छठ सम्म हार्टफोर्ड भीआर मोटरसाइकल किन्दा २५ हजार सम्म फाइदा
काठमाडौं – नेपाली बजारमा उपलब्ध हार्टफोर्डका दुई मोडलमा उपलब्ध मोटरसाइकल...
भारतीय बजारमा मर्सिडिज बेन्जले पहिलो इलेक्ट्रिक कार ईक्यूसी लन्च गरेको छ । अब मर्सिडिज बेन्जले वेबसाइटमा अर्काे इलेक्ट्रिक सेडान ईक्यूएस राखेको छ । सो कार भारतमा लन्च हुने दोस्रो अल इलेक्ट्रिक मर्सिडिज कार हुनेछ । जसलाई कमिङ सुनको ट्याग राखिएको थियो ।
मर्सिडिज ईक्यूएस सबैभन्दा पहिला २०१९ मा कन्सेप्ट भर्सनको रुपमा पेश गरिएको थियो । यो एक एस–क्लास इलेक्ट्रिक सेडान कार हो । कम्पनीसँग हाल क्यू रेन्जमा ईक्यूए, ईक्यूबी र ईक्यूसी कार उपलब्ध रहेको छ । मर्सिडिज बेन्ज ईक्यूएसमा १०७.८ केडब्ल्यु लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ । सो कारले सिंगल चार्चमा ७७० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
चार्जिङको बिकल्पका रुपमा सो कारमा ११ केडब्ल्यु अनबोर्ड चार्जर र २२ केडब्ल्यु चार्जरको साथमा पेश गरिनेछ । सो कार ३५ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । यद्यपि यसको लागि ११० केडब्ल्यु फास्ट चार्जरको प्रयोग गर्नु पर्छ । जबकि २४० भोल्टको घरेलु चार्जरबाट चार्ज हुनको लागि ११ घन्टाको समय लाग्छ ।
कम्पनीले वेबसाइटमा लन्च गरेको नयाँ कार दुई भेरिएन्ट ईक्यूएस ४५० प्लस र ईक्यूएस ५८० ४ एमएटीआईसी समावेश रहेको छ । सो कारले ५६८ एनएमको साथमा ३२८ बीएचपीको टर्क जेनेरेट गर्छ । यसको दोस्रो रेन्ज टप भेरिएन्टले ५१६ बीएचपीको पावर र ८५५ एनएमको टर्क जेनेरेट गर्ने क्षमता रहेको छ ।
काठमाडौं – नेपाली बजारमा उपलब्ध हार्टफोर्डका दुई मोडलमा उपलब्ध मोटरसाइकल...
काठमाडौं – क्रसफायर एचजे २५० डार्क एडिसन मोटरसाइकल अब क्रसफायर रेसिङ...
बीएमडब्ल्यु मोटरराडले भारतीय बजारमा नयाँ म्याक्सी स्कुटर लन्च गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...