नक्सालमा अब एकै स्थानमा नयाँ तथा पुराना गाडीको शोरुम, चार्जिङ स्टेसन, क्याफे र एसेसरिज

काठमाडौँ – नेपालकै अटो हब नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थालोमा उपलब्ध गराउने उद्देश्यले ‘सी कार’ सञ्चालनमा आएको छ । एक औपचारिक समारोहबीच महानायक राजेश हमालले सी कारको शुभारम्भ गरेका छन् ।

सी कारमा नयाँ तथा सेकेन्ड ह्याण्ड गाडीको सोरुम, एसेसरिज पसल, चार्जिङ स्टेसन र क्याफेलगायत विभिन्न सुबिधा एकै स्थानमा उपलब्ध भएको सी कारका संस्थापक रोशन घिमिरेले बताए ।

शुभारम्भका अवसरमा महानायक हमालले सवारी साधनसम्बन्धी एकै थलोमा विभिन्न सेवा उपलब्ध हुनुले ग्राहकको समय र खर्च दुवै बचत हुने भएकाले लाभदायी भएको प्रतिक्रिया दिए ।

कम्पनीका अनुसार पछिल्लो समय विद्युतीय सवारीमा अत्यधिक रुचाइएको बीवाईडीको नयाँ शोरुमले ग्राहकलाई सहज हुनेछ । साथै सी कारमा विभिन्न ब्रान्डका सेकेन्ड ह्यान्ड सवारी साधन पनि उपलब्ध हुनेछन् । ग्राहकले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्नुका साथै एक्सचेञ्जका पनि सुविधा पाउनेछन् ।

कम्पनीले सवारी खरिदबिक्रीका साथै सी कार परिसरमा चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याएको छ, जहाँ एकै साथ धेरै विद्युतीय सवारी चार्ज गर्न सकिनेछ । कम्पनीले यसका लागि दु्रत गतिमा चार्ज हुने सुविधा ल्याएको छ । ग्राहकले सी कार परिसरमै रहेको इटालियन रेस्टुरेन्टको मज्जा लिन सक्नेछन् । त्यति मात्रै होइन, सी कारमा सवारी साधनका स्पेयर पार्टस् पनि सुलभ मूल्यमै उपलब्ध हुनेछन् ।

कम्पनीले ग्राहकलाई अधिकतम सेवा दिने उद्देश्यले सेकेन्ड ह्यान्ड सवारी बिक्री गरेको तीन महिनासम्मको प्राविधिक रुपमा सम्पूर्ण जिम्मेवारी लिनेछ । “ग्राहकहरु अहिले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्दा ढुक्क हुने अवस्था छैन, त्यसैले हामीले तीन महिनाका लागि प्राविधिक रुपमा कुनै समस्या आए समाधानको जिम्मेवारी लिने गरी अफर ल्याएका छौँ”, घिमिरेले भने ।

साथै कम्पनीले ग्राहकलाई अझ बढी सेवा दिने उद्देश्यले बिलबुक निःशुल्क नवीकरण सुविधा पनि ल्याएको छ । सी कारमार्फत सवारीको बीमा गर्नेले बिलबुक नवीकरणको पनि सुविधा पाउनेछन् । जसका लागि उनीहरुले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्दैन ।

कम्पनीले ग्राहकहरुलाई सहज सेवा दिने उद्देश्यले सदस्यता योजना पनि ल्याएको छ । विभिन्न वर्गीकरणका सदस्यता योजनामा सी कारमा उपलब्ध कुनै पनि सेवा उपयोग गर्दा निश्चित प्वाइन्ट प्राप्त हुन्छ भने विभिन्न सेवामा आकर्षक छुट पनि पाउने कम्पनीको भनाइ छ ।

४ रोपनी क्षेत्रमा फैलिएको सी कारमा करिब ५० जनाले रोजगारी पाएका छन् ।

सम्बन्धित समाचारहरू

विन्टर मेगा एक्सचेन्ज क्याम्प : ग्लोब्याट, एमटेक पावर र डेल्टा ब्याट्रीमा ५५ प्रतिशत छुट

विन्टर मेगा एक्सचेन्ज क्याम्प : ग्लोब्याट, एमटेक पावर र डेल्टा ब्याट्रीमा ५५ प्रतिशत छुट

काठमाडौं – बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले...

सेरेसको पहिलो शोरुम पानीपोखरीमा, अटो शोमा दुईवटा मोडल प्रदर्शन गरिने

सेरेसको पहिलो शोरुम पानीपोखरीमा, अटो शोमा दुईवटा मोडल प्रदर्शन गरिने

काठमाडौं– नेपाल भित्रिएको नयाँ ईभी ब्रान्ड सेरेसका कारहरु बिक्री गर्न...

भाटभटेनीले सञ्चालनमा ल्यायो ११ तलामा ४४ गाडी पार्किङ गर्न सकिने नेपालकै पहिलो स्मार्ट पार्किङ

भाटभटेनीले सञ्चालनमा ल्यायो ११ तलामा ४४ गाडी पार्किङ गर्न सकिने नेपालकै पहिलो स्मार्ट पार्किङ

काठमाडौं – भाटभटेनी सुपरमार्केटको टंगाल आउटलेटमा आज देखि नेपालकै पहिलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...