नाइमा एक्सपोमा नेपाल भित्रिदै वुलिङ एक्सिओन, बन्ला गेम चेन्जर ? यस्ता छन् ५ कारण
नेपालका लागि वुलिङ मोटर्सका आधिकारिक् वितरक प्यारामाउन्ट मोटर्सले वुलिङ...
चिनियाँ ईभी निर्माता कम्पनी सेरेसले गाडीभित्रै प्रयोग गर्न मिल्ने ‘इन–भेइकल ट्वाइलेट’ प्रविधिको पेटेन्ट दर्ता गराएपछि अटो उद्योगमा अनौठो चर्चा सुरु भएको छ।
कम्पनीले चीनको बौद्धिक सम्पत्ति निकाय चाइना नेसनल इन्टेलेक्चुअल प्रोपर्टी एडमिनिष्ट्रेसनमा दर्ता गरेको पेटेन्टअनुसार यो ‘इन–भेइकल ट्वाइलेट’ यात्रु सिटको मुनि राखिएको हुन्छ र आवश्यक परेमा बाहिर स्लाइड भएर प्रयोग गर्न मिल्छ। यात्रुले यसलाई बटन थिचेर वा आवाजमार्फत आदेश दिएर सक्रिय गर्न सक्ने व्यवस्था गरिएको छ।
पेटेन्ट विवरणमा उल्लेख गरिएअनुसार यो प्रणालीले सवारीभित्रै शौचालय प्रयोग गर्न सकिने सुविधा दिन्छ। प्रयोगपछि फोहोर विशेष ट्याङ्कमा संकलन हुन्छ, जसलाई पछि म्यानुअल रूपमा खाली गर्नुपर्ने हुन्छ।
यसमा थप एक प्रविधि पनि समावेश गरिएको छ। ट्वाइलेटभित्र घुम्ने प्रकारको हीटिङ तत्व राखिएको हुन्छ, जसले पिसाब तथा अन्य फोहोरलाई सुकाएर बाष्पीकरण गर्न मद्दत गर्छ। यसले दुर्गन्ध कम गर्न र सफाइ व्यवस्थापनलाई सहज बनाउन सहयोग पुर्याउने दाबी गरिएको छ।
शौचालय प्रयोगमा नभएको अवस्थामा यो प्रणाली पुनः यात्रु सिटको मुनि लुकाइन्छ। यसरी लुकाएर राख्दा यात्रुका लागि आवश्यक खुट्टा राख्ने ठाउँ (लेग–रुम) मा कुनै असर नपर्ने कम्पनीले जनाएको छ।
दुर्गन्ध नियन्त्रणका लागि पनि विशेष व्यवस्था गरिएको छ। पेटेन्टमा उल्लेख गरिएअनुसार ट्वाइलेटसँगै सानो पंखा र एग्जस्ट पाइप जडान गरिनेछ, जसले गाडीभित्र उत्पन्न हुन सक्ने गन्धलाई बाहिर निकाल्ने काम गर्नेछ।
हाल यो प्रविधि पेटेन्ट भएको भए पनि कम्पनीले आफ्ना उत्पादन हुने गाडीहरूमा यो प्रणाली तत्काल प्रयोगमा ल्याइने वा नल्याइने भन्नेबारे आधिकारिक घोषणा गरेको छैन। त्यसैले यो प्रविधि व्यावसायिक रूपमा प्रयोगमा आउने कि केवल कन्सेप्टमै सीमित रहने भन्ने प्रश्न खुला नै छ।
हालका वर्षहरूमा चिनियाँ अटो कम्पनीहरूले अत्याधुनिक प्रविधि र सुविधायुक्त गाडी बजारमा ल्याएर विश्व बजारमा ध्यान खिचिरहेका छन्। यस्ता प्रविधिका कारण युरोप र बेलायतका उपभोक्तामाझ पनि चिनियाँ ईभीप्रति चासो बढ्दै गएको छ। तर सवारीभित्रै शौचालय राख्ने अवधारणा भने धेरै उपभोक्ताका लागि अलि असहज र अस्वाभाविक लाग्न सक्ने अनुमान गरिएको छ।
सवारीभित्र शौचालयको अवधारणा पूर्ण रूपमा नयाँ भने होइन। लामो दूरीका बस, क्याराभान वा क्याम्पर भ्यानमा यस्तो सुविधा सामान्य मानिन्छ। तर सानो निजी कारमा यस्तो व्यवस्था हुनु निकै दुर्लभ छ।
नेपालका लागि वुलिङ मोटर्सका आधिकारिक् वितरक प्यारामाउन्ट मोटर्सले वुलिङ...
काठमाडौं – व्यवसायीले अब नयाँ पेट्रोल पम्प खोल्दा त्यसका साथमा चार्जिङ...
काठमाडौं – देशभर इलेक्ट्रिक गाडीमा एक्सचेन्ज अफर चलिरहेको समयमा अब...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...