बीवाईडीमा प्रयोग हुने ब्लेड ब्याट्रीको सेकेन्ड जेनेरेसन यही वर्ष आउने, इनर्जी डेन्सिटी बढ्ने

चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीलाई ब्याट्री उपलब्ध गराइरहेको सहायक कम्पनी फिनड्रिम्सले यो वर्षको अन्त्य अर्थात आगामी अगस्ट सम्ममा ब्लेड ब्याट्रीको सेकेन्ड जेनेरेसन भर्सन लन्च गर्ने भएको छ ।

बीवाईडी चेयरम्यान वाङ चुवान्फुले हालै फाइनान्सियल रिपोर्ट कम्युनिकेसन मिटिङमा नयाँ ब्याट्री विकास भइरहेको बताएका थिए । उनका अनुसार सेकेन्ड जेनेरेसनको ब्याट्री अहिलेको भन्दा सानो साइजको हुनेछ भने तौल पनि कम हुनेछ । त्यसैगरी प्रति १०० किलोमिटरमा हुने पावर कन्जम्प्सन पनि घट्ने छ । यसबाट इलेक्ट्रिक गाडीको रेन्ज र पर्फमेन्स पनि राम्रो हुनेछ । त्यसैगरी कारमा प्रशस्तै स्पेस हुनेछ भने समग्रमा इलेक्ट्रिक कारको मूल्यमा पनि कमी आउने छ ।

यसको सबैभन्दा महत्वपूर्ण अपग्रेड भनेको यसको इनर्जी डेन्सिटी प्रति केजी १९० वाट आवर पुग्ने अपेक्षा गरिएको छ ।

सन् २०२० मा पहिलो पटक सार्वजनिक हुँदा फर्स्ट जेनेरेसन ब्लेड ब्याट्रीको इनर्जी डेन्सिटी प्रतिकेजी १४० वाट आवर थियो र पछि यसलाई बढाएर प्रतिकेजी १५० वाट आवर पु¥याइएको थियो ।

यदि सेकेन्ड जेनेरेसन ब्लेड ब्याट्रीले प्रतिकेजी १९० वाट आवरको इनर्जी डेन्सिटी पाउन सक्यो भने यो हाल सम्मकै सबैभन्दा धेरै पर्फमेन्स दिने ब्याट्री हुनेछ ।

कम्पनीले नेल पेनेट्रेसन टेस्ट गरेर ब्लेड ब्याट्री निकै नै सुरक्षित रहेको पहिले नै प्रमाणित गरिसकेको छ । यदि यसको सेकेन्ड जेनेरेसन बजारमा आयो भने यो अझै सुरक्षित हुने अनुमान गर्न सकिन्छ ।

ब्लेड ब्याट्री हाल बजारमा आएको नयाँ प्रविधिको ब्याट्री हो, जसलाई इलेक्ट्रिक गाडीमा प्रयोग गर्न सकिन्छ ।ब्याट्री प्याक अनुसार फरक फरक क्षमताका ब्लेड ब्याट्री उपलब्ध छन् । यसलाई ब्याट्री प्याकमा ब्लेड जसरी मिलाएर राख्न सकिन्छ । परम्परागत लिथियम ब्याट्री र लिथियम आइरन फस्फेट ब्याट्री भन्दा यो बढी सुरक्षित हुनुका साथै लामो रेन्ज दिने र टिकाउ समेत हुन्छ ।

सम्बन्धित समाचारहरू

साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान, बीवाईडी गाडीमा ५ वर्ष निःशुल्क सर्भिसिङ र अन्य सुविधा

साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान, बीवाईडी गाडीमा ५ वर्ष निःशुल्क सर्भिसिङ र अन्य सुविधा

काठमाडौं – नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि...

बीवाईडीको भनाइ – चाइनिज न्यु इयर कपबाट दुई देशको मित्रता र सांस्कृतिक सम्बन्ध थप मजबुत बनेको छ

बीवाईडीको भनाइ – चाइनिज न्यु इयर कपबाट दुई देशको मित्रता र सांस्कृतिक सम्बन्ध थप मजबुत बनेको छ

काठमाडौं – बीवाईडीले प्रायोजन गरेको नेपाल–चीन मैत्रीपूर्ण फुटबल म्याच...

बीवाईडी हाई–टेक विक सम्पन्न, गरियो बीवाईडी एट्टो ३ को १० लाख १० हजारौं ग्लोबल माइलस्टोन डेलिभरी

बीवाईडी हाई–टेक विक सम्पन्न, गरियो बीवाईडी एट्टो ३ को १० लाख १० हजारौं ग्लोबल माइलस्टोन डेलिभरी

काठमाडौं – बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...