इलेक्ट्रिक कारमा प्रयोग हुने ३ उत्कृष्ट मोटर, कुनको विशेषता के ?
इलेक्ट्रिक कारमा प्रयोग हुने ब्याट्रीले इन्धन र मोटरले इन्जिनको काम गर्ने...
काठमाडौं – नाडा अटो शो २०२३ मार्फत नेपालमा दमदार रुपमा प्रवेश गरेको सेरेसले छोटो समयमा धेरै नेपालीको मन जित्न सफल भएको बताएको छ ।
अब भने सेरेसका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले सेरेस ईभीको उपलब्धता सहज बनाउन महत्वपूर्ण पाइला चाल्ने भएको छ । सेरेसले यसअघि नै नक्साल, पानी पोखरी, थसीखेल ललितपुर र भक्तपुर जस्ता काठमाडौं उपत्यकाका महत्वपूर्ण स्थान तथा काठमाडौं बाहिर पोखरा, वुटवल, विराटनगर, विर्तामोड र नेपालगञ्जमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ ।
सेरेस ईभीप्रति ग्राहकको पहुँच सहज बनाउन एमएडब्लु वृद्धिले निकट भविष्यमा नारायणघाट, धनगढी, वीरगञ्ज र जनकपुरमा पनि शोरुम सुरु गर्ने योजना बनाएको बताएको छ । यसले नेपालभर परिचित र उपलब्ध ईभी ब्रान्ड बन्ने सेरेसको महत्वकांक्षालाई उजागर गर्छ ।
सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ।
सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ जसमा नेपाल ७१औँ गौरवशाली स्थान बनेको छ।
सेरेस हुवावेको निर्माण साझेदार हो र यसले सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ।
संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीको मुटुमा स्थापित सेरेसले चीन, जापान र अमेरिकामा अवस्थित तीनवटा आर एन्ड डी केन्द्रहरूसँग अनुसन्धान र विकासको लागि आफ्नो प्रतिबद्धता प्रदर्शन गर्दछ।
नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराउँछ।
इलेक्ट्रिक कारमा प्रयोग हुने ब्याट्रीले इन्धन र मोटरले इन्जिनको काम गर्ने...
काठमाडौं– विश्वको सबैभन्दा ठूलो अटो बजार चीनमा ६ महिना अबधीमा १ करोड ४० लाख...
चीनको नम्बर १ इलेक्ट्रिक भेइकल निर्माता कम्पनी बीवाईडीले विश्वका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...