एक वर्षमा १ लाख ५२ हजार बढी नेटा भी बिक्री, अब थप राष्ट्रमा प्रवेश गर्ने
सन् २०२२ मा १ लाख ५२ हजार भन्दा बढी नेटा इलेक्ट्रिक कार बिक्री भएको...
इन्डोनेसियामा सेरेस ब्रान्ड होल्ड गर्ने पीटी सोकोनइन्डो अटोमोबाइलले सन् २०२५ को पेरिकलिन्डो इलेक्ट्रिक भेइकल शो (पीईभीएस) मा आफूले हासिल गरेका गौरवपूर्ण उपलब्धिहरू सार्वजनिक गरेको छ।
अप्रिल २९ देखि सुरु भएर मे ४ मा सम्पन्न भएको इन्डोनेसियाको सबैभन्दा ठूलो ईभी प्रदर्शनी “ईभी ल्याण्ड एक्जिबिसन” मा सोकोनइन्डोले ‘सेरेस थ्री’का लागि फेवरेट कार लन्च, ‘सेरेस ईवान’का लागि मोस्ट अफोर्डेबल ईभी कार र ‘डीएफएसके गेलोरा ई’का लागि फेवरेट कमर्सियल भेइकल गरी एकै पटकमा तीनवटा अवार्ड जित्न सफल भएको हो।
यस सफलताले कम्पनीको इन्डोनेसियामा ईभी इकोसिस्टम बलियो बनाउने प्रतिबद्धता प्रमाणित गरेको कम्पनीको भनाइ छ।
प्रदर्शनीमा विभिन्न ईभी मोडलहरू प्रदर्शित गरिए पनि नयाँ जमानाका प्रोफेसनलहरूको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको ब्याट्रीमा आधारित एसयूभी (बीईभी) सेरेस थ्रीले विशेष ध्यान खिचेको थियो।
प्रि-बुकिङ प्रणाली मार्फत सेरेस थ्रीको अन ड रोड (ओटीआर) बुकिङ मूल्य जाकार्ता क्षेत्र भित्र आरपी ३७० र ३९८ मिलियनको बीचमा उपलब्ध गराइएको थियो। प्रदर्शनी अवधिभर कुल ७८२ वटा गाडी बुकिङ हुँदा सेरेस थ्री एक्लैले नै ३०५ युनिट बुकिङ प्राप्त गरेको थियो। यसले हाई-स्पेसिफिकेसन भएका ईभी गाडीहरूमा उपभोक्ताको ठूलो चासो रहेको स्पष्ट देखाउँछ।
५४ किलोवाट आवरको शक्तिशाली ब्याट्रीले सुसज्जित सेरेस थ्रीले सिंगल चार्जमा ४१२ किलोमिटर (एनईडीसी) दूरी तय गर्न सक्छ। गाडीको आधुनिक इन्टेरियर र लेटेस्ट सुरक्षा फिचरहरूका विशेषताहरूले सेरेस थ्रीलाई प्रोफेसनल मोबिलिटीको लागि आदर्श विकल्प बनाएको कम्पनीकाे भनाइ छ ।
सिलिकन भ्यालीमा स्थापना भएको सेरेसले हाल ७० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति कायम गरिसकेको छ भने यूरोपमा प्रवेश गर्ने पहिलो चिनियाँ ईभी ब्रान्ड समेत बनिसकेको छ। अमेरिका, चीन, इन्डोनेसिया, जर्मनी तथा जापानमा ६ वटा विशाल उत्पादन केन्द्र र ७ वटा अनुसन्धान तथा विकास केन्द्रहरू सञ्चालन गरिरहेको सेरेस ग्रुप चीनका नाफामा रहेका गाडी निर्माता कम्पनीहरूमध्ये एक हो। सन् २०२५ को पहिलो त्रैमासिकमा कम्पनीले १०० मिलियन डलरभन्दा बढी नाफा आर्जन गरेको छ। सन् २०२६ भित्र सेरेसले नेपालमा एम७, एम८ र एम९ गरी तीन नयाँ ईभी मोडलहरू सार्वजनिक गर्ने योजना बनाएको जानकारी दिएकाे छ।
सन् २०२२ मा १ लाख ५२ हजार भन्दा बढी नेटा इलेक्ट्रिक कार बिक्री भएको...
शाओमीले आफ्नो दोस्रो इलेक्ट्रिक कार शाओमी वाईयू७ ग्लोबल डेब्यु गरेको छ।...
नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक चीनको सियानमा आयोजित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...