नाडामा १२७ बीएडब्लु ब्रम्बी ईभी बुकिङ
आइतबार सम्पन्न नाडा अटो शो २०२४ मा १२९ युनिट बीएडब्लु ब्रम्बी ईभी बुकिङ...
काठमाडौं – मानवीय संवेग र अटोमोबाइल प्रविधिको सीमालाई थप विस्तार गर्दै ‘साहसिक’ र ‘अन्वेषक’ युवाहरुको समूह ‘नेपाल एत्थ वन्डर’ले भर्खरै सेरेस ३ ईभी प्रयोग गरेर समुद्री सतहबाट ४६६० मिटर उचाइमा हिमाली क्षेत्रमा रहेको लोमान्थाङभन्दा माथिको गन्तव्य कोरोला पास सम्मको यात्रा सफलतापुर्वक सम्पन्न गरेको छ ।
ईभी सेग्मेन्टकै सबैभन्दा बढी ग्राउन्ड क्लियरेन्स र मेकानिकल क्षमता भएका कारण ‘नेपाल एत्थ वन्डर’ले यो साहसिक यात्राका लागि सेरेस ३ लाई छनोट गरेको बताइएको छ । लोमान्थाङको बाटो अफरोड मात्र होइन खतरनाक पनि छ जसका कारण धेरै चारपांग्रे चालकहरु यसलाई आफ्नो गन्तव्य बनाउन हिच्किच्याउँछन् । तर १९० एमएम ग्राउन्ड क्लियरेन्स भएको सेरेस ३ ले यसलाई सहजताका साथ पार गरेको छ ।
सेरेस३ को विल्ड क्वालिटी अद्वितीय छ र च्यासिस र सस्पेन्सन सिस्टम मजबुत छ जसले यो ईभीलाई अफरोडका लागि पनि क्षमतावान् बनाएको छ । कठिन भूगोलमा पनि ‘नेपाल एत्थ वन्डर’को टोलीले आरामदायी यात्राको अनुभव गरेको बताएको छ । विभिन्न प्रकारको भौगोलिक अवस्था पार गरे पनि अन्ततः उनीहरु ४६६० मिटर उचाईमा रहेको अपर मुस्ताङमा पुगेका हुन् ।
यसबाट ‘नेपाल एत्थ वन्डर’ र सेरेस ३ दुवै मजबुत र साहसिक भएको पुष्टि गर्नुका साथै इलेक्ट्रिक गाडीहरु सहरकेन्द्रित मात्र होइन कठोर भूगोललाई पनि ह्यान्डल गर्न सक्षम छन् भन्ने प्रमाणित गर्ने कम्पनीको भनाइ छ ।
सेरेस ईभी ब्रान्डलाई ब्रान्ड फाइनान्स अटोमोटिभ इन्डष्ट्रीले सन् २०२३ मा संसारकै सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको अटोमोबाइल ब्रान्डको दर्जा दिएको थियो । सेरेस युरोपेली बजारमा प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो । आजको दिनमा यसको उपस्थिति २१ युरोपेली मुलुकसहित संसारको ७१ देशमा छ । सेरेसले टेक्नोलोजी जायन्ट हुवावेसँग सहकार्य गरेर कार उत्पादन गर्दै आएको छ र सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य लिएको छ ।
अमेरिकाको सिलिकन भ्यालीमा स्थापना भएको सेरेसले चीन, जापान र अमेरिकामा आर एन्ड डी सेन्टरहरु स्थापना गरेर रिसर्च एन्ड डेभेलपमेन्टप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको छ ।
नेपाली बजारमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुई मोडलको विक्री–वितरण भइरहेको छ ।
आइतबार सम्पन्न नाडा अटो शो २०२४ मा १२९ युनिट बीएडब्लु ब्रम्बी ईभी बुकिङ...
भारतको स्टार्टअप कम्पनी प्रावगले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभीलाई आज...
लेक्ट्रो ई–साइकलको सी५ मोडल खरिद गर्ने ग्राहकले १५ हजार नगद छुट पाउने भएका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...