भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ आजदेखि सुरु, पहिलो सोलार कार इभा र फ्लाइङ कार पनि प्रदर्शन हुने
भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ आजदेखि सुरु हुँदैछ। यसमा पहिलो पटक ३४...
चीनको सांघाईमा अप्रिल २३ देखि मे २ सम्म सञ्चालन हुने वार्षिक अटो शो यसपटक झनै रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ। यस शोमा ७० भन्दा बढी चिनियाँ अटोमोबाइल कम्पनी र १०० भन्दा बढी अन्तर्राष्ट्रिय अटो ब्रान्डले आफ्ना नयाँ मोडलको प्रदर्शनी गर्ने तयारी गरेका छन्।
बीवाईडी र ग्रीली जस्ता चिनियाँ अटो ब्रान्ड यस शोको मुख्य आकर्षण हुने अपेक्षा गरिएको छ। बीवाईडीले हालै घोषणा गरेको "गड्स आई ड्राइभर असिस्ट सिस्टम" सबै मोडलमा नि:शुल्क रूपमा उपलब्ध गराउने निर्णयले बजारमा ठूलो चर्चा पाएको छ। सो निर्णयले प्रतिस्पर्धी कम्पनी टेस्लालाई आफ्नो "फुल सेल्फ ड्राइभिङ" सफ्टवेयरको चीनमा चलिरहेको सीमित-समयको नि:शुल्क परीक्षण रोक्न बाध्य बनाएको थियो।
फक्सवागन, टोयोटा, निसान र जनरल मोटर्सको क्याडिल्याक जस्ता प्रमुख अन्तर्राष्ट्रिय अटो कम्पनी पनि आफ्नो प्रभाव जमाउन प्रयत्नशील छन् । ती ब्रान्डले आफ्ना नवीन मोडल र प्रविधि मार्फत चिनियाँ बजारमा स्थान कायम राख्न खोजिरहेका छन्।
गत वर्षको बेइजिङ अटो शोमा एसयू७ मोडलले ठूलो सफलता हात पारेको थियो। हालसम्म यसको २ लाख १५ हजार युनिटभन्दा बढी बिक्री भइसकेको छ, जसले टेस्लाको मोडेल ३ लाई पनि बिक्रीमा पछाडि पारेको छ। यस वर्षको शोमा लगभग एक दर्जन नयाँ इलेक्ट्रसक क्रसओभर मोडल टेस्लाको मोडेल वाईसँग सिधा प्रतिस्पर्धा गर्ने मूल्यमा प्रस्तुत हुने छन् । यी मोडलले चीन मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि टेस्लालाई थप चुनौती दिने देखिन्छ।
सांघाई अटो शो २०२५ केवल नयाँ मोडलको प्रदर्शनी मात्र नभई, इलेक्ट्रिक सवारी साधनको भविष्य र बजार नेतृत्वका लागि भइरहेका प्रतिस्पर्धाको महत्वपूर्ण मोर्चा पनि बन्ने संकेत देखिएको छ।
भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ आजदेखि सुरु हुँदैछ। यसमा पहिलो पटक ३४...
पोखरा – नेपाली बजारमा हालसालै भित्रिएको बिद्युतिय कार एवोन भी पोखरामा...
काठमाडौं–आगामी चैत्र १४ देखि पोखराको प्रदर्शनी केन्द्रमा आयोजना हुने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...