चितवनमा अब शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनको डीसी फास्ट चार्जिङ स्टेसन

दिगो भविष्यको लागि वातानुकुलित यातायात प्रविधि विस्तार गर्न शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले कुरिन्टारमा डीसी फास्ट चार्जिङ नेटवर्कको उदघाटन गरेको छ ।

काठमाडौं – नेपाली बजारमा निसान, ओमोडा एन्ड जेइको, जिकर, लिपमोटर, सिट्रोन र पुज्यो गाडीको वितरक रहेको शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले चितवन चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्टमा डीसी फास्ट चार्जिङ स्टेसन नेटवर्कको औपचारिक उदघाटन कार्यक्रम सम्पन्न गरेको छ ।

सो परियोजनाले यी ब्रान्डका ग्राहक तथा चालकहरूलाई दिगो र वातानुकुलित प्रविधिमा र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

शारडा ग्रुपका आफ्टर–सेल्स महाप्रबन्धक कृष्ण प्रसाद पोखरेल र सिद्धार्थ हस्पिटालिटीका महाप्रबन्धक किरण रिमालद्वारा औपचारिक रूपमा चार्जिङ स्टेसनको उदघाटन गरिएको हो । गत बिहीबार सम्पन्न उदघाटन कार्यक्रममा शून्य कार्वन उत्सर्जनको लक्ष्य हासिल गर्न र नेपालमा दिगो यातायात प्रविधिको प्रयोग प्रवर्द्धनको गर्न पूर्वाधार विकासको भूमिका र महत्वलाई जोड दिइएको थियो । रिबन कटाई तथा ग्राहकहरुका लागि दिगो यातायात प्रविधिको भविष्य विषयक छलफल कार्यक्रम सहित कार्यक्रमको समापन भएको थियो ।

सो नयाँ चार्जिङ स्टेसनले दिगो प्रविधिमा आरामदायी यात्रा गर्न चाहने आधुनिक ग्राहकहरूको लागि डीसी फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ । यस परियोजनाले कार्वन–उत्सर्जन न्यूनीकरण गर्दै झन्झटमुक्त यात्राको लागि राजमार्गलाई सुविधा र पूर्वाधारयुक्त बनाउँदछ । हाल कम्पनीका देशभर १६ भन्दा बढी फास्ट–चार्जिङ नेटवर्क सञ्चालनमा रहेका छन् ।

उपभोक्तामाझ विद्युतीय सवारीसाधनको बढ्दो लोकप्रियता र प्रयोगसँगै पहुँचयोग्य र भरपर्दो चार्जिङ पूर्वाधारको आवश्यकता पनि बढेको छ । अहिले देशभर पोखरा, नारायणघाट, नेपालगञ्ज, बुटवल, विराटनगर, वीरगञ्ज, विर्तामोड, र बर्दिबासका स्थानहरूमा चार्जिङ पूर्वाधारहरू सञ्चालनमा रहेका छन् भने अब कुरिनटारमा पनि चार्जिङ स्टेसन निर्माण सुरू भएको छ ।

शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनको विद्युतीय सवारीको प्रयोग र प्रवर्द्धनलाई प्रोत्साहित गर्ने साझा लक्ष्यमा आधारित यो परियोजना नेपालको दिगो भविष्यको लागि एक अपरिहार्य उपलब्धि भएको कम्पनीले बताएको छ ।

यो सुरुवातसँगै, शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले देशका प्रमुख राजमार्ग तथा स्थानहरूमा थप चार्जिङ स्टेसन स्थापना गरी ईभी प्रयोगकर्ताहरूलाई निर्धक्क रूपमा देशभर यात्रा गर्न सजिलो बनाउने लक्ष्य राखेको बताइएको छ ।

सम्बन्धित समाचारहरू

सेमीकन्डक्टर अभावबाट समस्यामा परेको अटो बजारमा तरलता अभावले अर्को संकट ल्याउन सक्ने

सेमीकन्डक्टर अभावबाट समस्यामा परेको अटो बजारमा तरलता अभावले अर्को संकट ल्याउन सक्ने

कोरोना महामारी र त्यसले निम्त्याएको लामो लकडाउनका कारण समग्र अर्थ...

सार्वजनिक भएको चार महिनामै दिपल एस०७ बन्यो थाइल्यान्डको नं १ ईभी

सार्वजनिक भएको चार महिनामै दिपल एस०७ बन्यो थाइल्यान्डको नं १ ईभी

थाइल्यान्डमा सार्वजनिक भएको चार महिनामै दिपल एस०७ त्यहाँको सबैभन्दा बढी...

२० लाख भन्दा कम मूल्यमै जिनपेङको स्मार्ट सिटी कार, नाडा अटो शोमा सोकेस गरिने

२० लाख भन्दा कम मूल्यमै जिनपेङको स्मार्ट सिटी कार, नाडा अटो शोमा सोकेस गरिने

काठमाडौं–नाडा अटो शो २०२५ मा जिनपेङको सानो र स्मार्ट कार प्रदर्शनी हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...