एक्सपेङ जी६ लाई यूरो एनक्यापको ५ स्टार रेटिङ
चिनियाँ ईभी निर्माता एक्सपेङको जी६ मोडलले सेफ्टि टेष्टमा ५ स्टार रेटिङ...
ईभी निर्माता कम्पनी वुलिङले ईभी चार्जिङका लागि महत्वपूर्ण समाधानको रुपमा सेल्फ–ड्राइभिङ मोबाइल इनर्जी स्टोरेज चार्जिङ भेइकल (एमईएससीभी) सार्वजनिक गरेको छ ।
चीनमा चलिरहेको २०२४ क्यान्टोन फेयरमा सार्वजनिक गरिएको सो अटोनोमस चार्जरले ईभी चार्जिङ स्टेसनमा हुने भिडको अवस्थालाई अन्त्य गर्ने र विभिन्न स्थानमा छरिएका ड्राइभरहरुलाई अन–डिमान्ड पावर उपलब्ध गराउने छ ।
यसको सबैभन्दा ठूलो मोडलमा १४१ किलोवाट आवरको ब्याट्री हुन्छ र आवश्यकता अनुसार जुनसुकै स्थानमा अटोमेटिक रुपमा पुग्न सक्छ । अमेरिकी डलर ४२ हजार मूल्य पर्ने सो मोडल ७.५ फिट अग्लो र ६.५ फिट लामो छ भने ३.१ फिट फराकिलो छ ।
अर्को सानो भर्सनको मोडलमा ३० किलोवाट आवरको ब्याट्री हुन्छ र यसको मूल्य ११ हजार डलर पर्छ । चीन र विश्वभर बढिरहेको ईभीप्रतिको क्रेजको अवस्थामा यस प्रकारका चार्जर निकै नै उपयोगी हुने अनुमान गरिएको छ ।
यसबाट कुनै पनि ईभी आगामी दिनमा पावरविहीन हुनु पर्ने अवस्थाको अन्त्य हुने विश्वास समेत गरिएको छ ।
चिनियाँ ईभी निर्माता एक्सपेङको जी६ मोडलले सेफ्टि टेष्टमा ५ स्टार रेटिङ...
विद्युत प्राधिकरणले अहिले धमाधम नयाँ इलेक्ट्रिक मोटरसाइकल र गाडी खरिद...
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकका सीईओ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...