शुरु भयो सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निभल

काठमाडौं– सरल सेलरस क्रेडिट एडभाइजरी प्रालिको आयोजनामा ‘सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निभल काठमाडौंको भृकुटीमण्डमा प्रारम्भ भएको छ ।

हिजो देखि शुरु भएको सो कार्निभल आगामी बैशख ८ गते सम्म चल्ने छ ।

उक्त शोमा सवारी साधन, पार्टपूर्जा, वित्तीय सेवा एबं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको भव्य प्रदर्शनी हुने आयोजकले जनाएको छ । सेकेन्ड ह्यान्ड भनिए पनि उक्त शोमा विभिन्न ब्रान्डले नयाँ सवारी साधन समेत राखेका छन् ।

कार्यक्रमका संयोजक चक्र खड्काका अनुसार उक्त शोमा विभिन्न अटोमोबाइल ब्राण्ड र रिकन्डिसन व्यवसायीले सहभागिता जनाएका छन् ।

प्रदर्शनीमा ठूला तथा साना गरी ३२ वटा स्टल र ब्लकहरू रहने उनले जनाकारी गराए । प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहनेछ ।

चार दिनसम्म चल्ने उक्त मेलालाई ५० हजार जनाले अवलोकन गर्ने विश्वास आयोजकको छ ।

सम्बन्धित समाचारहरू

यी कारणले गर्मीमा गाडीमा आगलागी हुन्छ, यी कुरामा ध्यान दिनुहोस्

यी कारणले गर्मीमा गाडीमा आगलागी हुन्छ, यी कुरामा ध्यान दिनुहोस्

गर्मीको मौसममा सवारी साधनको ख्याल राख्नु एकदमै जरुरी छ। सवारी साधनको...

नयाँ बसपार्क, ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ बन्ने, चीनसँग भयो सहमति

नयाँ बसपार्क, ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ बन्ने, चीनसँग भयो सहमति

काठमाडौँ – दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको चक्रपथको...

नौबिसे-मलेखु सडक खण्ड १५ दिनसम्म राति ५ घण्टा बन्द हुने

नौबिसे-मलेखु सडक खण्ड १५ दिनसम्म राति ५ घण्टा बन्द हुने

काठमाडौँ – १५ दिनसम्म पृथ्वी राजमार्गको नौबिसे मलेखु खण्ड राति १०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...