भारतमा चर्चा चल्दै सुजुकी जिम्नी इलेक्ट्रिक, चीनमा भने लन्च भइसक्यो यस्तै कार
चाइनिज ग्रुप एसएआईसीको सहायक कम्पनी बाओजुनले मारुती सुुजुकी जिम्नी जस्तै...
काठमाडौं– सेरेस इभीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको नक्सालमा नयाँ ‘स्टेट अफ आर्ट’ सोरुम संचालनमा ल्याएको छ । सेरेसका डिपुटी जनरल म्यानेजर जिया झु र एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले सेरेसका प्रतिनिधि जुन सि र यी पांग तथा अटोमोबाइल क्षेत्रका विशिष्ट अतिथिहरुको उपस्थितिमा बिहीबार आयोजित एक समारोहबीच नयाँ सोरुम उद्घाटन गरेका हुन् ।
नयाँ सोरुमले नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरिय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभुत गर्ने जनाइएको छ । उद्घाटन समारोहमा सेरेस ३ ले हिमाली क्षेत्रमा रहेको कोरोला पासको कठिन भूगोलमा पुगेको भिडियो पनि देखाएको थियो । सेरेस ३ समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाइमा अवस्थित कोरोला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयुभी हो ।
नयाँ सोरुमले ग्राहकलाई सेरेस इलेक्ट्रिक भेहिकलको संसारको आभाष दिलाउने विश्वास कम्पनीले लिएको छ । ग्राहक अनुभवलाई केन्द्रमा राखि डिजाइन गरिएको यो सोरुममा विशाल एलइडी डिस्प्ले, सेरेसका पछिल्ला इभी मोडल, परामर्श र टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम हुनेछन् ।
कम्पनीका अनुसार नेपालमा सेरेसको उपस्थिति बलियो बनाउन र इभीको बढ्दो मागलाई पुर्ति गर्न यो सोरुमको महत्वपूर्ण भूमिका हुनेछ । सेरेसले यसअघि नै काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा काठमाडौबाहिर पोखरा र बुटवलमा डिलर सञ्जाल विस्तार गरिसकेको छ । निकट भविष्यमा विर्तामोड, विराटनगर, नेपालगञ्ज, चितवन र भक्तपुरमा पनि सोरुम खोल्दैछ ।
चाइनिज ग्रुप एसएआईसीको सहायक कम्पनी बाओजुनले मारुती सुुजुकी जिम्नी जस्तै...
नवलपरासी – नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती-११ लोकाहामा...
काठमाडौं – नेपाली बजारमा टाटाको इलेक्ट्रिक कार नेक्सन ईभी बिक्री–वितरण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...