साङ्ग्रिला मोटर्सको ‘नयाँ वर्ष एक्सचेन्ज कार्निभल’ सुरु, पाइनेछ यी सुबिधा

काठमाडौं– साङ्ग्रिला मोटर्सले नयाँ वर्षको विशेष अवसर पारेर आजदेखी काठमाडौंमा ‘नयाँ वर्ष एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । कार्निभललाई नयाँ वर्ष जस्तै नविनतम एवम् अविस्मरणीय उत्सवको रुपमा सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

आज र भोली गैरीधाराको सिल्भर ओकमा आयोजना हुने उक्त कार्यक्रममा तीन उल्लेखनीय अटोमोटिभ ब्रान्ड–लिप मोटर, सिट्रोन, र प्युजो प्रदर्शन गरिएको छ । यी ब्रान्डहरूले अत्याधुनिक प्रविधि, विविध शैली र प्रदर्शनलाई एउटै छानामुनि प्रस्तुत गरेको कम्पनी भनाई छ ।

कार्यक्रममा सहभागीहरूले आकर्षक अफरहरूको फाइदा लिन सक्नेछन भने आफ्नो पुरानो गाडीको लागि उत्कृष्ट मूल्याङ्कन र सहज फाइनान्सिङ सुविधाको उपयोग गर्न सक्नेछन् । ग्राहकले आँफुसंग भएको पुरानो गाडी दिएर भारतमा निर्मित सिट्रोन, चिनियाँ ब्रान्ड लिप मोटर र फ्रान्सेली ब्रान्ड प्यूजो गाडी लिन सक्नेछन् ।

कार्निभलमा यी तीनवटै ब्रान्डका नयाँ मोडेलहरूको टेस्ट ड्राइभ गर्ने अवसर पनि प्रदान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागी भएर लिप मोटर, सिट्रोन र प्युजो गाडीको लक्जरियस, प्रफर्मेन्स र आधुनिक प्रविधिको विशेषताहरू प्रत्यक्ष अनुभव गर्न पाइनेछ ।

सम्बन्धित समाचारहरू

जेइको जे५ ईभीको डेलिभरी सुुरु

जेइको जे५ ईभीको डेलिभरी सुुरु

काठमाडौं – नेपालका लागि ओमोडा एन्ड जेइको ईभीको आधिकारिक वितरक एसपीजी...

अनुमान गरेभन्दा ५० प्रतिशतले बढेर आयो टेस्ला साइबरट्रक

अनुमान गरेभन्दा ५० प्रतिशतले बढेर आयो टेस्ला साइबरट्रक

काठमाडौं– टेस्लाले आफ्नो बहुप्रतिक्षित साइबरट्रक उपभोक्तालाई...

टेल्जी इलेक्ट्रिक स्कुटरको १०औं शोरुम खुल्यो पोखरामा

टेल्जी इलेक्ट्रिक स्कुटरको १०औं शोरुम खुल्यो पोखरामा

पोखरा – टेल्जीको नयाँ शोरुमा पर्यटकीय सहर पोखरामा संचालनमा आएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...