टोयोटाले अर्बन क्रुजर ईभी नेपाल भित्र्याउने, यस्तो छ तयारी
अन्तर्राष्ट्रिय बजारमा लन्च भएसँगै टोयोटाको नयाँ ईभी अर्बन क्रुजर नेपाल...
काठमाडौं– सेरेस इभीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको नक्सालमा नयाँ ‘स्टेट अफ आर्ट’ सोरुम संचालनमा ल्याएको छ । सेरेसका डिपुटी जनरल म्यानेजर जिया झु र एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले सेरेसका प्रतिनिधि जुन सि र यी पांग तथा अटोमोबाइल क्षेत्रका विशिष्ट अतिथिहरुको उपस्थितिमा बिहीबार आयोजित एक समारोहबीच नयाँ सोरुम उद्घाटन गरेका हुन् ।
नयाँ सोरुमले नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरिय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभुत गर्ने जनाइएको छ । उद्घाटन समारोहमा सेरेस ३ ले हिमाली क्षेत्रमा रहेको कोरोला पासको कठिन भूगोलमा पुगेको भिडियो पनि देखाएको थियो । सेरेस ३ समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाइमा अवस्थित कोरोला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयुभी हो ।
नयाँ सोरुमले ग्राहकलाई सेरेस इलेक्ट्रिक भेहिकलको संसारको आभाष दिलाउने विश्वास कम्पनीले लिएको छ । ग्राहक अनुभवलाई केन्द्रमा राखि डिजाइन गरिएको यो सोरुममा विशाल एलइडी डिस्प्ले, सेरेसका पछिल्ला इभी मोडल, परामर्श र टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम हुनेछन् ।
कम्पनीका अनुसार नेपालमा सेरेसको उपस्थिति बलियो बनाउन र इभीको बढ्दो मागलाई पुर्ति गर्न यो सोरुमको महत्वपूर्ण भूमिका हुनेछ । सेरेसले यसअघि नै काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा काठमाडौबाहिर पोखरा र बुटवलमा डिलर सञ्जाल विस्तार गरिसकेको छ । निकट भविष्यमा विर्तामोड, विराटनगर, नेपालगञ्ज, चितवन र भक्तपुरमा पनि सोरुम खोल्दैछ ।
अन्तर्राष्ट्रिय बजारमा लन्च भएसँगै टोयोटाको नयाँ ईभी अर्बन क्रुजर नेपाल...
प्रसिद्ध चाइनिज इलेक्ट्रिक कार कम्पनी नेटा अटोले आफ्नो ३ लाखौं कार...
बीवाईडीको पछिल्लो सफल मोडल डल्फिन युरोपकै प्रतिष्ठित अवार्ड ‘बेस्ट बाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...