शाक्यले भने – विद्युतीय सवारी साधनको प्रवर्द्धनमा लागेका छौं

काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युतीय सवारी साधनलाई अपनाएर यसलाई प्रवर्द्धन गर्न खोजिरहेको बताएका छन् ।

शनिबार सगरमाथा संवादमा बोल्दै उनले हाल नेपालमा भएको विद्युतीय सवारी साधन धेरै नै कम भएको भन्दै यसलाई बढाउन नीजि चार्जिङ स्टेशनहरुलाई पनि प्रोत्साहन गरिरहेको बताए ।

उनले सुरुवातमा ६२ वटा चार्जिङ स्टेशनहरु भएपनि अहिले सात सयभन्दा बढि चार्जिङ स्टेशनहरु रहेको भन्दै त्यसलाई प्राधिकरणले ११ केभीको मध्यम भोल्टेज विद्युत दिएर प्रवद्र्धन गरिरहेका बताए ।

उनले भने, ‘हामी विद्युतीय सवारी साधनलाई अपनाएर यसलाई प्रवद्र्धन गर्न खोजी रहेका छौ । नेपालमा धेरै विद्युतीय सवारी साधनहरु छन् तर अझै पनि यातायात व्यवस्था प्रर्याप्त छैन् । त्यसकारण हामीले देशभर चार्ज गर्ने स्थान बढाउनुपर्छ । पहिला हामीसँग ६२ वटा चार्जिङ स्टेशनहरु थिए । भने अहिले नीजि चार्जिङ स्टेशनहरुलाई पनि प्रोत्साहन गरिरहेको हुनाले सात सयभन्दा बढि स्टेशनहरु छन् । प्राधिकरणबाट ती चार्जिङ स्टेशनहरुमा ११ केबीको मध्यम भोल्टेज विद्युत जान्छ । यसरी विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गरिरहेका छौ ।’

यस्तै, उनले नेपालमा सडकमा गुड्ने ठूला ट्रक र बसहरु सबै पेट्रोलबाट चल्ने हुनाले सबैलाई विद्युतीय सवारी साधनमा परिणत गर्ने प्रक्रिया र नियमन आवश्यक भएको पनि बताए ।

उनले भने, ‘विद्युतीय सवारी साधनको कुरा आएको छ । अहिले नयाँ विद्युतिय सवारी साधन भित्राउने योजनामा छौ तर यो काम गर्दैगर्दा रोडमा गुड्ने ट्रक र ठूला बसहरु सबै पेट्रोलबाट चल्ने साधन हुन् । यी सबैलाई विद्युतीय सवारी साधनमा परिणत गर्नुपर्छ भनेर प्रयास गरिरहेका छौं । तर यसमा धेरै चुनौतीहरु छन् । हामीले यो विगत २० वर्षदेखि गर्न खोजिरहेका छौं । तर विद्युतीय सवारी साधनमा परिणत गर्ने र यसलाई नियमन गर्ने काम गर्न सकिरहेका छैनौं ।’

उनले नेपालमा ९५ प्रतिशत जनताको पहुँचमा विद्युत पुगेको पनि बताए ।

सम्बन्धित समाचारहरू

ईभीमा कर नबढाउन र तत्काल युरो–६ मा नजान नेपाल चेम्बर अफ कमर्सको सुझाव

ईभीमा कर नबढाउन र तत्काल युरो–६ मा नजान नेपाल चेम्बर अफ कमर्सको सुझाव

काठमाडौँ–नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षमा विद्युतीय...

नेपालमै सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर राफ्ट इन्दस, ईभी नेपाल एक्सपोमा हेर्न सकिने

नेपालमै सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर राफ्ट इन्दस, ईभी नेपाल एक्सपोमा हेर्न सकिने

काठमाडौं – नेपाली बजारमै सबैभन्दा बढी अर्थात सिंगल चार्जमा ३२० किलोमिटर...

नेपाली बजारमा अर्को इलेक्ट्रिक स्कुटर टीएनआर : १ लाख ४० हजार मूल्य सम्मका ६ मोडल

नेपाली बजारमा अर्को इलेक्ट्रिक स्कुटर टीएनआर : १ लाख ४० हजार मूल्य सम्मका ६ मोडल

काठमाडौं – नेपाली बजारमा लगातार नयाँ ब्रान्डका इलेक्ट्रिक स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...