नोभेम्बर सम्म सेरेस ग्रुपले ग-यो २५५.२६ प्रतिशत बढी एनईभी बिक्री, नोभेम्बरमा ५४.५८ प्रतिशत बढी

चाइनिज कार निर्माता कम्पनी सेरेसले नोभेम्बर महिनाको सेल्स रिपोर्ट सार्वजनिक गरेको छ । यस अनुसार न्यु इनर्जी भेइकल (एनईभी) व्यापारमा कम्पनीले उल्लेखनिय उपलब्धि हासिल गरेको छ ।

गत महिना सेरेसले ३६ हजार ८४२ एनईभी डेलिभरी गरेको छ, जुन गत वर्षको यही महिनाको तुलनामा ५४.५८ प्रतिशत बढी हो । गत जनवरी देखि नोभेम्बर सम्म कम्पनीले समग्रमा ३ लाख ८९ हजार ५६६ युनिट एनईभी बिक्री गरेको छ, जुन गत वर्षको यही अवधिको तुलनामा २५५.२६ प्रतिशत बढी हो ।

सेरेस ग्रुप अन्तर्गतको एइटो ब्रान्डले यो वर्ष आफ्नो प्रोडक्ट लाइनअप विस्तार गरिरहेको छ । एइटो ब्रान्डका एम५, एम७ प्रो र एम९ ले यो वर्ष बजारबाट बलियो पहिचान कायम गरेका छन् र ग्राहकबाट राम्रो प्रतिक्रिया पाएका छन् ।

सन् २०२४ मा मात्र एइटो एम७ १ लाख ८० हजार युनिट डेलिभरी गरिएको छ । चाइनिज एनईभी स्टार्टअप मध्ये यो चीनको बेस्ट सेलिङ मोडल बनेको छ ।

त्यसैगरी एइटो एम९ चाहिं ५ लाख युआन अर्थात ६८ हजार ८७७ डलर भन्दा माथि मूल्यको सेगमेन्टमा मार्केट लिडर बनेको छ र ११ महिनामा १ लाख ८० हजार अर्डर हासिल गरेको छ ।

सेरेस र टेक्नोलोजी जायन्ट हुवावेद्वारा संयुक्त रुपमा डिजाइन गरिएको एइटो एम९ लाई हाई–एन्ड न्यु इनर्जी एसयूभी भनिएको छ । सन् २०२३ को डिसेम्बरमा सो इलेक्ट्रिक एसयूभी लन्च भएको थियो ।

नेपाली बजारमा समेत सेरेस ईभी बिक्रीका लागि उपलब्ध छ भने भविष्यमा एइटो ब्रान्ड समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नक्साल गैरीधारामा खुल्यो सुपर सोकोको नयाँ शोरुम

नक्साल गैरीधारामा खुल्यो सुपर सोकोको नयाँ शोरुम

काठमाडौं – सुपर सोको इलेक्ट्रिक बाइक तथा स्कुटरको नेपालका लागि आधिकारिक...

४८० किमी रेन्ज दिने स्कोडाको नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक

४८० किमी रेन्ज दिने स्कोडाको नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक

स्कोडाले फ्रेस अल–इलेक्ट्रिक एसयूभी ‘इलरोक’ सार्वजनिक गरेको छ । सो...

नेटा कारको उत्पादन, वितरण र सर्भिसमा कुनै समस्या नहुने, नेपालमा असर नपर्ने दावी

नेटा कारको उत्पादन, वितरण र सर्भिसमा कुनै समस्या नहुने, नेपालमा असर नपर्ने दावी

काठमाडौं – इलेक्ट्रिक कार उत्पादक चिनियाँ कम्पनी होजोन अटोले नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...