टीभीएस एक्स : लाइभ लोकेशन सेयरिङ फिचरसहित सबैभन्दा महँगो इलेक्ट्रिक स्कुटर लन्च

टीभीएस मोटरले नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस एक्स लन्च गरेको छ । लाइभ लोकेशन सेयरिङ फिचरको साथमा आउने यो भारतको पहिलो इलेक्ट्रिक स्कुटर भएको कम्पनीको दाबी छ । यो कम्पनीको दोस्रो इलेक्ट्रिक स्कुटर हो ।

सो स्कुटर सबैभन्दा महँगो इलेक्ट्रिक स्कुटर हो । यसको मूल्य २ लाख ५० हजार भारु राखिएको छ । कम्पनीले यसको बुकिङ पनि खोलेको छ र नोभेम्बरको अन्त्यमा यसको डेलिभरी गरिनेछ ।

सो स्कुटर सिंगल च्यानल एबीएस र क्रुज कन्ट्रोल भएको भारतकै पहिलो इलेक्ट्रिक स्कुटर भएको कम्पनीको दाबी छ । ब्रेकिङका लागि टीभीएस एक्सको फ्रन्टमा सिंगल च्यानल एबीएस भएको २२० एमएमको डिस्क ब्रेक र पछाडि १९५ एमएमको सामान्य डिस्क ब्रेक छ ।

कम्पनीले सो इलेक्ट्रिक स्कुटर एक्सेलटन प्लेटफर्ममा विकास गरेको हो । यसलाई बनाउन आल्मुनियम फ्रेम प्रयोग गरिएको छ भने आरामदायी सवारीका लागि पछाडि मोनोसक सस्पेन्सन दिइएको छ । यसको सिटको उचाइ ७७० एमएम छ । यसको अगाडि भर्टिकल एलईडी हेडलाइट र एलईडी डीआरएलएस डिजाइन दिइएको छ ।

टीभीएस एक्समा परमानेन्ट म्याग्नेट सिन्क्रोनस एयर कुल्ड मोटर दिइएको छ, जसले ११ किलोवाटको पावर र ४० एनएमको टर्क जेनेरेट गर्छ । स्कुटरमा एक्सटेल्थ, एक्सट्राइड र एक्सोनिक गरी ३ वटा मोड उपलब्ध छ । स्कुटरले २.६ सेकेन्डमा ०–४० किलोमिटर प्रतिघण्टाको स्पिड हासिल गर्ने कम्पनीको दाबी छ । यसको उच्च गति १०५ किमी प्रतिघन्टा छ ।

पावरको लागि स्कुटरमा ४.४४ किलोवाटको ब्याट्री प्याक दिइएको छ । फुल चार्जमा सो स्कुटरले १४० किलोमिटर रेन्ज दिन्छ । चार्जिङको लागि यसमा ३००० वाटको स्मार्ट एक्स होम ¥यापिड चार्जरले ५० मिनेटमा ० देखि ५० प्रतिशत चार्ज गर्न सकिन्छ । ९५० वाट पोर्टेबल चार्जरले ४ घन्टा ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, यसमा चार्ज गर्नको लागि ३ किलोवाटको फास्ट चार्जर पनि उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

दिपल एस०७ को सफलतापछि नाडामा आउँदै प्रिमियम सेडान दिपल एल०७

दिपल एस०७ को सफलतापछि नाडामा आउँदै प्रिमियम सेडान दिपल एल०७

नेपालमा छोटो समयमै लोभलाग्दो सफलता हासिल गरेको दिपल एस०७ प्रिमियम ईभीपछि...

इलेक्ट्रिक सवारी साधनमा बढी रेन्ज पाउन अपनाउनुस् यी टिप्स

इलेक्ट्रिक सवारी साधनमा बढी रेन्ज पाउन अपनाउनुस् यी टिप्स

इलेक्ट्रिक स्कुटर वा कार खरिद गर्दा यसको रेन्जमा विशेष ध्यान दिनु पर्छ ।...

टेल्जी इलेक्ट्रिक स्कुटरको १०औं शोरुम खुल्यो पोखरामा

टेल्जी इलेक्ट्रिक स्कुटरको १०औं शोरुम खुल्यो पोखरामा

पोखरा – टेल्जीको नयाँ शोरुमा पर्यटकीय सहर पोखरामा संचालनमा आएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...