सेरेस ३ बन्यो ४६६० मिटर उचाईको कोरोला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयूभी

काठमाडौं – मानवीय संवेग र अटोमोबाइल प्रविधिको सीमालाई थप विस्तार गर्दै ‘साहसिक’ र ‘अन्वेषक’ युवाहरुको समूह ‘नेपाल एत्थ वन्डर’ले भर्खरै सेरेस ३ ईभी प्रयोग गरेर समुद्री सतहबाट ४६६० मिटर उचाइमा हिमाली क्षेत्रमा रहेको लोमान्थाङभन्दा माथिको गन्तव्य कोरोला पास सम्मको यात्रा सफलतापुर्वक सम्पन्न गरेको छ ।

ईभी सेग्मेन्टकै सबैभन्दा बढी ग्राउन्ड क्लियरेन्स र मेकानिकल क्षमता भएका कारण ‘नेपाल एत्थ वन्डर’ले यो साहसिक यात्राका लागि सेरेस ३ लाई छनोट गरेको बताइएको छ । लोमान्थाङको बाटो अफरोड मात्र होइन खतरनाक पनि छ जसका कारण धेरै चारपांग्रे चालकहरु यसलाई आफ्नो गन्तव्य बनाउन हिच्किच्याउँछन् । तर १९० एमएम ग्राउन्ड क्लियरेन्स भएको सेरेस ३ ले यसलाई सहजताका साथ पार गरेको छ ।

सेरेस३ को विल्ड क्वालिटी अद्वितीय छ र च्यासिस र सस्पेन्सन सिस्टम मजबुत छ जसले यो ईभीलाई अफरोडका लागि पनि क्षमतावान् बनाएको छ । कठिन भूगोलमा पनि ‘नेपाल एत्थ वन्डर’को टोलीले आरामदायी यात्राको अनुभव गरेको बताएको छ । विभिन्न प्रकारको भौगोलिक अवस्था पार गरे पनि अन्ततः उनीहरु ४६६० मिटर उचाईमा रहेको अपर मुस्ताङमा पुगेका हुन् ।

यसबाट ‘नेपाल एत्थ वन्डर’ र सेरेस ३ दुवै मजबुत र साहसिक भएको पुष्टि गर्नुका साथै इलेक्ट्रिक गाडीहरु सहरकेन्द्रित मात्र होइन कठोर भूगोललाई पनि ह्यान्डल गर्न सक्षम छन् भन्ने प्रमाणित गर्ने कम्पनीको भनाइ छ ।

सेरेस ईभी ब्रान्डलाई ब्रान्ड फाइनान्स अटोमोटिभ इन्डष्ट्रीले सन् २०२३ मा संसारकै सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको अटोमोबाइल ब्रान्डको दर्जा दिएको थियो । सेरेस युरोपेली बजारमा प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो । आजको दिनमा यसको उपस्थिति २१ युरोपेली मुलुकसहित संसारको ७१ देशमा छ । सेरेसले टेक्नोलोजी जायन्ट हुवावेसँग सहकार्य गरेर कार उत्पादन गर्दै आएको छ र सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य लिएको छ ।

अमेरिकाको सिलिकन भ्यालीमा स्थापना भएको सेरेसले चीन, जापान र अमेरिकामा आर एन्ड डी सेन्टरहरु स्थापना गरेर रिसर्च एन्ड डेभेलपमेन्टप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको छ ।

नेपाली बजारमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुई मोडलको विक्री–वितरण भइरहेको छ ।

सम्बन्धित समाचारहरू

प्रोटोन ई–मास ७ को ग्लोबल लन्च, नेपालमा पनि आउने

प्रोटोन ई–मास ७ को ग्लोबल लन्च, नेपालमा पनि आउने

प्रोटोन ब्रान्डको ई–मास ७ ईभीको ग्लोबल लन्च मलेसियामा भएको छ । मलेसियाका...

टाटा सफारी, ह्यारियर र अल्ट्रोज पनि इलेक्ट्रिकमा, भोली अटो एक्सपोमा प्रदर्शन हुने

टाटा सफारी, ह्यारियर र अल्ट्रोज पनि इलेक्ट्रिकमा, भोली अटो एक्सपोमा प्रदर्शन हुने

भोलीदेखी भारतमा अटो एक्सपो २०२३ शुरु हुँदैछ । एक हप्तासम्म चल्ने उक्त...

रेनोको नयाँ इलेक्ट्रिक कार सेप्टेम्वर ४ मा सार्वजनिक हुने

रेनोको नयाँ इलेक्ट्रिक कार सेप्टेम्वर ४ मा सार्वजनिक हुने

फ्रेन्च अटो निर्माता रेनोले जर्मनीको म्युनिख सहरमा आयोजन हुने मोटर सोमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...