पूर्ण रूपमा परिवर्तनसहित सार्वजनिक भयो नयाँ किया सेल्टोस, ३ वटा इन्जिन विकल्पमा उपलब्ध
अन्ततः कियाले नयाँ २०२३ एसयूभी सेल्टोस सार्वजनिक गरेको छ । यसको बुकिङ...
कियाले आफ्नो लोकप्रिय एसयूभी सेल्टोसको फेसलिफ्ट सार्वजनिक गरेको छ । भारतीय बजारमा जुलाई १४ देखी वुकिङ खुल्ला गर्न लागिएको सो एसयूभीमा कम्पनीले प्रशस्तै फिचर थप गरेको छ भने विचमा वन्द भएको टर्वो पेट्रोल इन्जिनलाई फेरी ल्याउन लागिएको छ ।
२०१९ मा भारतमा लन्च भएपछि ५ लाख हाराहारी बिक्री भएको भनिएको सेल्टोस सव कम्प्याक्ट एसयूभी सेग्मेन्टमा निकै सफल मोडल हो । यसको फेसलिफ्टमा पहिले भन्दा केही ठूलो बम्पर दिइएको छ भने फग ल्याम्प हाउजिङमा वडी कलर इन्सर्ट पाउन सकिन्छ । यसैगरी नयाँ एलइडी डे टाइम रनिङ लाइट सहितको रिडिजाइन गरिएको हेडलाइट, १८ इन्चको डुअल टोन एलोई ह्विल र एल आकारको टेल लाइट लगायत विशेषताले यसको लुक्समा नयाँ पन दिएको छ ।
सेल्टोस फेसलिफ्ट नयाँ कलर अप्सन पावर ओलीभमा समेत उपलब्ध हुने जनाइएको छ । साथै यसको टर्वो पेट्रोल ट्रिममा डुअल एक्जस्ट दिइएको छ भने जिटी लाइन र एक्स लाइनको वडी किट टेक लाइन ट्रीमको तुलनमा केही भिन्न रहेको छ ।
सो नयाँ मोडलमा दुईओटा १०.२५ इन्चको डिस्प्ले सहित डुअल सेटअप स्क्रिन पाउन सकिन्छ । जसमध्ये एउटाले डिजिटल इन्स्ट्रयूमेन्ट क्लस्टर र अर्कोले टचस्क्रिन इन्फोटेन्मेन्टका रुपमा कार्य गर्नेछ । सेल्टोस फेसलिफ्टको सेन्ट्रर कन्सोललाई रिफ्रेस गरिएको छ भने एसी भेन्ट पहिलेको तुलनमा केही पातलो दिइएको छ । यसको एक्सलाइन ट्रिमको इन्टेरियरलाई हरियो रङ र जीटी लाइन भेरिएन्टलाई कालो र सेतो कलर थिममा सजाइएको छ ।
सो एसयूभीमा ३६० डिग्री क्यामेरा, डुअल जोन क्लाइमेट कन्ट्रोल, पानारोमिक सनरुफ, ८ इन्चको हेडअप डिस्प्ले, इलेक्ट्रोनिक पार्किङ व्रेक र रेन सेन्सिङ वाइपर लगायत फिचर सामेल गरिएको छ । यसैगरी सेफ्टि फिचर अन्तर्गत यसमा ६ ओटा एयरव्याग सहित १७ प्रकारका एडिएएस फिचर पाउन सकिन्छ ।
यसको पावरट्रेनमा भने कुनै परमार्जन गरिएको छैन । यसअघिको ११५ एचपी पावर र १४४ एनएम टर्क जेनेरेट गर्ने १.५ लिटर पेट्रोेल र ११६ एचपी पावर तथा २५० एनएम टर्क जेनेरेट गर्ने १.५ लिटर टर्वो डिजेल इन्जिनलाई सो फेसलिफ्टमा समेत निरन्तरता दिइएको छ । यो ६ स्पिड म्यानुअल, सिभीटी, आईएमटी र अटोमेटिक गियर वक्समा उपलब्ध हुनेछ ।
अन्ततः कियाले नयाँ २०२३ एसयूभी सेल्टोस सार्वजनिक गरेको छ । यसको बुकिङ...
होन्डाको निकै नै रुचाइएको एसयुभी सिआरभी र कियाको एमपीभी कार्निभल अहिले...
२०१७ मा पहिलो पटक लन्च गरिएको किया पिकान्टोको सफलता पछि कम्पनीले अब...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...