२० वर्ष पुराना गाडी ३५ दिनभित्र स्क्र्याप गर्न निर्देशन, आयो यस्तो सूचना

काठमाडौं – सरकारले २० वर्ष पुराना सवारीसाधनलाई ३५ दिनभित्र कवाडी बनाउन निर्देशन दिएको छ । यसअघि बेलाबेलामा २० वर्षे पुराना गाडी हटाउने निर्णय हुने र कार्यान्वयन नहुने प्रवृत्ति हावी भईरहँदा यसपल्ट भने सरकारले ३५ दिनको म्याद दिएरै यस्ता गाडी कवाडीमा रुपान्तरण गर्न निर्देशन दिएको हो ।

बागमती प्रदेशले सूचना जारी गर्दै विद्युतीय सवारी साधनको हकमा ३० वर्ष र अन्य सवारी साधनको हकमा २० वर्ष नाघेका सार्वजनिक सवारी साधनलाई ३५ दिनभित्र पत्रु गर्न निर्देशन दिएको हो ।

‘बागमती प्रदेश सरकारले प्रदेशभित्रको सवारी तथा यातायात क्षेत्रको व्यवस्थापनको लागि जारी गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९ ९ ४ ० मा सुरु दर्ता भएको मितिले विद्युतीय सवारी साधनको हकमा ३० वर्ष र अन्य सवारी साधनको हकमा २० वर्ष नाघेका सार्वजनिक सवारी साधनलाई पत्रु गर्नुपर्ने व्यवस्था छ,’ जारी सूचनामा उल्लेख छ ।

त्यस्तै, बागमती प्रदेशले आफ्नो सवारी साधनको हालसम्म तिर्नु बुझाउनुपर्ने राजस्व बुझाई सवारी साधन पत्रु गर्न आग्रह गरेको छ ।

बागमती प्रदेश सरकारले २० बर्षे पुराना गाडी रिप्लेस गरेर त्यसको सट्टा विद्युतीय ट्याक्सी दिने तयारी गरेको छ । मन्त्रालयले जारी गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐनमा नै यस्ता सवारीसाधनलाई पत्रुमा पठाई विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्ने उल्लेख छ । तर, सरकारले नीति बनाएपनि त्यसको कार्यान्वयन हुन नसक्दा अप्ठ्यारो अवस्था सिर्जना भएको थियो । त्यसका लागि व्यवसायीले नयाँ सवारीसाधन लिँदा खर्च बढ्ने र आम्दानीको स्रोत सुक्ने बताउँदै आन्दोलनसमेत गरेका थिए ।

तर, अब भने प्रदेश सरकारले आगामी ३५ दिनभित्र त्यस्ता सवारीसाधनको हालसम्म तिर्नुपर्ने कर चुक्ता गरेर पत्रुमा रुपान्तरण गरिसक्नुपर्ने कसी लगाएकवो छ । यसो नगरे प्रदेश सरकारले नै कारबाही गर्ने बताईएको छ ।

हाल काठमाडौं उपत्यकामा संचालन हुने ग्याँस टेम्पो, निलो माईक्रोलगायत ७ सय बढी सवारीसाधन २० बर्ष पुराना छन् । तिनिहरुलाई प्रतिश्थापन गरी नयाँ ई–ट्याक्सीको नम्बर दिने प्रक्रिया अघि बढेको छ ।

सम्बन्धित समाचारहरू

पठाओले ल्यायो दशैं महोत्सव : राइडरले टीभीएस अपाचे बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका

पठाओले ल्यायो दशैं महोत्सव : राइडरले टीभीएस अपाचे बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका

काठमाडौं – राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको...

ट्राफिक प्रहरी बन्यो झनै कडा : अब २४ घण्टे पुर्जीमा १५ सय जरिवाना

ट्राफिक प्रहरी बन्यो झनै कडा : अब २४ घण्टे पुर्जीमा १५ सय जरिवाना

काठमाडौं – ट्राफिक प्रहरीले नियम उल्लंघन गरे वापत लाग्ने जरिवाना बढाएको छ...

चुनावी अभियानमा यातायात पूर्वाधारविज्ञ गजुरेल, सार्वजनिक यातायात व्यवस्थित गर्ने प्रतिवद्धता

चुनावी अभियानमा यातायात पूर्वाधारविज्ञ गजुरेल, सार्वजनिक यातायात व्यवस्थित गर्ने प्रतिवद्धता

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सिन्धुली–२ का उम्मेदवार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...