आयो शिखर अटो प्लस बिमा योजना, गाडी बिमा गर्दा तीन प्रकारका सुविधा पाइने

काठमाडौं – शिखर इन्स्योरेन्सले ‘शिखर अटो प्लस बिमा योजना’ सार्वजनिक गरेको छ। एक कार्यक्रमका बीच बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले शिखर इन्स्योरेन्स कम्पनीले औपचारिक रूपमा बिक्री सुरू गरेको अटो प्लस बिमा योजना शुभारम्भ गरे ।

कम्पनीका संचालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र नेपाल पुनर्बिमा कम्पनीका डेपुटी सीईओ दामोदर भण्डारीको उपस्थितिमा नयाँ अटो प्लस बिमा योजना सार्वजनिक गरिएको हो ।

शिखर अटो प्लस बिमा योजनामा दुर्घटनामा हुने ह्रासकट्टी फिर्ता, मर्मतको समयमा ट्याक्सी खर्च र पूर्ण क्षतिमा नयाँ सवारी साधन दिने सुबिधा समावेश भएको कम्पनीका सीईओ दीप प्रकाश पाण्डेले जानकारी दिए ।

कुनै पनि सवारी साधन दुर्घटना भएमा बिमावापत पाउनु पर्ने क्षतिपूर्ति नपाउने गरेको गुनासोलाई सम्बोधन गर्नका लागि शिखर अटो प्लस बिमा योजना सहयोगी हुने बताइएको छ । यसले गर्दा पुरानो गाडीमा हुने ह्रासकट्टीवापत जाने पैसाको बचत हुने, सवारी साधन नभएको अवस्थामा गाडी भाडावापत लाग्ने खर्च उपलब्ध हुने र नयाँ गाडी किन्नका लागि पनि प्रशस्तै पैसा उपलब्ध हुनेृ बताइएको छ । नेपालको सवारी बिमामा यो नौलो योजना भएको र यसले ग्राहकलाई धेरै नै आकर्षण गर्ने पाण्डेले बताए । योजना अन्तर्गत १० वर्ष सम्म पुराना गाडीको बिमा गर्न सकिने छ ।

नेपालको निर्जीवन बिमा मध्ये करिव ५५ प्रतिशत मोटर बिमाको हिस्सा भएको बताइएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...