सेरेसको थ्रीएस सुविधासहितको शोरुम अब बुटवलको कालिकानगरमा

बुटवल - सेरेसको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि अटोकर्पले बुटवलको कालिकानगरमा आफ्नोे अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ । कम्पनीले बृटबलमा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) शोरुम स्थापना गरेको हो । एमएडब्ल्यु वृद्धिले बुटवलमा डिलरशिपका लागि ईएम मोटर्ससँग साझेदारी गरेको हो ।

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने बताएको छ ।

अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्याल, नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई, एमएडब्ल्यु वृद्धि अटोकोर्पका बिजनेस हेड प्रशन्न पन्त, ईएम मोटर्सका डाइरेक्टर राजेश घिमिरे लगायतले शोरुमको उदघाटन गरेका थिए ।

उनीहरुले रुपन्देहीमा इलेक्ट्रिक चारपांग्रे सवारी साधनको माग बढदै गएको भन्दै रुपन्देहीमा सेरेस गाडी लोकपिय हुने बिश्वास व्यक्त गरे ।

शोरुम उद्घाटनको अवसरमा ग्राहकलाई ईएम मोटर्सले सेरेस ३ ईभी गाडी हस्तान्तरण समेत गरेको छ ।

नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराउँछ ।

सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरिएन्टमा उपलब्ध छ जसको मूल्य क्रमशः ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ ।

सेरेस मिनी ईभी तीन भेरिएन्ट लो ट्रिम १८० किमी बेस अप्सन, मिड ट्रिम १८० किमी फुल अप्सन, र टप ट्रिम २२० किमी फुल अप्सनमा उपलब्ध छ । यी गाडीको मूल्य क्रमशः १३ लाख ९९ हजार, १६ लाख ९९ हजार र १७ लाख ९९ हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

काठमाडौंको ठूलो भ-याङमा खुल्याे इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम

काठमाडौंको ठूलो भ-याङमा खुल्याे इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम

काठमाडौं – विद्युतीय सवारीको प्रयोगमा उत्साहजनक वृद्धि भइरहेका बेला,...

हिरो ब्रान्ड खोसिएको एनजीएमले अब जोनसेनका बाइक र स्कुटर नेपाल ल्याउने

हिरो ब्रान्ड खोसिएको एनजीएमले अब जोनसेनका बाइक र स्कुटर नेपाल ल्याउने

काठमाडौं – नेपाली बजारमा लामो समय सम्म हिरोका मोटरसाइकल तथा स्कुटर बिक्री...

४ वर्ष सम्मको किस्तावन्दिमा एनआईयू स्कुटर, मासिक किस्ता ५ हजारभन्दा कम

४ वर्ष सम्मको किस्तावन्दिमा एनआईयू स्कुटर, मासिक किस्ता ५ हजारभन्दा कम

काठमाडौं–एनआईयू स्कुटरको नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...