यी हुन् हालै लन्च भएको रोयल इन्फिल्ड मेटियर ३५० बाइकमा भएका ७ विशेषता

रोयल इन्फिल्डको बहुप्रतीक्षित बाइक मेटियर ३५० भारतमा लन्च भइसकेको छ । सो नयाँ बाइकले पुरानो मोडल थन्डरवर्डलाई रिप्लेस गर्नेछ । उक्त बाइकको ७ विशेषता यस्तो रहेको छ ।

लुक र स्टाइल
रोयल इन्फिल्ड मेटियर ३५० को लुक र डिजाइन थन्डरवर्डको झलक देख्न सकिन्छ तर थन्डरवर्डसँग केही पनि समानता भने छैन । यसको लुक बोल्ड र मस्कुलर स्टाइलको रहेको छ । सो बाइकमा फराकिलो ट्यांकी र ह्यान्डलबार समावेश गरिएको छ । जसले बाइक राइडरलाई राइड गर्न निकै सजिलो बनाउँछ । सो बाइकमा राइडरको सिट स्प्लिट र कन्फर्टेबल रहेको छ साथै को–राइडरको लागि ब्याकरेस्ट पनि रहेको छ ।

इन्जिन
मेटियर ३५० मा पावर दिनका लागि ३४९ सीसीको सिंगल सिलिन्डर इन्जिन समावेश गरिएको छ । जसले ६१०० आरपीएममा २०.२ बीएचपीको पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ ।

फिचर
सो बाइकमा ड्युअल च्यानल एबीएस सिस्टमको साथमा फ्रन्ट र रियरमा डिस्क ब्रेक समावेश छ । सो बाइकको टप भेरिएन्ट सुपरनोभामा प्रिमियम सिट उपलब्ध रहेको छ ।

मेकानिकल
सो बाइक ६ स्टेप एडजस्टेबल ड्युअल रियर सकर्सको साथमा ४१ एनएम टेलिस्कोपिक र फ्रन्टमा १३० एमएम फोर्क्स समावेश गरेको छ । फ्रन्टमा १००÷९० टायर र रियरमा १४०÷७० टायर उपलब्ध रहेको छ । सो बाइकको रियरमा ट्वीन ट्युब सक एबजर्बर रहेको छ । रोयल इन्फिल्ड मेटियर ५ ट्रान्समिसन गियरबक्स रहेको छ ।

इन्स्ट्रयुमेन्ट क्लस्टर
सो बाइकमा इन्स्ट्रयुमेन्ट क्लस्टर नै मुख्य कुरा हो । यसमा दुई पोड इकाई जसमा एउटा ठूलो र एउटा सानो रहेको छ । सस्पेन्सनको लागि अगाडि टेलिस्कोपिक फोर्क, ट्वीन साइड रियर सक एब्जर्बर समावेश गरेको छ । यसमा स्पिडोमिटर, गियर इन्डिकेटर, ट्रिप मिटर, ओडोमिटर, फ्युल लेवल इन्डिकेटर जस्ता फिचर रहेको छ । साथै ब्लुटुथ कनेक्टिभिटी, नेभिगेसन र यूएसबी चार्जिङ पनि समावेश गरेको छ ।

मूल्य
सो बाइक तीन भेरिएन्टमा उपलब्ध रहेको छ । जसमा फायरबल, स्टेलर र सुपरनोभा समावेश रहेको छ । फायरबल भेरिएन्टको मूल्य १ लाख ७५ हजार ८१७, स्टेलर भेरिएन्टको मूल्य १ लाख ८१ हजार ३२६ र सुपरनोभा भेरिएन्टको मूल्य १ लाख ९० हजार ५३६ भारु रहेको छ ।

कलर
मेटियर ३५० सात कलर अप्सनमा उपलब्ध रहेको छ । यसमा फायरबल येल्लो, फायरबल रेड, स्टेलर रेड मेटेलिक, स्टेलर ब्ल्याक मेट, स्टेलर ब्लु मेटेलिक, सुपरनोभा ब्राउन र सुपरनोभा ब्लु समावेश रहेको छ ।

नेपाली बजारमा पनि केही समय पछि यो बाइक उपलब्ध हुने आशा गर्न सकिन्छ ।

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...