एक्सपोेप्रति उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिताले यसको महत्व थप पुष्टि गरेको बताइन्। उनले एक्सपोेलाई केवल प्रदर्शनीमा सीमित नराखी नेपालमा आधुनिक, दिगो र सर्वसुलभ गतिशीलता प्रवद्र्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने नाइमाको उद्देश्य रहेको उल्लेख गरिन् ।
उनले प्रारम्भिक चरणका सबै स्टल सुनिश्चित भइसकेको जानकारी दिँदै निर्धारित समयसीमा समाप्त भइसकेपछि पनि केही कम्पनीहरूबाट सहभागिताका लागि अनुरोध प्राप्त भइरहेको र उपलब्ध स्थान तथा सम्भावनाको मूल्याङ्कन गरी विशेषगरी नाइमा सदस्य कम्पनीहरूलाई प्राथमिकतामा राखेर यस्ता अनुरोधहरू सम्बोधन गर्ने प्रयास गरिने जानकारी दिइन् ।
नाइमा नेपाल मोबिलिटी एक्सपोे योजना समितिका अध्यक्ष गौरव शारडाले ४९ ब्रान्डको सहभागितासहित स्टल बाँडफाँड सम्पन्न हुनु प्रदर्शनीप्रति उद्योग क्षेत्रको विश्वास, उत्साह र बढ्दो आकर्षणको प्रतिविम्ब भएको बताए। उनले उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिता र सहयोगले नाइमा नेपाल मोबिलिटी एक्सपोे २०२६ लाई नेपालकै सबैभन्दा ठूलो तथा प्रभावशाली मोबिलिटी प्रदर्शनीका रूपमा स्थापित गर्दै विश्वस्तरीय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको प्रदर्शनी अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे ।
नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलालले स्टल बाँडफाँड प्रक्रिया पूर्ण रूपमा पारदर्शी, निष्पक्ष तथा पूर्वनिर्धारित मापदण्डअनुसार सम्पन्न गरिएको बताए । उनले नेपालका प्रायः सबै प्रमुख सवारी साधन ब्रान्डहरूको सहभागिता रहेको एक्सपोेको तयारी सहभागी सवारी साधन ब्रान्डहरू, साझेदार संस्था तथा अन्य सरोकारवालासँगको सहकार्यमा व्यवस्थित तथा उच्च मापदण्डअनुरूप अघि बढिरहेको जानकारी दिए ।
नाइमा नेपाल मोबिलिटी एक्सपोमा चारपांग्रे सवारी साधन ब्रान्डहरु आर्कफोक्स, बीएआईसी, बीवाईडी, सिट्रोन, डेन्जा, फर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स, होन्री बोमा, हुन्डाई, आईकार, केई, किया, लिपमोटर, महिन्द्रा, म्याक्सस, एमजी–जीओ अटोमोबाइल्स, एमजी–पारामाउन्ट मोटर्स, निसान, ओमोडा एन्ड जेइको, प्युजो, प्रोटोन, टाटा, टोयोटा, वुलिङ र जिकरको सहभागिता रहने छ ।
त्यसैगरी दुईपांग्रे सवारी साधन ब्रान्डहरु एथर, बजाज, सीएफमोटो÷जिहो, ग्यारो, होन्डा, केरेन, केटीएम, मोर्बिडेली, एनआईयू, प्युजो एन्ड बिगस, रोयल इन्फिल्ड, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभायोलेट, याडिया र जेडएक्स मोटो÷सीएक्स मोटरसाइकलको सहभागिता रहने छ ।
त्यसैगरी कमर्सियल सवारी साधनमा चेरी वान्डा, कारी, किटोन र स्काईवर्थको सहभागिता रहने छ ।
नाइमा नेपाल मोबिलिटी एक्सपोे २०२६ मा सवारी साधन, मोबिलिटी समाधान, प्रविधि तथा नवप्रवर्तनका नवीनतम प्रवृत्तिहरू प्रदर्शन गरिनेछन्। एक्सपोेमा अग्रणी ब्रान्डहरूको सहभागिता, नयाँ उत्पादन सार्वजनिकरण, अत्याधुनिक प्रविधिको प्रदर्शन तथा समानान्तर ज्ञानमूलक सत्रहरू समावेश हुनेछन्। यसले उपभोक्ता, व्यवसायी तथा उद्योगका सरोकारवालाहरूलाई एकै स्थानमा जोड्दै नेपालको मोबिलिटी क्षेत्रको भविष्यलाई नजिकबाट चिन्ने अवसर प्रदान गर्ने बताइएको छ ।
नाइमा नेपाल मोबिलिटी तथा अटोमोबाइल क्षेत्रको प्रतिनिधि संस्था हो, जसले ‘मोबिलिटी फर अल’ को अवधारणालाई अघि बढाउँदै उद्योग विकास, नवप्रवर्तन प्रवद्र्धन तथा नीतिगत सहकार्यका लागि साझा मञ्चका रूपमा कार्य गर्दै आएको छ।
प्रदर्शनीको समग्र व्यवस्थापन मिडिया स्पेस सोलुसन्स (एमएसएस) ले गर्नेछ भने डिजिटल सोलुसन्स डजिटल मिडिया साझेदार र प्रोफिट मिडिया नाइमा मोबिलिटी पब्लिकेसन्स साझेदारका रूपमा आबद्ध रहनेछन् ।
काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (नाइमा) र...
काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...