सेरेस३ को थाइल्याण्डमा औपचारिक प्रवेश, दक्षिणपूर्वी एसियामा आक्रमक बजार विस्तार गर्ने तयारी

चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो बिद्युतिय एसयुभी सेरेस३ मार्फत थाई बजारमा औपचारिक प्रवेश गरेको छ । चीनबाट पूर्णरूपमा आयात गरिएको यो गाडीलाई एडिसन ईभी कम्पनी लिमिटेडमार्फत थाई बजारमा उपलब्ध गराइएको हो ।

थाई बजारमा सेरेस३ को कम्फर्ट र कम्फर्ट सनरुफ गरी दुई भेरिएन्ट उपलब्ध हुने जनाइएको छ । जसको सुरुवाती मुल्य क्रमश ६ लाख ७० हजार र ७ लाख थाई भाट निर्धारण गरिएको छ । सेरेस३ नेपाली बजारमा समेत बिक्री हुँदै आएको ईभी हो ।

। सेरेसले थाइल्याण्डमा यस वर्ष देशभर ३० वटा डिलर खोल्ने र एक वर्षमै १ हजार युनिट गाडी बिक्री बिक्री गर्ने लक्ष्य लिएको छ । थाइल्याण्ड प्रवेशसंगै डीएफएसके र सेरेसको दक्षिणपूर्वी एसियामा बजार विस्तार गर्ने योजनामा महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ ।

सेरेसले स्मार्ट र दिगो प्रविधिमा आधारित विद्युतीय सवारी समाधानहरू प्रदान गर्ने लक्ष्य राखेको छ । थाईल्याण्डमा भएको यो सुरुवातलाई सेरेसको ग्लोबल ईभी रणनीतिमा महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ ।

सम्बन्धित समाचारहरू

सेरेसले सार्वजनिक ग-यो बजारमा आउने एइटो एम८ को एक्सटेरियर, आउन सक्छ नेपाल

सेरेसले सार्वजनिक ग-यो बजारमा आउने एइटो एम८ को एक्सटेरियर, आउन सक्छ नेपाल

चिनियाँ सवारी साधन निर्माता कम्पनीले सेरेसले नयाँ ब्रान्ड एइटोको नयाँ...

नाडा अटो शोमा सेरेसको थ्री एक्स अफर, ६ लाख सम्म छुट र अन्य सुबिधा पनि

नाडा अटो शोमा सेरेसको थ्री एक्स अफर, ६ लाख सम्म छुट र अन्य सुबिधा पनि

काठमाडौं– नाडा अटो शो २०२५ लाई अझ विशेष बनाउन सेरेसले मेला अवधिभर लागू...

प्राविधिक समस्याका कारण गाडीबाट धुवाँ निस्किएको सेरेस बिक्रेताको भनाई

प्राविधिक समस्याका कारण गाडीबाट धुवाँ निस्किएको सेरेस बिक्रेताको भनाई

काठमाडौँ – सेरेस ईभीमा धुवाँ निस्किएको विषयमा आधिकारिक बिक्रेता एमएडब्लु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...